
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
सोमनाथ लामिछाने
काठमाडौं । “मलाई के आशा छ भने म चाँडै निको हुनेछु र फेरि स्कुल जान पाउने छु,” यमनको राजधानी सानाका एक जना अति कुपोषित बालक मुराद मोहम्मद भन्छन् ।
मुराद अहिले केबल १२ वर्षका मात्र छन् तर उनको शरीरको तौल १३ केजी मात्र छ । उनी यति कमजोर छन् कि कसैको सहारा बेगर एक्लै उभिन पनि सक्दैनन् । उनी बोल्न पनि राम्ररी सक्दैनन् ।
“मेरो छोरोको शरीरमा हाड, छाला बाहेक केही छैन । मुराद एक सेकेन्ड पनि उभिन सक्दैन । उसको हालत देखेर जोसुकैका आँखा रसाउँछन्,” मुरादका बाबु मोहम्मद अकाप भन्छन् । सानामा ट्याक्सी ड्राइभर रहेका ६१ वर्षीय अकाप छोराको दयनीय अवस्थाबाट चिन्तित छन् ।
केही वर्षदेखि अकापले छोरा मुरादको उपचारका लागि धेरै वटा अस्पताल र क्लिनिक पु–याइसके तर मुरादको अवस्थामा सुधार आएको छैन । उनी दिनप्रतिदिन अझ ख्याउटे हुँदै गल्दै गएका देखिन्छन् ।
“मेरो छोरा सानो हुँदा ठिकै थियो, तर छ वर्षयता दिनदिनै उसको अवस्था बिग्रन थाल्यो । त्यही भएर उपचारका लागि धेरै अस्पताल र क्लिनिकमा पुगिसकें । तर कसैले पनि उसको रोग पत्ता लगाउन सकेका छैनन् । ऊ निकै बिरामी छ । केही खाना खुवाउने बित्तिकै वान्ता गरिहाल्छ ।”
आइतबार, अकापलले मुरादलाई सानास्थित अल–साबीन अस्पतालमा ल्याइपु–याएका थिए । यो अस्पताल कुपोषित बालबालिकाको उपचारका लागि निकै नाम चलेको अस्पताल हो । आखिरमा उनले सही अस्पतालमा छोरालाई ल्याएका थिए ।
अकाप र उनको परिवार युद्धग्रस्त उत्तरी हज्जाह प्रान्तबाट केही वर्ष पहिले पलायन भएको थियो । उनीहरु कामको खोजीमा राजधानी साना आइपुगेका हुन् । सात जनाको परिवार पाल्ने अहिले अकापको एउटा ट्याक्सी छ ।
“हामीहरु हज्जाहको एउटा दुर्गम इलाका अफलाह अल–शामबाट यहाँ आएका हौं । युद्धका दिनहरुमा जताततै बम बर्सिन थालेपछि ज्यान जोगाउन हामी यहाँ आएका हौं ।” अकाप भन्छन् । उनको विचारमा जारी युद्ध नै छोराको यो हालत बनाउन र आफूहरुको दुःखका लागि मुख्य रुपमा जिम्मेवार छ ।
संयुक्त राष्ट्रसंघको अनुमानमा अरब राष्ट्र यमनमा पछिल्लो पटक जारी गृहयुद्धका कारण २ लाख ३३ हजारको मृत्यु भइसकेको छ । अरबकै सबैभन्दा निर्धन राष्ट्र यमनमा ४० लाख मानिस बिस्थापित भएका छन् । भोक, रोग, सुख्खा र युद्धका कारण चरम मानवीय संकट झेलिरहेको यमनको कूल जनसंख्या करिब २ करोड ८० लाखमध्ये झण्डै ८० प्रतिशतलाई मानवीय सहायता जरुरी भएको राष्ट्रसंघको भनाई छ ।
अल–सबिन अस्पतालको बेडमा भेटिएका मुरादमा बाँच्ने आशा अझै जीवित रहेको छ । उनी भन्छन्, “म चाँडै निको भएर स्कुल जान चाहन्छु ।”
