
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
७२ जना निर्दोषले ज्यान गुमाए, सयौं घाइते भए । यस्तो राक्षसी सत्ता कसले बनायो ? कसले स्कूल ड्रेस लगाएर आएका नाबालकलाई टाउकोतिर निशाना बनाएर गोली चलाउन अनुमति दियो ?
मोहन मुन
मध्यरातमा तस्करको काखमा जन्मिएको सरकारले गर्ने भनेको के हो ? लुटेरा, तस्कर र भ्रष्टहरूको संरक्षण । भ्रष्टाचार, भिटिज भिसा प्रकरण लगायतका काण्डहरू नउठ्ने हैनन् ? आफन्त भित्र नपुग्दै सामसुम हुन्थ्यो । जनताको चाहना बेवास्ता गर्दै यो सरकार राम्रालाई होइन—आफ्नैलाई मात्र ठाउँ दिन्थ्यो । यो रोग नेपाली राजनीतिमा पुरानै हो । हरेक सरकारको रगतमा सिन्डिकेटको विष बगिरहेको हुन्छ ।
सामाजिक सञ्जालमा जेन-जी पुस्ताको (१३–२८ वर्ष) आक्रोश गुन्जिरहेको थियो । टिकटक र फेसबुकमा “गाउँ–गाउँबाट उठ, म हाँसेको हेर्न चाहन्छु” जस्ता गीतहरू भाइरल हुँदैथिए । नेपो किड्सको विलासिताले सडकको आगो झन् तेज बनायो । तर सरकार भने बेखबर रह्यो । विरोधलाई दबाउन सामाजिक सञ्जाल नियन्त्रण गर्ने नाटक मात्र भयो—तर जेन-जी चुप भएनन् । सेप्टेम्बर ८ मा उनीहरूले सडकमा क्रान्ति घोषणा गरे । स्कूल ड्रेसमा आएर शान्तिपूर्ण नारा लगाउने योजनामा रहेका युवाहरू प्रधानमन्त्रीको मजाकसँग झनै आक्रोशित भए । घटना थियो जेब्राक्रसमा मन्त्रीको गाडीले एक युवतीलाई दिएको ठक्कर । घाइतेको पीडा ओलीका लागि “सामान्य घटना” थियो ।
स्कूल ड्रेसमा आएर शान्तिपूर्ण नारा लगाउने योजनामा रहेका युवाहरू प्रधानमन्त्रीको मजाकसँग झनै आक्रोशित भए । घटना थियो जेब्राक्रसमा मन्त्रीको गाडीले एक युवतीलाई दिएको ठक्कर । घाइतेको पीडा ओलीका लागि “सामान्य घटना” थियो ।
सरकारले दम्भ पालेको थियो । आन्दोलनलाई तह लगाउने मनसायले संवाद आवश्यक ठानेन । विचार सुन्नुको सट्टा विरोधलाई बदनाम गर्ने मनसाय प्रकट ग¥यो । अनि जवाफस्वरूप गोली चल्यो । सडक रताम्य बन्यो । ७२ जना निर्दोषले ज्यान गुमाए, सयौं घाइते भए । यस्तो राक्षसी सत्ता कसले बनायो ? कसले स्कूल ड्रेस लगाएर आएका नाबालकलाई टाउकोतिर निशाना बनाएर गोली चलाउन अनुमति दियो ? ७२ परिवारको चित्कारले आकाश थर्किरहेछ—तै पनि हत्याराहरू निर्भयतापूर्वक हिँडिरहेछन् ।
विश्वभर जेन-जीपुस्ता भ्रष्टाचार, असमानता र अन्यायविरुद्ध उभिइरहेको छ । अमेरिका–ब्ल्याक लाइभ्स म्याटर, म्यानमार–जेनरेसन जे, नेपाल–इनफ इज इनफ—यी सबै उठेका आवाजहरू हुन् । तर सेप्टेम्बर ८ मा नेपालको सडक रगतले भिज्यो । शान्तिपूर्ण आन्दोलनलाई किन हत्याले जवाफ दिइयो ? के सत्तामा रहेका मानिसहरू अपराधी मानसिकताबाट मुक्त छैनन् ?
