
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
पोखरा । पोखरामा आगामी पुस १४ र १५ गते नवौँ संस्करणको साहित्य महोत्सव (लिटरेचर फेस्टिभल) आयोजना हुनेभएको छ । यसअघि फेवाताल किनारमा आयोजना गरिँदै आएको महोत्सव यसपटक पर्यटकीय गन्तव्य सराङ्कोटमा माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा भर्चुअल रुपमा आयोजना गरिने आयोजक संस्था बुकवर्म फाउण्डेशनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कोभिड कहरका कारण लामो समयसम्म आफूहरू साहित्य महोत्सव आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहे पनि भर्चुअल रूपमा भए पनि निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि महोत्सवको तयारीमा जुटेको महोत्सवका निर्देशक अजित बरालले बताउनुभयो । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा गजलकार प्रदीप रोदनसँग पत्रकार अमृत सुवेदीको ‘मेहफिल’ कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यस संस्करणमा १६ सेसन सञ्चालन हुने र साहित्यकार, लेखक, पत्रकार, कलाकारलगायत ४० जनाभन्दा बढी विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति नरहने र सबै सत्रको सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण निर्देशक बरालले जानकारी दिनुभयो । फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले भौतिक रुपमा दर्शक एवं श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको रहेपनि कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले सम्भव नभएको बताउनुभयो ।
महोत्सवको सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले महोत्सव चलाइरहेको उर्जालार्ई विषम अवस्थामा पनि निरन्तरता दिइएको बताउँदै साहित्यका माध्यमबाट पोखरालाई चिनाउने प्रयास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा माछापुच्छ«ेले चिनिन्छ, फेवातालले चिनिन्छ । अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।”
माछापुच्छ«े हिमाललाई पृष्ठभूमिमा पारेर आयोजना हुने महोत्सवबाट स्वदेश तथा विदेशमा पोखराको थप प्रवद्र्धन हुने विश्वास आयोजकको छ । आयोजक संस्थाका सदस्य अनी कर्माले महोत्सवमा हुने साहित्यिक जमघटका कारण हालको समयमा पोखरेली युवामा पठन संस्कृति विकास गर्न सफल भएको बताउनुभयो । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट शुरु भएको लिटरेचर फेस्टिभल नवौँ संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ ।
‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ शुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको भनाइ छ । यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याएको बताइन्छ । दुई वर्षदेखि महोत्सवलाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) रहन गएको हो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार