
१तिब्बतर्फ ताल पुन: फुट्यो
२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
३रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
४स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
५विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
६बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
७स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
८पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
शुरबहादुर सिंह
कर्णाली । जगल्टिएको कपाल, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौँदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । सायद कुनै समस्याले आज उनलाई त्यो अवस्थामा ल्याई पु¥याएको हुन सक्छ । त्यही पात्रको परिचय भने नौ महिनादेखि अहिलेसम्म कसैले पाउन सकेको छैन ।
चन्दननाथ नगरपालिका–३ जुम्लास्थित नाओडार (खुला ओडार) छ जुन जुम्ला सदरमुकामबाट एक किलोमिटर दूरीमा पर्छ । त्यही खुला ओडारमा नौ महिनादेखि एकजना अपरिचित बूढी महिलाको बास छ । जेठ–भदौसम्म ती महिलाका लागि ओडारको बसोबास सहज भएपनि असोजयता भने सिरेटो बढ्दै अहिले कठ्याउने जाडोले उनको बसाई निकै सकसपूर्ण बन्दै गएको छ । सामान्यतः दैलेख घर बताउने ती महिला त्यहाँ कहिले, कसरी र किन आइन् भन्ने विषयमा कोही जानकार छैन । नाम र घर सोध्दा माता मात्र भन्ने ती महिला कहाँकी हुन् भन्ने राम्रोसँग पत्तो नपाएको चन्दननाथ नगरपालिका–३ जुम्लाका वडाध्यक्ष नन्दबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
“महिला को हुन्, कहाँबाट कसरी यहाँसम्म आइपुगिन् ? त्यो हामी कसैलाई थाहा छैन”, अध्यक्ष बुढ्थापाले भन्नुभयो, “धेरै पटक सोध्दा भने उनले दैलेख खड्का बाडा भनेजस्तो गरेपछि उनी दैलेखको हुन सक्छिन् भन्ने हामीले अनुमान गरेका छौँ ।” उनको खोजतलासमा कहीँकतैबाट पनि कोही व्यक्ति नआएको उहाँले जनाउनुभयो । उनलाई घरमा ल्याउन खोज्दा नमानेकोले ओडारमै बस्न दिइएको बरु खानाका लागि यहाँको समुदायले सहयोग गर्दै आएको उहाँले जनाउनुभयो । ती महिला जङ्गल नजिकको खुला ओडारमा बस्दै आएकाले जङ्गली जनावरबाट खतरा रहेको स्थानीयले बताउँदै आएका छन् ।
जुम्लामा आजभोलि न्यूनतम तापक्रम माइनस ८.५ डिग्री सेल्सियस छ । यो समयमा मान्छेलाई बाहिर निस्कन नै गाह्रो हुन्छ । चिसोले घरभित्र न्यानो गरेर बस्नेको जीवन कष्टकर भइरहँदा माइनस डिग्रीको तापक्रममा खुला ओडारमा बस्ने ती महिलाको कष्टपूर्ण जीवनको बयान नै गर्न नसकिने अवस्था रहेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले बताउनुभयो । तत्काल उनलाई उद्धार गरी पुनःस्थापना गर्नुपर्ने उहाँको भनाइ थियो । बेबारिसे महिला खुला ओढारमा बस्ने खबर पाएपछि तत्काल चिसोको जोखिम हुनबाट बचाउन भन्दै बिहीबार जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, जनपथ तथा सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय माधवप्रसाद काफ्ले र गगन श्रेष्ठ, पत्रकार चौलागाईसहितको टोली ती महिला बस्ने ओडारमै पुगेर कम्बल हस्तान्तरण गरेको छ ।
प्रजिअ थापा नेतृत्वको टोली र नेपाल रेडक्रस, उद्योग बाणिज्य सङ्घ जुम्ला मिलेर महिलालाई भेटेर कम्बलसहित ज्याकेट, चामल र भाँडाकुँडा सहयोग गरेको छ । “महिलामा मानसिक असन्तुलनको समस्या रहेछ । कसैले घरमा लिन खोजेपनि जान नमान्दो रहेछन्”, उहाँले भन्नुभयो, “तत्काल उनलाई जुम्लामा पुनःस्थापन गर्ने ठाउँ नभएकाले हामीले केही राहतका सामग्री सहयोग फर्केका छौँ ।”
जिल्ला प्रशासन कार्यालय जुम्लाले सडक मानवको अवस्था अनुगमन गर्दा ती महिलासहित १० जना भेटिएको र उनीहरुलाई चिसोबाट बचाउन तत्काल न्यानो कपडा वितरणसहित आवश्यक राहत प्रदान गरिएको प्रजिअ थापाले बताउनुभयो । बिहीबार नै जिल्लामा बैठक बसेर सडक मानवको तथ्याङ्क सङ्कलन गर्ने र पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँको भनाइ थियो । सडकमा बाध्यात्मक हिसाबले बस्दै आएका मानवको तथ्याङ्क सङ्कलनका लागि भने सामाजिक विकास कार्यालय जुम्लालाई निर्देशन गरिएको प्रशासन जुम्लाले जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति