
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
पर्वत । मोदी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ । गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरिएको छ । झट्ट हेर्दा गण्डकी प्रदेश सरकारको जस्तो देखिने उक्त लोगोमा गाउँपालिकाका सबै पहिचानलाई अटाइएको छ ।
लोगोमा नेपालको झण्डा, मोदी गाउँपालिकाको प्रमुख उत्पादन धानका बाला, गाउँपालिकाका विभिन्न जङ्गलमा पाइने आठ वटा गुँरास, प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे जस्तो देखिने पहाड र विभिन्न जडीबुटी पाइने जङ्गलसमेत लोगोमा रहेको छ ।
त्यसैगरी गाउँपालिकाभित्र पाइने विभिन्न पक्षीको तस्वीर पनि लोगोमा रहेको छ भने गाउँपालिकाभित्र रहेका घरवास, झरनासमेत राखिएको छ । मोदी गाउँपालिकामा साना ठूला गरी ५० भन्दा बढी झरना छन् । त्यसैगरी लोगोको मध्य भागमा केरा र सुन्तलाका बोट राखिएको छ भने मोदी गाउँपालिकाको बीचमा बगिरहेको नदीको रूपमा रहेको मोदीखोलाको तस्वीर पनि अटाइएको छ । मोदी खोलामा आधा दर्जनको हाराहारीमा विद्युत् उत्पादनगृह सञ्चालन भइरहेका छन् ।
त्यसैगरी मोदी खोला वारपार गर्न बनाइएका झोलुङ्गे पुलसमेत राखिएको छ । कृषि, पर्यटन, जलस्रोत र स्थानीय कला संस्कृति नै मोदी गाउँपालिकाको मुख्य पहिचान र विशेषता भएकाले ती सबै कुरालाई लोगोमा समावेश गरिएको निर्माणकर्ता कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाले सूचना जारी गरी गाउँपालिकाको पहिचान झल्कने लोगो बनाएर पेश गर्न आह्वान गरेपछि सात वटा निवेदन परेकोमा वडा नं ७ राम्जा देउरालीका कृष्णप्रसाद शर्माले बनाएको लोगो उत्कृष्ट ठहरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस १४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त लोगोलाई मोदी गाउँपालिकाको आधिकारिक लोगोको रूपमा प्रयोग गर्ने निर्णयसमेत गरेको क्षेत्रीले जानकारी दिनुभयो । पर्वतका सात स्थानीय तहमध्ये पहिलोपटक मोदी गाउँपालिकाले लोगो तयार गरेको हो । अन्य छ वटा नगरपालिकाले पनि प्रदेश र सङ्घीय सरकारकै लोगो प्रयोग गर्दै आइरहेका छन् । रासस
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’