
१नेपाली काँग्रेसको सभापतिमा गगन थापा
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
५सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७चुनावी मैदानमा विप्लव
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, १० भदौ । पोखराको पुरानो टुँडिखेलमा आयोजित तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ मा सोमबारदेखि ढिकी–जाँतो प्रतियोगिता शुरू भएको छ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ नारासहित हरितालिका तीजको अवसरमा इन्द्रेणी एकीकृत विकास केन्द्रले आयोजना गरेको यो महोत्सवमा बीवाईडी कम्पनीको मुख्य प्रायोजन रहेको छ। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाकी उपसभामुख विना कुमारी थापाले गरिन्।
आयोजकका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार, प्रतियोगितामा पाँच जनाको समूहले भाग लिन्छ। प्रत्येक समूहलाई एक पाथी धान दिइनेछ, जसलाई ढिकीमा कुटेर चामल बनाउनुपर्छ। त्यसपछि चामललाई जाँतोमा पिसेर पिठो तयार गर्नुपर्छ। यो कामका लागि २५ मिनेटको समय दिइनेछ। धेरै पिठो बनाउने समूह विजेता बन्नेछ। विजेता समूहले १२ हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले ७ हजार ५ सय ५५ रुपैयाँ र तेस्रोले ५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्नेछन्।
महोत्सवमा मंगलबारदेखि खुला एकल नृत्य र बुधबारदेखि छेलोहान्ने प्रतियोगिता हुनेछ। यी दुवै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १२ हजार ५ सय ५५ रुपैयाँ, ७ हजार ५ सय ५५ रुपैयाँ र ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
यसैगरी, आइतबारदेखि शुरू भएको तीज गीत प्रतियोगिता बुधबारसम्म चल्नेछ। हालसम्म ११ टोलीले भाग लिइसकेका छन्। यो प्रतियोगितामा प्रथमले ३५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले २० हजार ५ सय ५५ रुपैयाँ, तेस्रोले १० हजार ५ सय ५५ रुपैयाँ, सान्त्वनाले ५ हजार ५ सय ५५ रुपैयाँ र उत्कृष्ट भेषभूषा तथा नृत्यले ३ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
१० दिनसम्म चल्ने महोत्सवमा १५० व्यापारिक स्टल, १२ रेस्टुरेन्ट, बाल उद्यान, दैनिक उपभोग्य वस्तु, कृषि, हस्तकला, बैंक, लत्ताकपडा र अन्य स्टलहरू छन्। राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ।
महोत्सवले टुँडिखेलको संरक्षण, नेपाली कला–संस्कृतिको जगेर्ना, महिला सशक्तीकरण, लोपोन्मुख संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन, इन्द्रेणी एकेडेमीका बालबालिकाको स्तर उन्नति, इन्द्रेणी आवासीय भवनलाई सुविधासम्पन्न बनाउने र शव वाहन सञ्चालन गर्ने उद्देश्य राखेको छ।
महोत्सवलाई टुर्बोग बियरले सह–प्रायोजन, गृहलक्ष्मी ग्यास र कर्मा इन्टरनेशनलले उप–प्रायोजन गरेका छन्। बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैंक, सालिको इन्स्योरेन्स, गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, गरिमा विकास बैंकलगायतले सहयोग गरेका छन्। पोखरा महानगरपालिका, गण्डकी प्रदेशका मन्त्रालय र विभिन्न वडा कार्यालयले प्रवद्र्धन गरेका छन्।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण