
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
४प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
५अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
६न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
७आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
८पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
९डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
१०लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
११पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
१२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
१०डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
पोखरा, २२ असार । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यसहित सम्पन्न भएको छ।
संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संघभित्र देखा परेका नेतृत्वसम्बन्धी समस्याको समाधानमा आफूले पहल लिएको उल्लेख गर्दै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी दिए। उनले २०६० साल असार २२ गते कास्की शाखाको स्थापना भएको स्मरण गर्दै संघले चुनौतीपूर्ण यात्राबाट अनुभव बटुलेको बताए।
पत्रकारिता सुदृढीकरण र नेतृत्व स्थायित्वका सन्देशहरू
संघका सल्लाहकार सुरेश रानाभाटले विधान र कार्यविधिलाई ‘संस्थाको अक्सिजन’ भन्दै कास्की शाखालाई देशकै उत्कृष्ट शाखाका रूपमा चित्रित गरे।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले “मिडिया नै कलाकारलाई चिनाउने मूल माध्यम हो“ भन्दै चलचित्रसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले संघ अब युवा चरणमा प्रवेश गरेको भन्दै यसलाई गतिशील राख्न सबैको सहकार्य आवश्यक भएको बताए। उनले नेतृत्वविहीनताको समस्या समाधान गर्दै अगाडि बढ्न सुझाव पनि दिए।
चलचित्र र पत्रकारिताका अन्तरसम्बन्धमा जोड
कलाकार प्रकाश घिमिरेले फिल्म पत्रकारितामा निष्पक्ष मूल्यांकनको आवश्यकता औंल्याउँदै भने, “पैसा कमाउने फिल्म मात्र होइन, उत्कृष्ट कलात्मक फिल्मलाई पनि खुलेर समर्थन गर्नुपर्छ।”
त्यस्तै, कलाकार माओत्से गुरुङले चलचित्र पत्रकारिता परिस्कृत गर्न र चलचित्र ऐनका त्रुटि सच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको बताए।
संघका पूर्व उपाध्यक्ष राजाराम पौडेलले नेतृत्वको कार्यकाल पूरा गर्नुपर्ने र ‘सिनेमा संवाद’ कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु पर्ने सुझाव दिए।
पत्रकार विजय नेपालले चलचित्र पत्रकारका लागि तालिम, फेलोसिप र गोष्ठी सञ्चालन गर्न आग्रह गरे।
संस्थाको भविष्य र सुदृढीकरणमा सबैको चासो
संघका सचिव सन्तोष बस्यालले संस्थाको हालको अवस्थाबारे जानकारी गराउँदै भविष्यमा अझ संगठित ढंगले अघि बढ्ने योजना सुनाए।
कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष श्रीराम सिग्देलले गरेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले संघको भूमिकालाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउन विविध सुझावहरू प्रस्तुत गरे।
चलचित्र पत्रकार संघको स्थापना २०५६ साल जेठ ७ गते केन्द्रमा भरत शाक्यको अध्यक्षतामा भएको थियो भने पोखरामा शाखा विस्तार २०६० साल असार २२ गतेबाट सुरु गरिएको थियो।
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल