
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
९विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
पोखरा, १९ कार्तिक । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डैं ८८ करोड रुपैयाँ ठगी गरेको आरोपमा अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज बुधबार भर्खरैंमात्र पक्राउ गरेको छ । यो गिरोहले सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९ सय ६२ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीले पोखरा–१०, अमरसिंहचोक बस्ने पोखरा सहकारीका अध्यक्ष गोदार, पोखरा–१४, चाउथे बस्ने कोषाध्यक्ष हिरामणी दाहाल, पोखरा–११, फुलबारी बस्ने सचिव दिलबहादुर केसी, पोखरा–१७, विरौटा बस्ने सहकारीका सञ्चालक समितिका सदस्य दोर्जे तामाङ, पोखरा–१४, छिनेडाँडा बस्ने व्यवस्थापक भीष्मप्रसाद गुरुङ, पोखरा–३, तेर्सापट्टी बस्ने सहकारीका बजार प्रमुख बेदीप्रसाद सुवेदी र पोखरा–९, नयाँबजार बस्ने पूर्वसचिव/सदस्य ईन्द्रप्रसाद द्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका वित्तीय छानबिनकर्ता निर्मल गौतमले तयार पारेको प्रतिवेदनका आधारमा दिइएको उजुरी पश्चात् कास्की प्रहरीले गरेको थप अनुसन्धानबाट ८८ करोड भन्दा बढि रकम हिनामिना गर्ने यो गिरोहलाई पक्राउ गर्न सुरु गरिएको हो । सहकारी रजिष्ट्ररको कार्यालय गण्डकी प्रदेशको कार्यालयले कार्तिक १८ गते कारवाहीको लागि पत्राचार गरेको थियो । प्रहरीले थप अनुसन्धान गर्दै सहकारी ठगीमा आज बुधबारदेखि मुद्दा अघि बढाएको हो ।
आरोपित समूहले बिनाधितो ऋण प्रवाह, नक्कली खाता खोल्ने र सहकारीको नीति–नियमविपरीत कमिसनको लोभमा जोखिमपूर्ण लगानी गरेको पाइएको छ। विशेषगरी अध्यक्ष गोदार र व्यवस्थापक गुरुङको नेतृत्वमा यो गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ।

पोखरा बचत तथा ऋण सहकारीका सञ्चालक समितिका पदाधिकारी र कानुन व्यवसायीसहितको टोली
छानबिनका क्रममा ठगी धन्दा लुकाउन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय काठमाडौंका शाखा अधिकृतलाई लाखौं रुपैयाँ घुस दिने गरेको तथ्य भेट्टिएको छ । विगत ८ वर्षदेखि अध्यक्षका रुपमा रहेका गोदारले अनुगमनमा आएका नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत प्रेम राज लुइटेललार्ई पाँचलाख रुपैयाँ नगद घुसवापत दिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीलाई नैं सम्पत्ति शुद्धिकरणको मुद्दामा तत्कालै कारवाही गर्नुपर्ने स्थिति देखिएका भन्दैं कारवाही हुनबाट जोगाउनका लागि भन्दैं ती शाखा अधिकृतले सहकारीका अध्यक्ष सुरेन्द्रसँग पाँच लाख रुपैयाँ घुसवापत लिएका थिए ।
बचतकर्ताहरुले रकम नपाएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशमा छानबिनका लागि उजुरी दिएपछि सहकारी भित्रका धेरै वेथिति र समस्याहरुका बारेमा अन्य सदस्यहरुले पनि जानकारी पाएका थिए । उजुरी पश्चात् छानबिन हुँदा सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरु समेत मिलेर रकम हिनामिना गरेको तथ्य खुलेको हो ।
पोखरा सहकारीले पोखरा–८, सिर्जनाचोकबाट २०५८ सालबाट आफ्नो सेवा सुरु गरेको थियो । सहकारीले पछिल्लो समय पोखरा–९, नयाँबजारबाट प्रधान कार्यालय सञ्चालन गर्दै आईरहेको छ । सहकारीले पोखरा–१०, अमरसिंह र पोखरा–८, सिर्जनाचोकमा सेवा केन्द्रहरु पनि सञ्चालन गरेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की