
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं, ११ साउन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पोखराको १३५ रोपनी जग्गा प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको संलग्नता रहेको भनिएको लिचिबारी अडियो प्रकरण र भूमिसम्बन्धी विधेयकलाई लिएर सरकार र मन्त्रीको जवाफदेहीतामाथि गम्भीर प्रश्न उठाएका छन्।
आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी ऐन संशोधन विधेयक, २०८२ माथिको छलफलका क्रममा पाण्डेले यी विषयमा कडा अडान राखेका हुन्।
पाण्डेले लिचिबारी अडियोको सत्यतामाथि प्रश्न उठाउँदै मन्त्री बलराम अधिकारीको प्रत्यक्ष संलग्नताबारे स्पष्ट जवाफ माग गरे। उनले भने, “यो अडियो सही हो भने मन्त्रीज्यूको नाम स्पष्ट रूपमा जोडिएको छ। यदि फेक हो भने यस्तो गम्भीर आरोप लगाउनेलाई किन कारबाही भएन?
यस्तो संगीन विषयलाई बेवास्ता गर्न मिल्छ?” पोखराको बाटुलेचौरस्थित १३५ रोपनी जग्गा हडप्न ३२ लाख रुपैयाँ घुस लेनदेन भएको दाबीसहितको अडियोमा मन्त्री अधिकारी, उनका छोरा मनोज अधिकारी, तत्कालीन सचिव अर्जुन पोखरेल र विचौलिया सुजन लामाको संलग्नता रहेको आरोप छ।
पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणमा छानबिन गरिरहेको उल्लेख गर्दै मन्त्रीको मौनताले शंका गहिरिएको बताए। “अख्तियारले अनुसन्धान गरिरहेको छ, तर मन्त्रीज्यूले संसद् र जनतासमक्ष जवाफ दिनुपर्छ। विचौलियादेखि मन्त्रीसम्म जोडिएको आरोपमा पनि कुनै कारबाही नहुनुले जवाफदेहीताको अभाव देखिन्छ,” उनले थपे।
उनले मन्त्रीको ‘चरित्र हत्या’ को दाबीलाई गैरजिम्मेवार भन्दै तत्काल छानबिन र कारबाहीको माग गरे। “यो बयानबाजीले उम्कने विषय होइन। अख्तियारले सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कडा कारबाही गर्नुपर्छ,” पाण्डेले जोड दिए।
पाण्डेले भूमिसम्बन्धी ऐन संशोधन विधेयक, २०८२ लाई एकीकृत र पारदर्शी बनाउनुपर्नेमा जोड दिए। उनले यो विधेयक मन्त्रिपरिषद्लाई अनावश्यक अधिकार दिने गरी आएको आरोप लगाए। “यो ऐन धेरै पुरानो छ र पटक–पटक संशोधनले जटिल बनेको छ। टालटुल गर्नुभन्दा एकीकृत र पारदर्शी ऐन ल्याउनुपर्छ,” उनले भने। प्रस्तावित सूचित आदेश र निर्देशिका जारी गर्ने व्यवस्थाले भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिने जोखिम रहेको भन्दै उनले त्यस्ता प्रावधान हटाउन माग गरे।
उनले जग्गासम्बन्धी नीतिमा देखिएको दुरुपयोगप्रति पनि आपत्ति जनाए। “जग्गा लिँदा एउटा उद्देश्य देखाइन्छ, तर पछि निजी स्वार्थमा प्रयोग हुन्छ। यस्ता प्रवृत्ति रोक्न विधेयकले स्पष्ट सम्बोधन गर्नुपर्छ,” उनले थपे।
लिचिबारी अडियो प्रकरणले नेपालको भूमि प्रशासनमा गहिरो भ्रष्टाचार र सेटिङको जालो रहेको संकेत गरेको पाण्डेले बताए। उनले सरकार र सम्बन्धित निकायलाई यस्ता गम्भीर आरोपलाई गम्भीरतापूर्वक लिन र अख्तियारको छानबिनलाई तीव्र र निष्पक्ष बनाउन आग्रह गरे।
“मन्त्रीमाथि यति ठूलो आरोप लाग्दा पनि राजीनामा नदिनु र सरकारले कारबाही नगर्नुले जनताप्रति जवाफदेहीताको अभाव देखिन्छ,” उनले भने। यो प्रकरण र विधेयकमाथिको छलफलले भूमि प्रशासनमा सुधारको आवश्यकता उजागर गरेको छ। पाण्डेले सरकारले संसद् र जनताप्रति जवाफदेही भएर पारदर्शी नीति ल्याउनुपर्नेमा जोड दिए।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई