
१प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
३‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
४कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
५हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, २४ कार्तिक । पोखरा बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदारले सेवा केन्द्र अमरसिंह सार्न पटक–पटक रजिस्ट्रार कार्यालय धाउँदा पनि काम भएन। अनि उनले व्यवस्थापक भीष्मप्रताप गुरुङलाई भने– ‘च्यानल (विचौंलिया) खोज, पैसा निकाल।’ गुरुङले तनहुँबाट पोखरा छिरेदेखि नै सुनेका थिए, ‘गण्डकी सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार उदयबहादुर पराजुलीलाई पैसा नदिए नयाँ शाखा खोल्ने र स्थान्तरण गर्ने काम सम्भव नैं हुँदैंन।’
उनले गण्डकी प्रदेश प्रमुखको कार्यालयमा कम्प्युटर अधिृकतको रुपमा जागिरे रहेका चण्डीप्रसाद अर्यालको च्यानल (विचौंलिया)को बाटो समाते। विचौंलियाको भूमिकामा रहेका अर्याल रजिष्ट्रार पराजुलीको मात्र नभई यतिबेला पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका पनि उत्तिकैं विशेष पात्रका रुपमा परिचित छन् । मेयरका विभिन्न गतिविधिहरुमा संलग्न उनी व्यवसायिक साझेदारका रुपमा समेत पोखरामा चिनिन्छन् ।
२०७८ असार २७ गते सहकारीको संयुक्त खाताबाट अध्यक्ष गोदारको नाममा चेक काटियो–ठ्याक्क २ लाख ५० हजार रुपैयाँ । भौचरमा लेखियोः ‘सहकारी दर्ता तथा विस्तारका लागि।’ त्यो पैसा भीष्मप्रतापले बोकेर चण्डीप्रसादको पोखरामा रहेको कालिका कम्प्युटर पसल पुगे। चण्डीप्रसादकी श्रीमती मैना अर्यालले सो रकम बुझिन् । लगत्तैं रजिस्ट्रार पराजुलीको हस्ताक्षरमा सेवा केन्द्र स्थानान्तरणको प्रमाणपत्र सहकारीको कार्यालयमा आइपुग्यो।

पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–९ को वित्तीय विश्लेषण तथा छानबिन गरी तयार पारिएको रायसहितको प्रतिवेदन–२०८२ मा संस्थाका व्यवस्थापक भीष्मप्रताप गुरुङले सहिछाप गरी दिएको बयान ।
अध्यक्ष गोदारले पनि बयानमा स्वीकारे– ‘मैले पटक–पटक गएँ, काम भएन। च्यानल (विचौंलिया) खोजेर पैसा दिएँ, अनि मात्र सेवा केन्द्र सारियो।’ सहकारीकी टेलर डिलमाया पुर्जा पुनले भनिन्, ‘कार्यक्षेत्र थप्न पैसा दिएको सुनेकी थिएँ, अध्यक्ष–व्यवस्थापकलाई थाहा होला।’
‘पोखरामा जति सहकारीले शाखा थपे, सबैले यही बाटो हिँडेका रहेछन्,’ भीष्मप्रतापले वित्तीय छानबिन समितिसमक्ष दिएको लिखित बयानमा भनेका छन्, ‘मैले च्यानल (विचौंलिया) खोजेँ, चण्डी सरको बाटो थियो। पैसा बुझाएपछि काम भयो। यो रकम मैले होइन, गोदार, चण्डी वा पराजुलीले फिर्ता गर्नुपर्छ।’ रकम दिलबहादुर केसीको खाता नम्बर ०११५०००००५ बाटै निकालिएको थियो।

पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–९ को वित्तीय विश्लेषण तथा छानबिन गरी तयार पारिएको रायसहितको प्रतिवेदन–२०८२ मा संस्थाका अध्यक्ष सुरेन्द्र बहादुर गोदारले सहिछाप गरी दिएको बयान ।
चण्डीप्रसाद अर्यालले भने सबै आरोप अस्वीकार गरे। ‘मलाई केही थाहा छैन,” उनले भने, “यत्तिकै कसैलाई पोलेर भन्ने भए त जे पनि भइहाल्छ। मेरो जिन्दगीमा यस्तो कहिल्यै भएको छैन। कारबाही परे प्राण फाल्न पनि तयार छु।’ उनले यस विषयमा थुनामा रहेका अध्यक्ष गोदार, व्यवस्थापक गुरुङ र उपाध्यक्ष बास्तोलासँग छलफल भईसकेको र सो रकम जसले लगेको हो, त्यो कर्मचारीले छानबिनका क्रममा मिलाई सकेको पनि दावी गरे ।
यो घुसको खेल नयाँ थिएन। पराजुलीले यसअघि मित्रमिलन सहकारीबाट १ करोड २५ लाख र प्राइम सहकारीबाट १६ लाख लिएको अभियोगमा कास्की कारागारमा बसेका थिए। उच्च अदालतबाट धरौटीमा छुटे पनि उनको यस अघि रजिष्ट्रार हुँदा धेरै सहकारीबाट रकम असुल्ने गरेका घटनाहरु एकपछि अर्को पर्दाफास हुँदैं गईरहेका छन् ।
पीडित बचतकर्ताहरू भन्छन्– ‘पोखरा सहकारी एउटा उदाहरण मात्र हो। उदयबहादुर र चण्डीप्रसादको समूहले अन्य सहकारीमा पनि यस्तै लेनदेन गरेका छन्। थप रहस्य चाँडै खुल्छन्, हाम्रो पैसा फिर्ता हुन्छ भन्ने आशा छ।’

मित्रमिलन सहकारी ठगी काण्डमा पुर्पक्षका लागि कारागार चलान भएका तत्कालिन रजिष्ट्रार उदयबहादुर पराजुली । फाईल तस्विर
घुसले शाखा त खुल्यो, तर सहकारी भने डुब्यो। बचतकर्ताको उजुरीपछि गण्डकी सहकारी रजिस्ट्रार कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई खटायो। रिपोर्ट आयो–८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिना। प्रहरीले अध्यक्ष गोदारसहित आठ जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा उपाध्यक्ष शम्भुराज बास्तोला, कोषाध्यक्ष हिरामणी दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रताप गुरुङ, बजार प्रमुख बेदीप्रसाद सुवेदी र पूर्वसचिव इन्द्रप्रसाद ढकाल छन्।

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा कम्प्युटर अधिकृतका रुपमा कार्यरत र लायन्स क्लबमा आवद्ध चण्डीप्रसाद अर्याल ।
२ लाख ५० हजारले एउटा शाखा स्थान्तरण मात्र नभई नयाँ पनि खोल्यो तर ८८ करोडले सयौँ परिवारको सपना र जीवन चुर्लुम्ब डुबायो। यो घटना एउटा सहकारीको मात्र होइन, गण्डकीका सहकारीहरूमा कसरी घुसको जालो बुनेर बचतकर्तालाई लुटियो भन्ने प्रमाण हो। अनुसन्धान जारी छ, अझैं अरू कति चण्डीप्रसाद र उदयबहादुरहरू पर्दा पछाडि लुकेका छन् ? त्यो पर्दा भने क्रमशः खुल्दैं नैं जानेछ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !