
१रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
२स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
३विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
४बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
५स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
६पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
७ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१०रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
काठमाडौँ । सरकारले विसं २०७८ भित्र बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै योजना सफल बनाउन मानवसेवा आश्रमले राष्ट्रिय उद्धार अभियान शुरु गरेको छ । काठमाडौँ उपत्यकामा आजदेखि अनौपचारिक रुपमा अभियान थालिएको छ ।
यही पुस ७ गतेपछि भने औपचारिक रुपमा ‘मेचीकाली राष्ट्रिय सडक उद्धारयात्रा’ सञ्चालन हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रामार्फत झण्डै ३०० सहयोगापेक्षी सडक मानवको उद्धार गर्ने लक्ष्य राखिएको छ । मुलुकलाई बेसहारा सडक मानवमुक्त बनाउने योजनामा सरकार र आश्रम सहकार्य गर्दै आएका छन् ।
त्यसपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मुख्य र सहायक सडकमा भेटिने बेवारिसे तथा मनोरोगीको उद्धार गरिने छ । कोही पनि मानिस भोको नाङ्गो भएर कष्टकर जीवनका साथ सडक तथा सार्वजनिकस्थलमा जीवनयापन गर्न नपर्ने अवस्था सिर्जना गर्न आश्रम २०६९ सालदेखि नै लागिपरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएर कोही पनि सडकमा भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने यसअघि नै घोषणा गरिसक्नुभएको छ । त्यस्ता व्यक्तिको व्यवस्थापनको जिम्मा सरकारले लिने उहाँले विभिन्न कार्यक्रममा बताइसक्नुभएको छ । सोही अभियानअन्तर्गत आश्रमसँग सहकार्य गर्दै सरकारले विभिन्न कार्यक्रमसमेत अघि बढाएको छ ।
“खाना नाना र छानाका अभावमा कोही पनि सडकमा बस्नु नपरोस्, कोही पनि अभिभावकविहीन भएर सडकमा भौँतारिन नपरोस् भन्ने हाम्रो चाहना हो”, अभियानका संयोजक अधिकारीले भन्नुभयो, “मुलुकलाई मानवीयताको देश भनेर विश्वमा चिनाउने उद्देश्य लिएका छौँ, नेपाल सरकारको साथ रहेकाले २०७८ सालभित्रै लक्ष्य पूरा हुन्छ ।” उहाँले उक्त यात्रामा साथ दिन सबैमा अनुरोधसमेत गर्नुभएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालन हुने मेचीकाली उद्धारयात्रामार्फत सडकमा कष्टकर रुपमा जीवनयापन गर्न बाध्य सहयोगापेक्षी मानिसको उद्धार गर्ने, मानवोचित व्यवस्थापनका लागि जनचेतना अभिवृद्धि गर्ने, स्थानीय सरकारसँग समन्वय बढाउने र सहयोगापेक्षी सडक मानवमुक्त बनाउने राष्ट्रिय योजनाको आधार तयार गरिने आश्रमका प्रवक्ता सुमन बर्ताैलाले जानकारी दिनुभयो । यात्राका क्रममा विभिन्न जिल्लामा पुगेर सडक मानव व्यवस्थापनका विषयमा अन्तरक्रियासमेत गरिने छ ।
काठमाडौँबाट टोली पूर्व मेचीका लागि मङ्गलबार प्रस्थान गर्ने तथा त्यसपछि झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवनमा लगातार अभियान सञ्चालन हुनेछ ।
त्यसपछि पश्चिम गोरखा, लमजुङ, कास्की, बाग्लुङ, रुपन्देही, नवलपरासी(बर्दघाट सुस्तापश्चिम), कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा यात्रा सञ्चलन गरी काठमडौँमा आएर समापन गरिने छ । माघ ७ सम्म चल्ने यात्राका लागि झण्डै रु ३५ लाख लाग्ने छ । “जुनजुन प्रदेशमा पुगिन्छ, सोही प्रदेश सरकारले आवश्यक सहयोग र समन्वय गर्ने गरी काम गरिने छ, प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले त्यहाँ हुने सबै खर्च व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइसकेको छ”, बर्ताैलाले भन्नुभयो ।
आश्रमका अनुसार नेपालका सडकमा अब सहयोगापेक्षी सडकमानव भने न्यून छन् । तीमध्ये धेरैजसो पेशेवार मगन्ते र मदिरा पिएर स्वच्छन्द जीवनयापन गर्न रुचाउने व्यक्ति छन् । सोका कारण सहयोगापेक्षी सडक मानवप्रति ध्यान कम पुगेको छ ।
विसं २०६९ भदौ १३ गते हेटौँडाबाट उद्धार अभियान शुरु गरेको आश्रमले अहिले सात प्रदेशका १५ जिल्लाका २२ शाखामार्फत मानवीय सेवा गर्दै आएको छ जहाँ अहिले एक हजार १०० जना आश्रित छन् । स्थापनापछि अहिलेसम्म पाँच हजार व्यक्तिको सडकबाट उद्धार गरिएकामा एक हजार ५०० लाई परिवारमा पुनःमिलन गराइसकेको अश्रमले जनाएको छ ।
आयव्यय सार्वजनिक
आश्रमबाट सञ्चालित कार्यक्रमको आज खर्च विवरण सार्वजनिक गरिएको छ । संस्थाले आज यहाँ पत्रकार सम्मेलन गरी सडक मानव व्यवस्थापनमा गत वर्ष रु १८ करोड ४६ लाख कारोवार भएको जानकारी दिएको छ । सोमध्ये रु तीन करोडभन्दा बढी अक्षयकोषमा जम्मा भएको छ ।
त्यसमा ३५ प्रतिशत नेपाल सरकार र सरकारी निकायबाट आर्थिक व्यवस्थापन भएको छ । अन्य व्यवस्थापन भने परोपकारी नेपालीबाट भएको आश्रमले जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति