
१गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
२कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
५पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१०मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
११गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१२गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
११कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
१२सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
पोखरा, २ मंसिर । पोखरा–७ घारीपाटनमा सञ्चालित सफल बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष तथा नेकपा (एमाले)का नेता गणेश श्रेष्ठले १८ लाख ८५ हजार २ सय ८४ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । मुख्यतः महिला बचतकर्ताहरूको बाहुल्य रहेको यो सहकारीमा श्रेष्ठले विगत पाँच वर्षदेखि ऋण वितरण र ब्याजमा चलखेल गरी लाखौं रुपैयाँ ठगी गर्दै आईरहेका थिए ।
सहकारीका एक सञ्चालकका अनुसार श्रेष्ठ करिब पाँच वर्षअघि सचिवका रूपमा संस्थामा प्रवेश गरेका थिए र पछि २०८० देखि २०८३ सम्मका लागि अध्यक्ष निर्वाचित भएका थिए । तर ठगीको खुलासा भएलगत्तै सञ्चालक समिति र बचतकर्ताहरूको दबाबमा उनले राजीनामा दिएका छन् । अन्य पदाधिकारी तथा सञ्चालकहरू यथावत् रहेका छन् र गत कार्तिक १ गते सम्पन्न साधारणसभाले सल्लाहकार अनिलकुमार शाहीलाई नयाँ अध्यक्षमा मनोनयन गरेको छ ।
ठगीको आरोप लागेका गणेश श्रेष्ठले भने सम्पर्कमा आएर ‘समाचार नलेखिदिनुहोस्, मैले हिनामिना भएको सबै रकम फिर्ता गर्छु, केही रकम तिरिसकेको छु’ भन्दै राजीनामा दिएर छानबिनमा सहयोग गर्ने वातावरण बनाएको स्वीकार गरेका छन् ।

ठगीमा संलग्न भएपछि सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठलाई हटाएर अनिल कुमार शाहीलाई अध्यक्ष बनाइएको छ । जसमा कार्यकाल बाँकी छँदैं अध्यक्ष हटाइए पनि अन्य बाँकी सबै यथावत रहेका छन् ।
ठगीको गम्भीर आरोप पुष्टि भएपछि सहकारीले प्रेम जिटीको संयोजकत्वमा घनश्याम लामिछाने र निर्मल खत्री सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । बचतकर्ताहरूले स्वतन्त्र अडिटमार्फत पूर्ण अनुसन्धान हुनुपर्ने माग राखेका छन् । उनीहरूका अनुसार श्रेष्ठले आफ्नै नजिकका नातेदारलाई सहकारीको प्रमुख कर्मचारी र कम्प्युटर सिस्टम तथा सफ्टवेयरको जिम्मेवारी दिएर अन्य सञ्चालकहरूलाई कुनै जानकारी नदिई रकम हिनामिना गर्दै आएका थिए । अझै ठगीको वास्तविक आकार छानबिनपछि मात्र खुल्ने उनीहरूको भनाइ छ ।
सफल सहकारी पोखरा–७, घारीपाटन ठगी-प्रकरण
२०८०–२०८३ कार्यकालका लागि निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष गणेश श्रेष्ठ (राजीनामा दिएका), उपाध्यक्ष धनबहादुर रानाभाट, सचिव कमलप्रसाद शर्मा, कोषाध्यक्ष विष्णुप्रसाद ढकाल तथा सञ्चालक सदस्यहरू हरिबहादुर थापा, मञ्जु गुरुङ, डिलबहादुर गुरुङ (दिलिप), जीवनाथ देवकोटा र दुर्गाकुमारी शर्मा छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा हरिप्रसाद श्रेष्ठ, शेषकान्त ढकाल र विनोद गिरी तथा सल्लाहकारहरूमा अनिलकुमार शाही, हरिप्रसाद बास्तोला, लक्ष्मणबहादुर गुरुङ, पवित्रा जिसीलगायत रहेका छन् ।
सहकारीमा कुल ४२१ जना सदस्य छन्, जसमध्ये ६० प्रतिशतभन्दा बढी महिला रहेका छन् । संस्थाको शेयर पुँजी ३ करोड १० लाख र बचत रकम झन्डै ५ करोड रुपैयाँभन्दा माथि छ । सहकारीले पोखरा महानगरपालिकाका १० भन्दा बढी वडामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।श्रेष्ठकै कारण संस्थामा चर्को विवाद उत्पन्न भएपछि धेरै बचतकर्ताहरू अलग्गिएर छिमेकमै घारीपाटन सहकारी सञ्चालनमा ल्याएका थिए ।

सफल सहकारीका सञ्चालकहरुसहितको टोली । पहेलो घेरामा सहकारी ठगीमा संलग्न अध्यक्ष गणेश श्रेष्ठ ।
गोरखा घर भएका श्रेष्ठ नेकपा (एमाले) का सक्रिय टोले नेता मात्र होइन, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कास्की जिल्लाको निवर्तमान अध्यक्ष पनि हुन् । पोखरामा दोहोरीसाँझ र रिभर भ्यू रिसोर्ट (पोखरा–१७ महतगौंडा) सञ्चालन गर्दै आएका उनीमाथि बचतकर्ताहरूले ठगीमा संलग्न भएको भन्दैं निष्पक्ष र स्वतन्त्र निकायबाट छानबिनको माग गरेका छन् ।
नयाँ अध्यक्ष अनिलकुमार शाहीले केही गुनासा आएकाले छानबिन भइरहेको भन्दै अहिले नै मिडियामा बोल्न उपयुक्त नभएको बताएका छन् । ठगीको आरोप लागेका गणेश श्रेष्ठले भने सम्पर्कमा आएर ‘समाचार नलेखिदिनुहोस्, मैले हिनामिना भएको सबै रकम फिर्ता गर्छु, केही रकम तिरिसकेको छु’ भन्दै राजीनामा दिएर छानबिनमा सहयोग गर्ने वातावरण बनाएको स्वीकार गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली, विष्णुप्रसाद पौडेल र बाटुलचौर लिच्ची बगान काण्डका चर्चित विचौंलिया सुजन लामाका साथमा सफल सहकारी ठगीमा संलग्न गणेश श्रेष्ठ ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको ठगीको शृंखलामा यो घटना थप एक उदाहरण बनेको छ । बचतकर्ताहरूले नियामक निकायले पनि गम्भीरतापूर्वक अनुसन्धान अघि बढाउनुपर्ने माग गरेका छन् । राजनीतिक दवाव र प्रभावका कारण सफल सहकारीभित्र भएको ठगीमा सामान्य छानबिन गर्दै दोषीलाई चोख्याउने र बचतकर्तालाई गुम्राहमा राख्ने प्रपञ्च हुनेमा बचतकर्ताहरु सशंकित भएका छन् ।

सफल सहकारीका वर्तमान अध्यक्ष अनिलकुमार शाही । फाईल तस्विर ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