
१अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
२ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
३सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
४आजदेखि एसईई परीक्षा सुरु
५एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
६इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
७डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
८ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
९व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
१०सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
११काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
१२सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
चेलीको अस्मिता लुटिनबाट जोगाउन पुगेका लोकबहादुर थापा आज आफैं प्रहरी हिरासतमा छन्।
पोखरा, १ साउन । असार १४ गतेको त्यो झमझम पानी परिरहेको अँध्यारो रात, जब पोखराको सिमलचौर क्षेत्रमा एउटा २२ वर्षीया युवतीको चित्कारले रातको सन्नाटा चिरियो। रातको १० देखि ११ बजेसम्मको त्यो त्रासदीपूर्ण क्षणमा, एक चेलीको अस्मिता लुटिनबाट जोगाउन पुगेका लोकबहादुर थापा आज आफैं प्रहरी हिरासतमा छन्।
तर, उनको साहस र निस्वार्थ भावनाले समाजमा न्याय र मानवताको दीप प्रज्वलित गरेको छ। यता, शिक्षकको पवित्र पेशालाई कलंकित गर्ने पोखरा–१६ मा रहेको विन्दवासिनी माध्यमिक विद्यालयका सहप्रधानाध्यापक भेषराज पौडेल र भारतीय पेन्सन क्याम्पमा आईटी अफिसरको रुपमा काम गर्ने र शिक्षक समेत रहेका दीपक सापकोटाको जघन्य कुकर्मले ‘गुरु’ शब्दप्रति नैं घृणा बढेको छ ।

पोखरा–१६ मा रहेको विन्दवासिनी माविका सहप्रधानाध्यापक भेषराज पौडेल ।
युवतीलाई जोगाउन मध्यरातमा सडकमा निस्किएका लोकबहादुर भने आफ्नी सानी छोरीसँग टाढा हुन पुगे ।
रातको ११ बजेसम्म सिमलचौरको सेभेन स्टार रेष्टुरेण्ट एण्ड बारमा रक्सीले मात्तिएका शिक्षकहरू भेषराज पौडेल (५२ वर्ष, स्याङ्जा, आँधिखोला–४, हाल पोखरा–१०) र दीपक सापकोटा (४५ वर्ष, पोखरा–१५) सहित चारजना शिक्षकहरूले रक्सी पिएर होहल्ला मच्चाइरहेका थिए । रक्सीको नशामा चूर भएका भेषराजले रेष्टुरेण्टकी एक युवती वेटरमाथि यौन दुराचारको प्रयास गरे। दुईजना शिक्षक यो हर्कत हुनु अगावै घर पुगिसकेका थिए ।
संवेदनशील अंगमा हात लगाउनुका साथै जबरजस्ती चुम्बन गर्ने र यौन प्रस्ताव राख्ने जस्ता घृणित हर्कत !!
उनले संवेदनशील अंगमा हात लगाउनुका साथै जबरजस्ती चुम्बन गर्ने र यौन प्रस्ताव राख्ने जस्ता घृणित हर्कत गरे। भर्खरै गाउँबाट रोजगारीका लागि पोखरा आएकी ती युवतीले यस्तो व्यवहार देखेर तत्काल बाहिर निस्किइन् र आफ्ना पुरुष सहकर्मीहरूलाई घटनाबारे जानकारी दिइन्।
रक्सीको नशामा चूर भएका भेषराजले रेष्टुरेण्टकी एक युवती वेटरमाथि यौन दुराचारको प्रयास गरे। दुईजना शिक्षक यो हर्कत हुनु अगावै घर पुगिसकेका थिए ।
रक्सीको नशाले मति भ्रष्ट भएका भेषराजले रेष्टुरेण्टको किचनसम्म पुगेर ती युवतीलाई खोजे। उनले अन्य ग्राहकहरूलाई समेत दुव्र्यवहार गरे। रक्सीको बिल तिर्न नसकेपछि रेष्टुरेण्ट सञ्चालकले उनीहरूको स्कूटर सटरभित्र राखेर चाबी जफत गरे। तर, रातको ११ बजेपछि ती युवती घर फर्किन खोज्दा भेषराज र दिपकले उनको पिछा गरे । झमझम पानी परिरहेको सडकमा ती युवतीलाई रोक्न र उनलाई बचाउन रेष्टुरेण्टका अरु साथी नआउन् भनेर बाहिरबाट सटर लक गरिदिए । अनि ती युवतीको पिछा गर्दै समात्न भेषराज अघि बढे भने युवतीको बाटो छेक्न दिपक दौडिए ।

भारतीय पेन्सन क्याम्पमा आईटी अफिसर दीपक सापकोटा
ती युवतीले आफन्तलाई फोन गरेर गुहार मागिन्। रेष्टुरेण्टका सहकर्मीहरूले नजिकैको सम्झना खाजा घरका दाइभाइहरूलाई खबर गरे। यही बेला, सडकमा लखेटिरहेका भेषराजले ती युवतीलाई च्याप्प समात्ने प्रयास गरे। अर्कोतर्फ, दिपकले बाटो छेकेर उनलाई फसाउन खोजे। यो दृश्य देखेर पूर्व नेपाली सैनिक लोकबहादुर थापाको रगत उम्लियो। उनले आफ्नो पत्नीसँगै हतारमा सटर खोलेर ती युवतीलाई बचाउन दौडिए। भेषराजलाई एक थप्पड हान्दा उनी भुइँमा ढले। अन्य बटुवाहरूले पनि अर्का शिक्षक दीपकमाथि गाला रन्किने गरी थप्पड हाने । यो साहसिक कदमले ती युवतीको अस्मिता जोगियो, तर लोकबहादुरमाथि भने अन्यायको पहाड खस्यो ।
रक्सीको बिल तिर्न नसकेपछि रेष्टुरेण्ट सञ्चालकले उनीहरूको स्कूटर सटरभित्र राखेर चाबी जफत गरे । भोलिपल्ट भेषराजकी बुहारीले आएर बिल तिरिन् र स्कुटर लगिन ।
शिक्षक भन्ने पवित्र शब्दलाई धूलिसात् पार्दै भेषराज र दीपकले रक्सीको नशामा नरपशुको रूप धारण गरे। रेष्टुरेण्टमा उनीहरूले मच्चाएको बितण्डादेखि सडकमा ती युवतीलाई बलात्कार गर्ने उद्देश्यले लखेट्ने जस्तो जघन्य अपराध देखाएका यी शिक्षकहरूले समाजको नैतिक मूल्यलाई कुल्चिए। सडकमा अर्धचेत अवस्थामा ढलेका भेषराज र होश गुमाएका दीपकलाई प्रहरीले उपचारका लागि जिएमसी अस्पताल लग्यो । तर विहानपख रक्सीले छोडेका शिक्षकहरु प्रहरीलाई जानकारी नदिई अस्पतालबाट भागेर घर पुगे । तर युवतीलाई जोगाउन मध्यरातमा सडकमा निस्किएका लोकबहादुर भने आफ्नी सानी छोरीसँग टाढा हुन पुगे ।
भोलिपल्ट भेषराज र दीपकले लोकबहादुरकी श्रीमतीसँग खुट्टा ढोगेर घटना सार्वजनिक नगरिदिन र आफूलाई बचाउन अनुरोध गरे । तर पछि लोकबहादुरलाई ज्यान मार्ने उद्योगमा फसाए ।

चेलीको अस्मिता जोगाउँदा ‘ज्यान मार्ने उद्योग’मा प्रहरी हिरासतमा पुगेका पूर्वसैनिक लोकबहादुर थापा ।
लोकबहादुर थापा, जो एक चेलीको इज्जत जोगाउन आफ्नो जीवन दाउमा राखेर लडिरहेका थिए, आज प्रहरी हिरासतमा छन्। उनलाई भेषराज र दीपकमाथि हात उठाएको आरोपमा ज्यान मार्ने उद्योगको मुद्दा लगाइएको छ। भेषराजको परिवारले उनको एक थप्पडले जीवनमरणको अवस्था आएको दाबी गरे पनि, थप भेषराजमाथि प्रहरी अनुसन्धान आवश्यक देखिएको छ ।
अदालतमा बयान दिन हतकडीसहित प्रहरीसँग पुगेका लोकबहादुरलाई देखेर उनकी सानी छोरी असाध्यैं रोइन् । बाबु पनि रोए । यो देखेर जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइले ‘बच्चा भन्दा ठुलो कोही छैन’ भन्दैं बाबुकैं काखमा बस्न दिएर बयान लिए । छोरी बिना एकछिन पनि बस्न नसक्ने उनी पनि सारै भक्कानिए ।
घटनाको भोलिपल्ट भेषराज र दीपकले लोकबहादुरकी श्रीमतीसँग खुट्टा ढोगेर घटना सार्वजनिक नगरिदिन र आफूलाई बचाउन अनुरोध गरेपछि वडा प्रहरी कार्यालय बैदाममा मिलापत्र गरे र लोकबहादुर निस्किए । तर केही दिन पछि फेरि उल्टैं ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर लोकबहादुरलाई भेषराजका परिवारले फसाए । यो घटनाले समाजमा न्यायको खोजी गर्नेहरूलाई निराश बनाई दिएको छ ।
घटनाले प्रश्न उठाउँछ– के समाजमा एक चेलीको अस्मिता जोगाउने नायकलाई सजाय र अपराधी शिक्षकहरूलाई उन्मुक्ति दिने हो?
