
१मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
२प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
३निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
४चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
५निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
६‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
७जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
८नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
११स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१२जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
म्याग्दी । जटिल अवस्थाका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा अति आवश्यक अक्सिजनका लागि पोखरा पुग्नुपर्ने म्याग्दीबासीको समस्या हटेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन शुरु गरेपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको छ । यसअघि सिलिण्डरमा अक्सिजन भर्न पोखरा पुग्नुपर्ने बाध्यता थियो । बेनी अस्पतालका प्रमुख चिकित्सक डा जितेन्द्र कडेलले अक्सिजन प्लान्ट सञ्चालन भएको जानकारी दिनुभयो ।
“श्वासप्रश्वास, आइसीयुमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको छ”, उहाँले भन्नुभयो, “घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत हुन्छ ।” केन्द्रबाट अस्पतालको शय्यामै पाइपलाइनमार्फत अक्सिजन पुर्याउने तयारी गरेको कडेलले बताउनुभयो । यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १० लाख बजेट पठाएको छ । प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख डा कडेलले बताउनुभयो । हाल १० वटासम्म सिलिण्डर भर्ने गरिएको छ । अस्पतालमा अहिले दैनिक २० देखि २५ जना श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन् ।
हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एक पटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न रु ६३ लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
“सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष रु ७५ लाख बजेट पठाएकोमा प्रतिस्पर्धामार्फत रु ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो”, उहाँले भन्नुभयो, “सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको रु १४ लाख र अस्पतालको रु एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याएका छौँ ।”
मन्त्रालयको रु पाँच लाख सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ३० लाखबाट सघन उपचार कक्षमा एउटा भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताउनुभयो ।
विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले हालै पाँच शय्या क्षमताको सघन उपचार कक्ष (आइसीयु) सञ्चालनमा ल्याएको थियो । गत साउन महिनादेखि मिर्गौलाको डायलाइसिस सेवा शुरु गरेको अस्पतालले आँखा उपचार कक्षसमेत सञ्चालन गरेको छ । फोहोर व्यवस्थापन केन्द्रसमेत स्थापना गरेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी