
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
काठमाडौँ । देशको उच्च पहाडी तथा हिमाली भेगमा यात्रा गर्ने पर्यटक, हिमाल आरोही तथा नेपाली पथप्रदर्शक, पर्यटकका सहयोगी एवं स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा तथा विपद्को समयमा आकस्मिक उद्धार कार्यलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । हिमालयन उद्धार सङ्घ नेपालको नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद धरेलले मानव जीवनको रक्षाका लागि ४७ वर्षदेखि उद्धारका क्षेत्रमा क्रियाशील सो संस्थाको भूमिकालाई आगामी दिनमा अझ विस्तार गर्ने जनाउनु भएको हो ।
सङ्घले हाल विदेशी पर्यटक, पथप्रदर्शक, तीर्थयात्री, स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्न मनाङ र फेरिचे स्वास्थ्य चौकी, सगरमाथा उघार शिविरमा स्वास्थ्य क्लिनिक एवं गोसाइँकुण्डमा सञ्चालन गर्दै आएको स्वास्थ्य शिविरलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने उहाँको भनाइ छ । लेक लाग्ने रोग तथा पर्वतीय सुरक्षासम्बन्धी तालीम, प्रशिक्षण र सूचना सम्प्रेषण प्रणालीलाई अझ प्रभावकारीरुपमा सञ्चालन गर्ने अध्यक्षले बताउनुभयो ।
कार्यक्रममा पर्यटक विभागका महानिर्देशक रुद्रसिंह तामाङले हिमाल आरोहण तथा पर्वतीय पदयात्रामा जाने पर्यटकको जीवना रक्षामा सङ्घले पु¥याउँदै आएको सहयोग निकै प्रशंसनीय रहेको बताउँदै पर्यटक एवं तीर्थयात्रीको बढी आवातजजावत हुने मुक्तिनाथलगायत उच्च पहाडी भेगमा पनि स्थयीरुपमै उद्धार सेवा सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । सङ्घका निवर्तमान अध्यक्ष नरेन्द्रदेव भट्ट र उपाध्यक्ष कुमार रानाभाटले पनि नेपालको पर्यटक प्रवद्र्धनमा सङ्घले पु¥याएको योगदान र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा बोल्नुभएको थियो ।
हालै सम्पन्न साधारणसभाले धरेलको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा उपाध्यक्ष कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री, कोषाध्यक्षमा सुशीलकृष्ण अधिकारी तथा सदस्यहरुमा विक्रम न्यौपाने, डिबी कोइराला, डम्बर पराजुली, पृथ्वी श्रेष्ठ, परशुराम कार्की, गोविन्द घिमिरे र यादव अधिकारी रहनु भएको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार