
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, २२ कार्तिक । नेपालको पर्यटन प्रवर्द्धनका लागि निरन्तर खटिँदै आएको ‘डुलुवा’ टोलीले शुक्रबार पोखराबाट हुम्लातर्फ साहसिक यात्रा सुरु गरेको छ । २१ सदस्यीय टोलीले पर्वत, बाग्लुङ, रुकुमकोट, राकम, सर्खेघाट, सिमकोट, लिमी उपत्यका र ५,००० मिटर उचाइको लाप्चा ला पास पार गर्दै मंसिर १ गते पोखरा फर्किने योजना बनाएको छ ।
पोखरामा आयोजित विशेष विदाई कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले टोलीलाई सुखद यात्राको शुभकामना दिँदै बिदाई गरे । सोही अवसरमा डुलुवा संयोजक योगेश भट्टराईले पोखरा भ्रमण वर्षको आधिकारिक व्यानर हस्तान्तरण गरेका थिए । रेवान पोखराका पूर्वअध्यक्ष नरेश भट्टराईलगायतले पनि टोलीलाई शुभकामना दिए ।
संयोजक भट्टराईले भने, “नेपाल प्राकृतिक रूपले नै साहसिक पर्यटनको अनुपम गन्तव्य हो । डुलुवाको यो यात्राले पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्नेछ । भ्रमण वर्षका क्रममा हामीले देश–विदेशमा विभिन्न कार्यक्रम गर्दैछौँ, यो अभियानले त्यसलाई थप बल पुग्ने छ ।”
डुलुवा संयोजक योगेश भट्टराईले अभियानको उद्देश्य प्रष्ट्याउँदै भने, “हुम्ला नेपालको अन्तिम उपत्यका हो । यो यात्रा अत्यन्त रोमान्चक र चुनौतीपूर्ण हुनेछ । हामी कैलाश पर्वत र लिमी उपत्यकासम्म पुग्ने प्राचीन बाटोलाई पुनर्जीवित गर्दैछौँ । नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरता विश्वसामु उजागर गर्नु हाम्रो मुख्य लक्ष्य हो ।”
डुलुवाको परिचय र कीर्तिमान
पोखराका पर्यटनकर्मी युवाहरूको समूह ‘डुलुवा’ सन् २००८ देखि प्याराग्लाइडिङ र पर्यटन व्यवसायमा संलग्न रहँदै नेपाल भ्रमणमा सक्रिय छ । सन् २०२० मा औपचारिक रूपमा ‘डुलुवा’ नामकरण भएको यो समूहले स्थापनाको १५ वर्षमा नेपालका ७० जिल्ला घुमिसकेको छ । भारतको लद्दाखदेखि कास्की–कन्याकुमारीसम्मको सफल यात्रासमेत गरिसकेको छ ।
यसपटकको रुट
हुम्ला अन्तिम उपत्यका अभियानअन्तर्गत टोलीले रुकुमकोट → राकम → सर्खेघाट → सिमकोट → लिमी उपत्यका → लाप्चा ला पास → सिमकोट फर्किने र त्यसपछि सर्खेघाट–कोहलपुर–बुटवल हुँदै ११ दिनमा पोखरा फर्किने योजना छ ।
पछिल्लो उपलब्धि
यात्राकै क्रममा डुलुवा समूहले बनाएको ‘वी विल राइज फाउन्डेसन’ र नेपाल टेलिभिजनद्वारा संयुक्त रूपमा आयोजित भिडियो प्रतियोगितामा समूहले दुई ठूला अवार्ड जितेको छ । ‘दि नर्दर्न वाल’ले उत्कृष्ट भिडियोको उपाधि र ‘मेरो गाउँ तक्सेरा’ले ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड प्राप्त गरेको छ ।
पोखरा भ्रमण वर्ष २०२५ लाई सार्थक बनाउन र नेपालको दुर्गम हिमाली भेगको सुन्दरता विश्वसामु चिनाउन ‘डुलुवा’ टोली फेरि एकपटक साहसिक कदमसहित अघि बढेको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल