News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन

पोखरा, १६ पुस । कास्की जिल्ला टेनिस सङ्घद्वारा आयोजित २२औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा मेन्स सिंगल्सतर्फको उपाधि करणबहादुर थापाले जितेका छन् ।

बुधबार पोखरा रङ्गशालामा भएको फाइनलमा थापाले आयुषमान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गरे । विजेताले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता आयुषमानले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

यसैगरी, ३५ वर्षमाथिको भेट्रान्स मेन्स सिंगल्सतर्फ जितेन्द्र परियारले उपाधि हात पारेका छन् । फाइनलमा उनले सन्तोष खत्रीलाई सोझो सेट ६–१ र ६–० ले हराए । जितेन्द्रले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने सन्तोषले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

विजयी खेलाडीहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले एक समारोहबीच पुरस्कार वितरण गरे । कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा नेपालका नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखराका उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रमको सञ्चालन आयोजक समितिका प्रथम उपाध्यक्ष नविन चालिसेले गरेका थिए ।

डनन्यूज ट्रेन्डिङ