
१सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
२अफवाह नफैलाउन प्रहरीको आग्रह
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
५२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
६अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
७गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
८पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
९विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१२पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
दमौली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि दमौलीस्थित जिल्ला अस्पतालमा चारथान भेन्टिलेटर आइपुगेको छ । मन्त्रालयले भेन्टिलेटर खरिदका लागि रु दुई करोड बजेट उपलब्ध गराएको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले भेन्टिलेटर आइपुगेको र सघन उपचार केन्द्रका लागि आवश्यक श्य्या र अन्य सामग्री भने केही दिनभित्र आइपुग्ने जानकारी दिनुभयो ।
“अस्पतालमा दश श्ययाको सघन उपचार कक्ष निर्माण गर्ने तयारी गरेका छौँ, यसका लागि पाँच वटा कोठा तयार भइसकेको छ,” उहाँले भन्नुभयो, “सम्पूर्ण सामग्री आउने बित्तिकै सञ्चालन गर्छौ ।” अस्पतालले ४५ दिनभित्र सम्पूूर्ण सामग्री ल्याउने गरी ठेकेदार कम्पनीसँग यही मङ्सिर ४ गते सम्झौता गरेको थियो । अध्यक्ष अधिकारीका अनुसार एउटा भेन्टिलेटरका लागि रु ३० लाख परेको छ ।
“विसं २०५९मा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको तनहुँस्थित दमौली अस्पतालमा अहिलेसम्म सघन उपचार कक्ष थिएन,” उहाँले भन्नुभयो, “कोभिडका कारण सघन उपचार कक्ष निर्माण हुने निश्चित भयो ।”
हालैमात्र अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । “अस्पताललाई सुविधासम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको छ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “दाँतको सेवाका लागि सञ्चालनमा ल्याइएको एक्सरे मेसिनले सर्वसाधारणले सहज रुपमा सेवा प्राप्त गर्नेछन् ।”विसं २०५९मा अस्पतालको रुपमा स्तरोन्नति भएको अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । सामान्य उपचारका लागि पोखरा, चितवन र काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पतालमा विभिन्न उपकरण थप गर्दै लगिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको थियो । पन्ध्र श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।
अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैयाको अस्पताल बनाउन कम्तीमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ ।
अस्पतालबाट हाल ४२ शैयामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुनेछ । अस्पतालले सघन उपचार कक्ष सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
विसं २०३४मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन