
१मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
३तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
७फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
८रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
११पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
पोखरा, १० भदौ । पोखराको पुरानो टुँडिखेलमा आयोजित तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ मा सोमबारदेखि ढिकी–जाँतो प्रतियोगिता शुरू भएको छ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ नारासहित हरितालिका तीजको अवसरमा इन्द्रेणी एकीकृत विकास केन्द्रले आयोजना गरेको यो महोत्सवमा बीवाईडी कम्पनीको मुख्य प्रायोजन रहेको छ। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाकी उपसभामुख विना कुमारी थापाले गरिन्।
आयोजकका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार, प्रतियोगितामा पाँच जनाको समूहले भाग लिन्छ। प्रत्येक समूहलाई एक पाथी धान दिइनेछ, जसलाई ढिकीमा कुटेर चामल बनाउनुपर्छ। त्यसपछि चामललाई जाँतोमा पिसेर पिठो तयार गर्नुपर्छ। यो कामका लागि २५ मिनेटको समय दिइनेछ। धेरै पिठो बनाउने समूह विजेता बन्नेछ। विजेता समूहले १२ हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले ७ हजार ५ सय ५५ रुपैयाँ र तेस्रोले ५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्नेछन्।
महोत्सवमा मंगलबारदेखि खुला एकल नृत्य र बुधबारदेखि छेलोहान्ने प्रतियोगिता हुनेछ। यी दुवै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १२ हजार ५ सय ५५ रुपैयाँ, ७ हजार ५ सय ५५ रुपैयाँ र ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
यसैगरी, आइतबारदेखि शुरू भएको तीज गीत प्रतियोगिता बुधबारसम्म चल्नेछ। हालसम्म ११ टोलीले भाग लिइसकेका छन्। यो प्रतियोगितामा प्रथमले ३५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले २० हजार ५ सय ५५ रुपैयाँ, तेस्रोले १० हजार ५ सय ५५ रुपैयाँ, सान्त्वनाले ५ हजार ५ सय ५५ रुपैयाँ र उत्कृष्ट भेषभूषा तथा नृत्यले ३ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
१० दिनसम्म चल्ने महोत्सवमा १५० व्यापारिक स्टल, १२ रेस्टुरेन्ट, बाल उद्यान, दैनिक उपभोग्य वस्तु, कृषि, हस्तकला, बैंक, लत्ताकपडा र अन्य स्टलहरू छन्। राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ।
महोत्सवले टुँडिखेलको संरक्षण, नेपाली कला–संस्कृतिको जगेर्ना, महिला सशक्तीकरण, लोपोन्मुख संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन, इन्द्रेणी एकेडेमीका बालबालिकाको स्तर उन्नति, इन्द्रेणी आवासीय भवनलाई सुविधासम्पन्न बनाउने र शव वाहन सञ्चालन गर्ने उद्देश्य राखेको छ।
महोत्सवलाई टुर्बोग बियरले सह–प्रायोजन, गृहलक्ष्मी ग्यास र कर्मा इन्टरनेशनलले उप–प्रायोजन गरेका छन्। बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैंक, सालिको इन्स्योरेन्स, गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, गरिमा विकास बैंकलगायतले सहयोग गरेका छन्। पोखरा महानगरपालिका, गण्डकी प्रदेशका मन्त्रालय र विभिन्न वडा कार्यालयले प्रवद्र्धन गरेका छन्।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला