
१गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
२कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
५पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१०मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
११गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१२गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
८पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
११कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
१२सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
बलेवा । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो ।
बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङ्का बासिन्दाको सहजता र पर्यटक आकर्षणका लागि बनाइएको नेपालकै लामो झोलुङ्गे पुल आफ्नै लयमा लच्किरहेको थियो । दिउँसो हरेक दिन भीड लाग्ने सो पुलमा शनिबारको दिन थप भीड हुन्छ । लामो पुलको सुन्दरता दिउँसो जति धेरै छ, त्यसभन्दा धेरै राति देखिन थालेको छ । रातका समयमा सो पुल तीन सयभन्दा बढी बत्तीले झिलिमिली बनाएपछि धेरैको आकर्षण केन्द्र बनेको छ ।
“पारिबाट हेर्दा वारि र वारिबाट हेर्दा पारि, कस्तो सुन्दर दृष्य देखिएको छ ” पोखराबाट बागलुङ घुम्न आउनुभएका पोषण शर्मा भन्नुहुन्छ, “दिनभर वारिपारि गरियो, रातमा फोटो खिँच्नकै लागि भए पनि फेरि पुल तरियो ।” बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने सो पुलले यात्रीलाई सहज मात्र बनाएको छैन, आकर्षण पनि थपेको छ । यहाँबाट धौलागिरि हिमाल स्पष्ट देखिन्छ । त्यस्तै मालढुङ्गादेखि बागलुङ आउने र बेनी जाने सडकका यात्रीले पनि सो पुलको आर्कषण देख्न सक्छन् ।
दिउँसो चासो नराखेका यात्रीहरु रातका समयमा झिलिमिली देखेर आकर्षित भएको बताउँछन् । लामो पुलले बागलुङका होटल व्यवसायमा पनि राम्रो प्रभाव परेको होटल सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो ।
बागलुङमा बस्नुपर्छ भन्ने मान्यता पुलले पनि दिन थालेको उहाँको भनाइ छ । रामरेखादेखि छिमेकी पर्वतको पाङ जोड्ने सो झोलुङ्गेपुल ५६७ मिटर लामो छ । कालीगण्डकी नदीदेखि १६५ मिटर उचाइमा बनेको सो पुल जति लामो ‘सिङ्गल स्पाम’ देशभर कतै छैन । सो पुलले डेढ घण्टाको बाटालाई १० मिनेटमा छोटो बनाइदिएको छ ।
कालिका मन्दिर आएका धार्मिक पर्यटकलाई बागलुङमा एक दिन भए पनि अड्याउने अभियानमा पुल सहयोगी बनेको बानपा १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिनुभयो । बिहान मन्दिर आएका मानिस दिउँसो पञ्चकोट घुम्ने र बेलुकी अग्लो पुलमा घुम्ने गरेका छन् । यसरी दिनभरि घुम्दा बागलुङका होटलमा बास बस्ने पर्यटक बढ्ने विश्वास व्यसायीको छ ।
कोरोना सङ्कट विस्तारै कम भएकाले पर्यटकको आगमन बढिरहेको छ । पुल बनेकै कारण पर्वततर्फ पनि होटल सञ्चालनमा आइसकेका छन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