अमेरिका–ब्ल्याक लाइभ्स म्याटर, म्यानमार–जेनरेसन जे, नेपाल–इनफ इज इनफ—यी सबै उठेका आवाजहरू हुन् । तर सेप्टेम्बर ८ मा नेपालको सडक रगतले भिज्यो ।
४८ घण्टा नबित्दै आन्दोलन हिंसाको ज्वालामा परिणत भयो—७२ जीवन हराए, सयौं घाइते । सरकारी रवाफले मानिसहरूको आक्रोश थप बढायो । नेताका महल, पार्टी कार्यालय र सरकारी भवनहरू जले । ठूलो मानवीय, आर्थिक र सांस्कृतिक क्षति भयो । अन्ततः दोषी भाग्न खोजे—सेनाको हेलिकोप्टरमा लुकेर । देश तहसनहस भयो । सरकारी संरचनाहरू खरानीमा परिणत भए ।
आन्दोलनको दबावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनिन्—नेपालको पहिलो महिला नेतृत्व । तर दोस्रो पुस्ताका नेताहरूमा न त आत्मग्लानी । न त कुनै हिनताबोध । देश जलेको छ तर चिन्ता छ केबल पार्टी कार्यालय जलेकोमा । पहिलो पुस्ताका नेताहरू ३ दशक पदमै टासिएझैं उनीहरूको पथ पनि उस्तै छ । यी नेताहरू आफ्ना नेताका विलासी जीवनशैली र भ्रष्टचारीहरूसँगको उठबसमा चुपचाप । लाग्छ यिनीहरू दास हुन् । यिनीहरूको मिडियालाई हर्कत फेरि “मेरो घर जलाउनेलाई चिन्नुहोस्” “फलानो पार्टीको” । यिनीहरूको हर्कत हेर्दा यसो लाग्छ देश रामराज्य थियो । राज्यले कसैको हत्या गरेन । मानौं यी प्राणीहरू निर्दोष युवाहरूको हत्यामा बेखबर छन् । ७२ परिवारको चित्कार आकाश गुन्जिरहेछ, यी नेताहरू भने मौन छन् ?

जेन-जी आन्दोलनमा सहादत भएका योद्धाहरु ।तस्विर साभार : खबरहव डटकम
के देशमा जलेका भवनहरू मात्रै हुन् ? देशको भविष्यहरू जलेको थिएनन् ? भत्केका र जलेका भवन बनाउन सकिन्छ होला नि ? के हत्या भएका सपना फर्केलान् ?
के देशमा जलेका भवनहरू मात्रै हुन् ? देशको भविष्यहरू जलेको थिएनन् ? भत्केका र जलेका भवन बनाउन सकिन्छ होला नि ? के हत्या भएका सपना फर्केलान् ? “जलेको छानो” देखाएर आँसुको खेती गर्दै गर्दा सोच त गोली चलाउन आदेश दिने तिम्रा नेता थिए ? तिम्रो जवाफदेहिता कहाँ थियो ? के तिम्रा आँसुले ७२ परिवारको रगत पखाल्न सक्छ ?
यो दुर्घटना होइन—यो हत्या हो । तीन दशकदेखि सत्ताको साँपले देशलाई विषले छोएको छ । भ्रष्टाचारको संरक्षण, तस्करहरूको शरण, र आफन्तमय सत्ताभोग । जनताको आवाजलाई दबाउन सामाजिक सञ्जाल थुनिने, विरोध चुप पारिने—यी सबै लुटतन्त्रका चालहरू थिएनन् ? सत्ता लुटेराको अड्डा बन्ने बेला सडकमा रगत बग्छ तर न्यायले मात्र हिसाब सोध्न सक्छ—हिंसाले होइन ।
जेन-जीको आक्रोश विनाश होइन, परिवर्तनको आगो हो । तर कसले यो आगोलाई सही दिशा दिने ? हत्यारालाई जोगाउने कि सत्यलाई उजागर गर्ने ? हत्याकाण्डको निष्पक्ष छानबिन र सत्य सार्वजनिक नगर्ने ?

जेन जी आन्दोलनमा छोरा गुमाएपछि भावविह्वल अवस्थामा एक आमा ।
जेन-जीको आक्रोश विनाश होइन, परिवर्तनको आगो हो । तर कसले यो आगोलाई सही दिशा दिने ? हत्यारालाई जोगाउने कि सत्यलाई उजागर गर्ने ? हत्याकाण्डको निष्पक्ष छानबिन र सत्य सार्वजनिक नगर्ने ? गोली प्रहार गर्ने र त्यो आदेश दिनेहरूलाई कानूनी कठघरामा नउभ्याउने ? पीडित परिवारलाई तत्काल राहत नदिने ? भ्रष्ट नियुक्ति र लुटतन्त्रको जालो नकाटिने ? नेताहरू—तिम्रो जलेको महलको नाटक कसैलाई चाहिँदैन । जनताको भविष्य जलेको छ र ७२ युवाको रगत अझै तातो छ । इतिहासले हिसाब माग्छ । निर्दोषको रगत बग्दा तिमी के गर्यौ—जवाफदेही बन्ने कि हत्यारालाई संरक्षण गर्ने ?
जेन-जी पुस्ता, यो तिम्रो रणभूमि हो । आक्रोशलाई विधि र सद्भावनाका साथ सक्षम शक्ति बनाऔं । राजनीति गर्छौ भने—हत्यारालाई कानूनी कठघरामा ल्याएर शुरुवात गर । पत्रकारिता गर्छौ भने—तिनका कालो अनुहार उजागर गर । ढिला नगर । ढुङ्गा जस्तो कठोर निर्णय लिनु पर्छ र त्यो निर्णय समयमै लिनु । पहिला कानूनी हिसाब पूरा गर, तब लुट र आतंकका अपराधीहरू आफैं उजागर हुन्छन् ।
न्याय नआउँदासम्म यो विद्रोह निरन्तर जलिरहनेछ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए