News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

छोरेपाटन माविकी श्रेयाले ल्याईन् एसईईमा सर्वोत्कृष्ट ४ जीपीए

'सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउनु ऐतिहासिक उपलब्धि' : प्रअ शर्मा

पोखरा, १४ असार । पोखरा–१७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयकी छात्रा श्रेया लामिछानेले यसवर्षको एसईईमा सर्वोत्कृष्ट ४.० जीपिए ल्याउन सफल भएकी छिन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट नतिजा ल्याएर श्रेयाले छोरेपाटन माविको गरिमालाई उच्च राखेकी छिन् ।

‘सामुदायिक विद्यालयबाट ४.० जीपीए ल्याउनु ऐतिहासिक उपलब्धिका रुपमा लिईएको छ,’ प्रधानाध्यापक डिल्लीराम शर्माले भने–‘यो सफलताका लागि शिक्षकगण, विद्यार्थी, अभिभावक र स्थानीयवासीहरुको मेहनत र साथप्रति धन्यवाद व्यक्त गर्दछु ।’

छोरेपाटन माविले कक्षा ११ र १२ तर्फ पनि उत्कृष्ट नतिजा हासिल गर्दै आईरहेको छ’

हालको एसईईको नतिजाले हाम्रो छोरेपाटन माविमा पनि गुणस्तरीय शिक्षा सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गरेको प्रधानाध्यापक शर्माले बताए । उनले यो उपलब्धिले सामुदायिक विद्यालयहरुप्रतिको दृष्टिकोणलाई झनैं सकारात्मक रुपमा परिवर्तन गर्दै लगिरहेकोमा खुशी पनि व्यक्त गरे ।

छोरेपाटन माविबाट २०८१ सालको एसईईमा १३८ जना विद्यार्थी ग्रेडेड भएका छन् । सामुदायिक विद्यालयमा अभिभावकहरुको साथ र सहयोगका कारण छोरेपाटन माविले कक्षा ११ र १२ तर्फ पनि उत्कृष्ट नतिजा हासिल गर्दै आईरहेको छ ।

छोरेपाटन माविबाट २०८१ को एसईईमा सहभागी विद्यार्थीहरुः