
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । पोखरामा आगामी पुस १४ र १५ गते नवौँ संस्करणको साहित्य महोत्सव (लिटरेचर फेस्टिभल) आयोजना हुनेभएको छ । यसअघि फेवाताल किनारमा आयोजना गरिँदै आएको महोत्सव यसपटक पर्यटकीय गन्तव्य सराङ्कोटमा माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा भर्चुअल रुपमा आयोजना गरिने आयोजक संस्था बुकवर्म फाउण्डेशनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कोभिड कहरका कारण लामो समयसम्म आफूहरू साहित्य महोत्सव आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहे पनि भर्चुअल रूपमा भए पनि निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि महोत्सवको तयारीमा जुटेको महोत्सवका निर्देशक अजित बरालले बताउनुभयो । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा गजलकार प्रदीप रोदनसँग पत्रकार अमृत सुवेदीको ‘मेहफिल’ कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यस संस्करणमा १६ सेसन सञ्चालन हुने र साहित्यकार, लेखक, पत्रकार, कलाकारलगायत ४० जनाभन्दा बढी विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति नरहने र सबै सत्रको सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण निर्देशक बरालले जानकारी दिनुभयो । फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले भौतिक रुपमा दर्शक एवं श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको रहेपनि कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले सम्भव नभएको बताउनुभयो ।
महोत्सवको सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले महोत्सव चलाइरहेको उर्जालार्ई विषम अवस्थामा पनि निरन्तरता दिइएको बताउँदै साहित्यका माध्यमबाट पोखरालाई चिनाउने प्रयास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा माछापुच्छ«ेले चिनिन्छ, फेवातालले चिनिन्छ । अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।”
माछापुच्छ«े हिमाललाई पृष्ठभूमिमा पारेर आयोजना हुने महोत्सवबाट स्वदेश तथा विदेशमा पोखराको थप प्रवद्र्धन हुने विश्वास आयोजकको छ । आयोजक संस्थाका सदस्य अनी कर्माले महोत्सवमा हुने साहित्यिक जमघटका कारण हालको समयमा पोखरेली युवामा पठन संस्कृति विकास गर्न सफल भएको बताउनुभयो । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट शुरु भएको लिटरेचर फेस्टिभल नवौँ संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ ।
‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ शुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको भनाइ छ । यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याएको बताइन्छ । दुई वर्षदेखि महोत्सवलाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) रहन गएको हो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’