लोकबहादुर थापा आज हिरासतमा भए पनि उनको साहस र मानवताले हरेक नेपालीको मन जितेको छ। उनले आफ्नी सानी छोरीलाई सम्झेर रातदिन आँसु बगाइरहेका छन्। अदालतमा बयान दिँदा पनि उनले ती युवती र आफ्नी छोरीको सम्मानको लागि लड्ने प्रण गरेका छन्। यो घटनाले प्रश्न उठाउँछ– के समाजमा एक चेलीको अस्मिता जोगाउने नायकलाई सजाय र अपराधी शिक्षकहरूलाई उन्मुक्ति दिने हो? अदालतले रेष्टुरेण्टको सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान र ती युवतीको निवेदनलाई आधार बनाएर लोकबहादुरलाई न्याय दिनुपर्छ ।

मेट्रोसिटी अस्पतालमा उपचार गराई रहेका भेषराज पूर्वसैनिक थापाको थप्पडले घाइते भएका हुन् वा फेरि यस्तैं हर्कत अरु ठाउँमा गरे पछि यो अवस्थामा पुगेका हुन्, प्रहरीले अनुसन्धान गर्नुपर्ने देखिन्छ । भेषराजका परिवारले लाजै नमानी यतिबेला बलात्कारको प्रयासबाट चेलीलाई बचाउने परिवारसँग उपचार खर्च मागिरहेका छन् ।
भेषराज र दीपकजस्ता अपराधीहरूलाई कठघरामा उभ्याएर शिक्षकको पवित्र पेशालाई कलंकित गर्नबाट जोगाउनुपर्छ। यस्ता अपराधीहरूलाई कठोर सजाय र सामाजिक बहिष्कारले मात्रै समाजमा सुशासन र नैतिकता कायम रहनेछ। शिक्षकहरूको यो कुकर्मले ‘गुरु’ शब्दमाथि लागेको धब्बा कहिल्यै मेटिने छैन, तर लोकबहादुरजस्ता साहसी व्यक्तिहरूले समाजलाई सधैं प्रेरणा दिनेछन्।
आफ्नैं छोरी जस्तै सम्झिएर बचाउन जाँदा आज पूर्वसैनिक लोकबहादुर थापा प्रहरी हिरासतमा पुगे पनि ‘जिल्ला अदालत कास्कीले न्याय दिने’मा उनको परिवार आशावादी छ ।
अदालतमा बयान दिन हतकडीसहित प्रहरीसँग पुगेका लोकबहादुरलाई देखेर उनकी सानी छोरी असाध्यैं रोइन् । बाबु पनि रोए । यो देखेर जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइले ‘बच्चा भन्दा ठुलो कोही छैन’ भन्दैं बाबुकैं काखमा बस्न दिएर बयान लिए । छोरी बिना एकछिन पनि बस्न नसक्ने उनी पनि सारै भक्कानिए । आफ्नैं छोरी जस्तै सम्झिएर बचाउन जाँदा आज उनी प्रहरी हिरासतमा पुगे पनि ‘जिल्ला अदालत कास्कीले न्याय दिने’मा उनको परिवार आशावादी छ ।
केही दिन पछि फेरि उल्टैं ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर लोकबहादुरलाई भेषराजका परिवारले फसाए ।
(यी सबै घटनाक्रमहरुको सिसिक्यामेरा फुटेज डन न्यूज डटकमको कार्यालयमा सुरक्षित रहेको छ । सम्पादक)
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने