
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
४प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
५अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
६न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
७आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
८पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
९डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
१०लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
११पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
१२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
१०डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
‘हेरौं २/४ महिना । गरे गर्ला, नगरे कमसेकम ५० जना एमालेका युवाहरुले, हामीसँग फोटो छ, कसले फोरेको हो खगराजजीको घर, कसले फोरेको हो गणेशजीको घर, यिनीहरुलाई समात्दैं खुट्टा भाँच्दै, समात्दैं खुट्टा भाँच्दैं फाल्दैं गर्ने हो, न्याय पाउने तरिका यहीं हो । के तपाईहरु तयार हुनुहुन्छ ?’
पोखरा, २३ असोज । सुन चोरी काण्डमा संलग्न नेकपा एमालेका नेता दीपक पौडेलले जेन-जी आन्दोलनकारीहरुको खुट्टा भाँच्ने धम्की दिएका छन् । नेता पौडेलले एमालेका युवाहरुसँग तागत छ ? छ भने, २ महिना पछि जो जो ले घर जलाएका छन्, जो जोले लुटेका छन् एमालेको सम्पत्ति, प्रशासनले कारवाही गरे गर्छ, नगरे घर घरमा जाने, थुत्दैं घुँडा भाँच्दैं फाल्दैं गर्ने हो भन्दैं हिंसा भड्काउने र द्वन्द्व चर्काउने उद्देश्यले उत्तेजित भाषण गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र समेत रहेका उनले २०७९ को स्थानीय चुनावमा पोखराको मेयरको टिकट पाएर पनि यहीं सुन चोरी काण्डले गर्दा पछि हट्नु परेको थियो । सुन चोरी काण्ड चर्किए पछि अन्तिम समयमा आएर पौडेलको ठाउँमा एमालेका अर्का नेता कृष्ण थापाले टिकट पाएका थिए । चुनावमा नेकपा एमालेबाट फुटेर गएको समाजवादीका तर्फबाट पोखराको मेयरको उमेद्वार बनेका धनराज आचार्यसँग थापा पराजित भएका थिए ।
पूर्वशिक्षक समेत रहेका पौडेलले नेकपा एमाले पोखरा महानगर कमिटीले बुधबार हिजो आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दैं जेन जी आन्दोलनकारीहरुलाई उक्त धम्की दिएका हुन् । ‘त्यो घर फोड्ने गुन्डा, अपराधीहरुलाई यो सरकारले केही कारवाही गर्दैन, लेखेर राख्नुहोला,’ निकै आक्रोशित हुँदैं एमाले नेता पौडेलले भने–‘यो सरकार तिनै गुण्डा र अपराधीहरुले विदेशी एनजिओ, आईएनजिओहरुको अरबौं डलर खुवाएर बनाएको सरकारले कारवाही गर्छ र हामीले न्याय पाउँछौं भन्ने वाहियात कुरा हो ।’
‘हेरौं २/४ महिना । गरे गर्ला, नगरे कमसेकम ५० जना एमालेका युवाहरुले, हामीसँग फोटो छ, कसले फोरेको हो खगराजजीको घर, कसले फोरेको हो गणेशजीको घर, यिनीहरुलाई समात्दैं खुट्टा भाँच्दै, समात्दैं खुट्टा भाँच्दैं फाल्दैं गर्ने हो, न्याय पाउने तरिका यहीं हो । के तपाईहरु तयार हुनुहुन्छ ?’
उनले अझैं जँगिदैं भने–‘यहीं हो हाम्रो स्थिति, यहीं हो हाम्रो जोश जाँगर, हामीले यसैं गरी बनाएको हो यो पार्टी । मेरो युवाहरुसँग अनुरोध छ, तपाईहरुको अगाडि म जान्छु के । म १ नम्बरमा जान्छु के । गोदाई खाए मैले खान्छु । पिटाई खाए मैले खान्छु । मुद्दा खाए मैले खान्छु । नभए बदला हुँदैंन ।’
कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वगृहमन्त्री/स्वास्थ्यमन्त्री खगराज अधिकारी, एमालेका युवा नेताद्वय रश्मि आचार्य र दिलिपविक्रम शाहीका साथैं पोखरा महानगर कमिटीका अध्यक्ष जिवन आचार्य लगायतले मन्तव्य राखेका थिए । जसमा एमालेका युवा नेता रश्मि आचार्यले मात्र जेनजी आन्दोलन हुनु पछाडिका कारण, जेन जी पुस्ताको विद्रोह र आक्रोशलाई नेकपा एमालेले सहीं ढंगले सम्बोधन गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आत्मालोचित पनि भएका थिए ।
नेकपा एमाले पोखरा महानगर कमिटीले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमका तस्विरहरुः

१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल