
१गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
२पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
५अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
६एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
७कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१०लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
११पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, २५ असार । पर्यटकीय नगरी पोखरामा वातावरणीय स्वच्छता र आर्थिक आत्मनिर्भरताको एक नौलो आयाम सुरु भएको छ। ‘हरित रोजगारी र वातावरणीय दिगोपना’ को सपना बोकेको ‘जिसिआरयु’ परियोजनाले फोहोर मानिने पुराना कपडा र खेर गएका सामग्रीलाई आयआर्जनको माध्यम बनाउँदै महिलाहरूलाई स्वरोजगार बनाउने महत्त्वाकांक्षी अभियान थालनी गरेको छ।
पोखरामा सोमबारदेखि सुरु भएको ३० दिने सिलाई तथा कटाई सीप विकास तालिमले स्थानीय स्तरमा चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी) को व्यावहारिक अभ्यासलाई अघि बढाएको छ। फोहोरको उचित व्यवस्थापन गर्दै त्यसैबाट सुन्दर र उपयोगी सामग्री निर्माण गरी जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालित यो तालिमले महिला सशक्तीकरणको क्षेत्रमा नयाँ उत्साह थपेको छ।
तालिमको उद्घाटन गर्दै परियोजनाकी राष्ट्रिय परियोजना प्रबन्धक यमुना सिल्वालले हरित रोजगारीको प्रवद्र्धन र वातावरणीय दिगोपना आजको आवश्यकता रहेको बताइन्। उनले भनिन्, “हामीले फोहोरलाई सम्पत्तिका रूपमा हेर्न थाल्यौं भने मात्र पोखराको वातावरण स्वच्छ रहन्छ। यो तालिमले समुदायलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै दिगो भविष्यको जग बसाल्ने विश्वास लिएकी छु।”
विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्र, अमरसिंहचोकमा सञ्चालित यस तालिममा पोखरा महानगरपालिकाका विभिन्न वडाबाट आएका ३२ जना उत्साही महिलाहरू सहभागी छन्। सहभागीहरूले पुराना कपडाबाट झोला, गुडिया, फूलको गुच्छा र मकैको खोस्टाबाट आकर्षक सजावटका सामग्री बनाउने सीप सिक्नेछन्। तालिमको मुख्य प्रशिक्षक सविता श्रेष्ठका अनुसार ३० दिनको अवधिमा सहभागीहरूले बजारमा बिक्रीयोग्य र गुणस्तरीय हस्तकलाका सामग्री तयार पार्न सक्ने गरी दक्ष बन्नेछन्।
परियोजनाका मिल एण्ड कम्युनिकेसन विश्लेषक शशी थापाले सहभागीहरूलाई आफ्नो सीपलाई उद्यमशीलतामा रूपान्तरण गर्न प्रोत्साहित गर्दै ‘स्वच्छ र हरित पोखरा’ निर्माणको महाअभियानमा हातेमालो गर्न आग्रह गरे। तालिमको अर्को सुखद पक्ष भनेको सीप सिकेपछि सहभागीहरूलाई आफ्नै उद्यम सुरु गर्न सहज होस् भन्ने उद्देश्यले आयोजकका तर्फबाट सिलाई मेसिनसमेत उपलब्ध गराउने तयारी रहेको छ।
कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा क्लिन अप नेपालले सहजीकरण गरिरहेको यो परियोजनाले परम्परागत ‘प्रयोग गर र फ्याँक’ भन्ने सोचलाई विस्थापित गर्ने लक्ष्य राखेको छ। फोहोरको न्यूनीकरण र पुनः प्रयोगमार्फत दिगो भविष्यको मार्गचित्र कोर्दै अघि बढेको यो प्रयासले पोखरालाई भविष्यमा थप आत्मनिर्भर र वातावरणीय रूपमा सचेत नगरका रूपमा चिनाउने अपेक्षा गरिएको छ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