
१‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
२पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
३डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
४ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
५पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
६डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
७पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
८विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
९सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
डन न्यूज
पोखरा । घरजग्गा उपलब्ध गराई दिन्छौं भन्दै पोखरा महानगरपालिका वडा नं. १४ भोटे चौताराका सुकुम्वासीवस्तीका जनतालाई ठगी गर्ने आठजनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ । नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंको गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं भन्दै घरजग्गा उपलब्ध गराईदिने आश्वासनमा रकम उठाएको गोप्य सूचनाको आधारमा कास्की प्रहरीको टोलीले त्यो गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।
यसरी पक्राउ पर्नेहरुमा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. ९ सिजिङ स्थायी घर भई हाल पोखरा–५ प्रस्याङमा डेरा गरी बस्ने वर्ष ३९ का हिराबहादुर तामाङ, म्याग्दी रघुगंगा गाउँपालिका वडा नं. ४ राफु स्थायी घर भई हाल पोखरा–१४, कुँडहर बस्ने वर्ष ३० का रमेशकुमार परियार, रुपन्देही साबिक सैनामैना नगरपालिका वडा नं. ९ बाँसगडी स्थायी घर भई हाल पोखरा–१४ चाउथे बस्ने वर्ष ३५ का ओमबहादुृर सुनार, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई हाल पोखरा–१३ बस्ने वर्ष ३७ की रिता बिश्वकर्मा, पोखरा–१७ चोरसाँघु घर भएकी सोनु परियार, पोखरा–१३ बाँझापाटन घर भएकी वर्ष २७ की सिता सुनार, पोखरा–१३, मियापाटन घर भएका ५० वर्षीय हर्कबहादुर बिक र पोखरा–१३ मियापाटनका २४ वर्षीय मौसम सदासंकर रहेका छन् ।
त्यो टोलीले तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्ड नापजाँच गर्नु पर्ने भन्दै रकम उठाई रहेको प्रहरीको भनाई छ । यसरी पक्राउ परेकाहरुलाई अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
प्रहरीले उनीहरुको साथबाट बैठक बसी निर्णय गरिएको रजिष्टर १ थान, नगद उठाएको रजिष्टर १ थान, नगदी रिसद प्याडहरु, नगद उठाएको रसिद प्याडको अर्धकट्टीहरु, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपि १९ थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटोहरु, अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौं लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ थानका साथमा नगद एकलाख ६१ हजार रुपैयाँ रहेको छ ।