News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

पक्षाघात बालबालिकाका लागि खाद्यान्न सहयोग

प्रतिकात्मक तस्विर

गण्डकी ।  पोखरा फोटोग्रफर सङ्घ महिला उपसमितिले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गरेको छ । दानपेटिकामा सङ्कलन भएको रकम रु १७ हजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

उपसमितिले एक वर्षसम्मको अवधिमा सङ्कलित रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक पूर्णकुमारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरसको असहज परिस्थितिमा पनि सङ्घमा आबद्ध दिदीबहिनीबाट अन्य खर्च कटाएर सङ्कलन गरेको रकम मस्तिस्क पक्षघात भएका बालबालिकालाई प्रदान गरिएको हो ।

मस्तिष्क पक्षाघातका कारण असहज परिस्थितिमा परेका बालबालिकाका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने साथी संसार नेपालका खुमकुमारी रानाको भनाइ छ । सो अवसरमा सङ्घका सदस्य नन्दकला पौडेल, पोखरा फोटोग्राफर सङ्घका निवर्तमान अध्यक्ष तुल्सीराम अधिकारीलगायतले फरक क्षमता भएका बालबालिकाका लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।