तर अस्पतालका चिकित्सकहरु मुरादजस्ता अति गम्भीर कुपोषित बालबालिकालाई बचाउन निकै कठिन रहेको बताउँछन् । औषधि र मेडिकल सामानको अभावका कारण बालबालिकालाई जोगाउन अझ समस्या भइरहेको उनीहरुको भनाई छ ।
गरिबीमा पिल्सिएको यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यहाँका हुथी विद्रोहीले देशको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा राखेका छन् भने राजधानी साना समेत सबैजसो उत्तरी इलाका कब्जामा लिएका छन् ।
संयुक्त राष्ट्रसंघले यमनको मानवीय संकटलाई यस पृथ्वीकै सबैभन्दा खराब भनी व्याख्या गर्ने गरेको छ । यहाँ भोकमरी, अति कुपोषण, महामारी र आर्थिक नाकाबन्दी छ भने यमनका हजारौं बालबालिका द्वन्द्वको चरम शिकार भएका छन् ।
राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले सन् २०२० को जुनमा सार्वजनिक गरेको प्रतिबेदनमा सन् २०२० को अन्त्यसम्ममा २४ लाखको हाराहारीका बालबालिका कुपोषणबाट ग्रस्त हुने उल्लेख छ । यो संख्या पाँच वर्षमुनिका कूल बालबालिकाको झण्डै आधा हो ।
गृहयुद्ध र कोरोनाभाइरसको पीडाबाट गुज्रिरहेको यमनमा यी दुबै संकट चाँडै समाधान हुने सम्भावना अझै देखिएको छैन ।
मानवीय सहायतका कार्यमा सेवारत सेभ दी चिल्ड्रेनले पनि सन् २०२१ मा २० हजारभन्दा बढी बालबालिका भोकमरीको चपेटामा पर्ने विवरण सार्वजनिक गरेको छ । सन् २०२१ मा १ करोड ६२ लाख व्यक्तिले भोकमरीको सामना गर्नुपर्ने बताउँदै सेभ दी चिल्ड्रेनले तीमध्ये करिब २१ हजार बालबालिकाले भोकमरीसँग जुध्नु पर्ने जनाएको छ ।
विश्व भोकमरी सूचक (ग्लोबल हङ्गर इन्डेक्स) मा यमन विश्वमै दोस्रो स्थानमा छ । पहिलो स्थानमा भने अफ्रिकाको द्वन्द्वग्रस्त मुलुक अध्य अफ्रिकी गणतन्त्र रहेको छ ।
इन्डिपेन्डेन्ट अखबारका लागि लेखेको स्तम्भमा एडम केलविक भन्छन्, “यमनको जुनसुकै ठाउँमा पुगे पनि, जुनसुकै परिवारसँग कुरा गरे पनि उनीहरुको चासो मास्कको हुँदैन, वा सामाजिक दूरीको छैन वा हातधुने कुराको पनि छैन । उनीहरुको मुख्य सरोकार हुन्छः मलाई खाद्यान्न चाहिएको छ वा मेरा छोराछोरी खान नपाएर मर्ने अवस्थामा पुगिसके ।”
उनी सहायताकर्मीका रुपमा यमन हरेक वर्ष पुग्छन् । तर यसपटक उनलाई यमनमा रहेको चरम खाद्य संकट र बालबालिकाको दुरुह अवस्थाले निकै नै चिन्तित बनाएको छ । उनी भन्छन्, “यस वर्ष विगतको भन्दा बढी संकट देखियो । ठूला मानिसहरु नै संकटमा परेको बेला बालबालिकाको अवस्था त छन् कल्पना बाहिरकै कुरा हो ।”
जातीय रुपमा विभाजित यमनमा जारी गृहयुद्ध रोक्न यथेष्ट प्रयास नभए त्यसले अझ गम्भीर संकट निम्त्याउने निश्चित रहेको अन्तर्राष्ट्रिय मानवीय सहायता निकायहरुले निरन्तर आवाज उठाइरहेका छन् ।
(सिन्ह्वा र अन्तराष्ट्रिय संचार माध्यमको सहयोगमा तयार पारिएको)
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा