
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
दमौली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि दमौलीस्थित जिल्ला अस्पतालमा चारथान भेन्टिलेटर आइपुगेको छ । मन्त्रालयले भेन्टिलेटर खरिदका लागि रु दुई करोड बजेट उपलब्ध गराएको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले भेन्टिलेटर आइपुगेको र सघन उपचार केन्द्रका लागि आवश्यक श्य्या र अन्य सामग्री भने केही दिनभित्र आइपुग्ने जानकारी दिनुभयो ।
“अस्पतालमा दश श्ययाको सघन उपचार कक्ष निर्माण गर्ने तयारी गरेका छौँ, यसका लागि पाँच वटा कोठा तयार भइसकेको छ,” उहाँले भन्नुभयो, “सम्पूर्ण सामग्री आउने बित्तिकै सञ्चालन गर्छौ ।” अस्पतालले ४५ दिनभित्र सम्पूूर्ण सामग्री ल्याउने गरी ठेकेदार कम्पनीसँग यही मङ्सिर ४ गते सम्झौता गरेको थियो । अध्यक्ष अधिकारीका अनुसार एउटा भेन्टिलेटरका लागि रु ३० लाख परेको छ ।
“विसं २०५९मा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको तनहुँस्थित दमौली अस्पतालमा अहिलेसम्म सघन उपचार कक्ष थिएन,” उहाँले भन्नुभयो, “कोभिडका कारण सघन उपचार कक्ष निर्माण हुने निश्चित भयो ।”
हालैमात्र अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । “अस्पताललाई सुविधासम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको छ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “दाँतको सेवाका लागि सञ्चालनमा ल्याइएको एक्सरे मेसिनले सर्वसाधारणले सहज रुपमा सेवा प्राप्त गर्नेछन् ।”विसं २०५९मा अस्पतालको रुपमा स्तरोन्नति भएको अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । सामान्य उपचारका लागि पोखरा, चितवन र काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पतालमा विभिन्न उपकरण थप गर्दै लगिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको थियो । पन्ध्र श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।
अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैयाको अस्पताल बनाउन कम्तीमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ ।
अस्पतालबाट हाल ४२ शैयामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुनेछ । अस्पतालले सघन उपचार कक्ष सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
विसं २०३४मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर