
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
बलेवा । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो ।
बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङ्का बासिन्दाको सहजता र पर्यटक आकर्षणका लागि बनाइएको नेपालकै लामो झोलुङ्गे पुल आफ्नै लयमा लच्किरहेको थियो । दिउँसो हरेक दिन भीड लाग्ने सो पुलमा शनिबारको दिन थप भीड हुन्छ । लामो पुलको सुन्दरता दिउँसो जति धेरै छ, त्यसभन्दा धेरै राति देखिन थालेको छ । रातका समयमा सो पुल तीन सयभन्दा बढी बत्तीले झिलिमिली बनाएपछि धेरैको आकर्षण केन्द्र बनेको छ ।
“पारिबाट हेर्दा वारि र वारिबाट हेर्दा पारि, कस्तो सुन्दर दृष्य देखिएको छ ” पोखराबाट बागलुङ घुम्न आउनुभएका पोषण शर्मा भन्नुहुन्छ, “दिनभर वारिपारि गरियो, रातमा फोटो खिँच्नकै लागि भए पनि फेरि पुल तरियो ।” बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने सो पुलले यात्रीलाई सहज मात्र बनाएको छैन, आकर्षण पनि थपेको छ । यहाँबाट धौलागिरि हिमाल स्पष्ट देखिन्छ । त्यस्तै मालढुङ्गादेखि बागलुङ आउने र बेनी जाने सडकका यात्रीले पनि सो पुलको आर्कषण देख्न सक्छन् ।
दिउँसो चासो नराखेका यात्रीहरु रातका समयमा झिलिमिली देखेर आकर्षित भएको बताउँछन् । लामो पुलले बागलुङका होटल व्यवसायमा पनि राम्रो प्रभाव परेको होटल सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो ।
बागलुङमा बस्नुपर्छ भन्ने मान्यता पुलले पनि दिन थालेको उहाँको भनाइ छ । रामरेखादेखि छिमेकी पर्वतको पाङ जोड्ने सो झोलुङ्गेपुल ५६७ मिटर लामो छ । कालीगण्डकी नदीदेखि १६५ मिटर उचाइमा बनेको सो पुल जति लामो ‘सिङ्गल स्पाम’ देशभर कतै छैन । सो पुलले डेढ घण्टाको बाटालाई १० मिनेटमा छोटो बनाइदिएको छ ।
कालिका मन्दिर आएका धार्मिक पर्यटकलाई बागलुङमा एक दिन भए पनि अड्याउने अभियानमा पुल सहयोगी बनेको बानपा १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिनुभयो । बिहान मन्दिर आएका मानिस दिउँसो पञ्चकोट घुम्ने र बेलुकी अग्लो पुलमा घुम्ने गरेका छन् । यसरी दिनभरि घुम्दा बागलुङका होटलमा बास बस्ने पर्यटक बढ्ने विश्वास व्यसायीको छ ।
कोरोना सङ्कट विस्तारै कम भएकाले पर्यटकको आगमन बढिरहेको छ । पुल बनेकै कारण पर्वततर्फ पनि होटल सञ्चालनमा आइसकेका छन् ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’