
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
पोखरा, ८ जेठ । चर्को शुल्क तिरेर गुणस्तरीय शिक्षा र छात्रावासको अपेक्षा गर्दै मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका बीएस्सी नर्सिङका विद्यार्थीहरू अहिले अमानवीय बसाइ र शोषणको शिकार बनेका छन् । एउटै साँघुरो कोठामा ८ जनासम्म कोचिनुपर्ने, भेन्टिलेसन नभएको अँध्यारो कोठामा सास फेर्नसमेत मुस्किल पर्ने र रातको समयमा छतमा गएर बस्नुपर्ने बाध्यता उनीहरूको दैनिकी बनेको छ ।
४ वर्षे कोर्सका लागि यही अवस्थामा बस्नुपर्दा विद्यार्थीहरू मानसिक र शारीरिक रूपमा थकित बनेका छन् । ‘२ जनालाई अट्ने कोठामा ८ जनासम्म राखिएको छ । कोठामा भेन्टिलेसन नै छैन, ‘एक विद्यार्थीले दुःख पोखिन्, ‘पटक–पटक गुनासो गरेपछि मात्र झ्यालमा जाली हालिएको छ । हामीलाई भेडाबाख्रा जस्तो व्यवहार गरिएको छ ।’ अर्की विद्यार्थीले भावुक हुँदै भनिन्, ‘रुममा बस्नै मन लाग्दैन । सास फेर्न नै गाह्रो हुन्छ । राति पनि छततिर गएर बस्छौं । यहाँ पढ्ने वातावरण नै छैन ।’
विद्यार्थीहरूका अनुसार ड्युटी सिफ्ट फरक–फरक भएकाले सुत्ने र उठ्ने समयसमेत मिल्दैन । भर्ना हुनुअघि कलेज प्रशासनले यस्तो अवस्थाबारे कुनै जानकारी नदिएको र भर्नापछि एकैपटक कोचेर होस्टलमा राखिएको उनीहरूको गुनासो छ । ‘यो २–४ दिनको लागि होइन, ४ वर्ष यही कोठामा बसेर बिताउनुपर्छ,’ उनीहरूले भने ।
खाना र पढाइको अवस्था पनि दयनीय
सुरुमा ६ हजार ९० रुपैयाँ तोकिएको खानाको शुल्क तीन महिनामै बढाएर ७ हजार ५ सयभन्दा माथि पुर्याइएको छ । विद्यार्थीहरू भन्छन्, ‘खाना न त मिठो छ, न पहिलेको भन्दा सुधार भएको छ । जबरजस्ती पैसा तिर्नुपर्छ । प्रश्न गर्ने ठाउँ पनि छैन ।’
पढाइको अवस्था झन् चिन्ताजनक छ । अस्पतालको बेसमेन्ट (अण्डरग्राउन्ड) मा कक्षाकोठा रहेको छ जहाँ दिनको ६–७ घण्टा २४ घण्टा ट्युबलाइटको उज्यालोमा, हावा नछिर्ने ठाउँमा पढ्नुपर्ने बाध्यता छ । एमबीबीएस र नर्सिङ विद्यार्थीबीच गरिने विभेदको गुनासो पनि उनीहरूले गरेका छन् ।
प्रशासनको रवैया : ‘शुल्कअनुसार सुविधा’
मणिपाल शिक्षण अस्पतालका अध्यक्ष नारायण पौडेलले भने विद्यार्थीहरूको गुनासोलाई खासै गम्भीर रूपमा लिएका छैनन् । एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले ‘उहाँहरूले तिरेको शुल्कअनुसार नै बसाइ मिलाएका छौं’ भन्दै थप सुविधा चाहियो भने थप शुल्क तिर्नुपर्ने बताएका छन् । यसअघि प्रिन्सिपललाई वैशाख १३ गते सामूहिक हस्ताक्षरसहित लिखित निवेदन दिँदा ‘सिनियरहरू पनि यस्तै बसेका थिए, तिमीहरूले पनि एडजस्ट गर्नुपर्छ’ भन्ने जवाफ आएको विद्यार्थीहरूले बताएका छन् ।
माफिया आरोप र आन्दोलनको चेतावनी
विद्यार्थी तथा अभिभावकहरूले मणिपाल सञ्चालक आनन्दराज बतास र नारायण पौडेललाई ‘मेडिकल तथा शैक्षिक माफिया’को आरोप लगाएका छन् । उनीहरूले राज्यको कानुन मिचेर पैसाको भरमा विद्यार्थीमाथि शोषण गरेको दाबी गरेका छन् । यसअघि पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र नर्सहरूमाथि यस्तै व्यवहार गरिएको र उनीहरूको आन्दोलन तुहाइएको आरोप छ ।
अखिल (समाजवादी)का केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज प्रकाश बास्तोला ‘मार्शल’ले कडा चेतावनी दिएका छन् । ‘बतास र पौडेलको ज्यादती, दम्भ र पेलाई अति भयो । राज्यले कारवाही नगरे हामी विद्यार्थी संगठनहरू मिलेर कडा कारवाही गर्छौं,’ उनले भने, ‘यदि कुनै विद्यार्थीले मानसिक र शारीरिक यातना सहन नसकेर केही गरेमा त्यसको पूर्ण जिम्मेवारी मणिपाल प्रशासनको हुनेछ ।’

मणिपाल शिक्षण अस्पतालका सञ्चालकद्वय आनन्दराज बतास र नारायण पौडेल । जो न त कानुन मान्छन्, न त कसैलाई टेर्छन् ।
प्रधानमन्त्रीसमक्ष उजुरी, सीडीओले भने अनुगमन गर्ने
यो विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष समेत उजुरी दर्ता भएको छ । सम्बन्धित निकायले अनुगमन गर्न डराएपछि प्रधानमन्त्रीलाई गुहारिएको बताइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने यो विषयलाई गम्भीर रूपमा लिएको बताउँदै तत्काल अनुगमन टोली खटाउने र छानबिन समिति गठन गर्ने आश्वासन दिएकी छन् ।
मणिपालकै एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘आनन्द बतास र नारायण पौडेलले अहिलेको सरकारलाई पनि टेरेका छैनन् । यस्ता माफियालाई कारवाही नगर्ने हो भने विद्यार्थीहरूको भविष्य दुःखद् हुन सक्छ ।’
यो घटनाले निजी शिक्षण संस्थाहरूमा विद्यार्थी शोषण र अमानवीय व्यवस्थापनको मुद्दालाई फेरि एकपटक उजागर गरेको छ । विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूले सम्बन्धित निकायबाट छिटोभन्दा छिटो प्रभावकारी अनुगमन, सुधार र दोषीलाई कारवाहीको माग गरेका छन् ।