पोखरा, १३ असार । पोखराको प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मदरल्याण्ड माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। यो विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले सर्वोत्कृष्ट ४.० जीपीए ल्याएर विद्यालयको शैक्षिक छवि झनै उचो बनाएका छन्।
विद्यार्थीहरु अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बञ्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षी भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मीले ४.० जीपीए ल्याउन सफल भएका हुन् ।
गत वर्ष पनि यो विद्यालयका १० जना विद्यार्थीले ४.० जीपीए ल्याएका थिए भने यसपालि त्यो संख्या बढेर ११ पुगेको हो। पोखरा–७, मासबारस्थित विद्यालयबाट यो वर्ष १ सय ६६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।
मदरल्याण्ड मावि पोखरा–७, मासबारबाट २०८१ को एसईईमा सहभागी विद्यार्थीहरु
यसपालिको परीक्षाफल :
४.० जीपीए ल्याउने : ११ जना
३.९६ जीपीए ल्याउने : १८ जना
३.६०–४.० जीपीए बीच : १३६ जना
३.२–३.६ जीपीए बीच : २८ जना
३.०५ जीपीए ल्याउने : १ जना मात्र
विद्यालयका प्राचार्य डा. नारायण बराल भन्छन्, ‘हामी प्रत्येक वर्ष नयाँ उचाइको लक्ष्य राखेर अघि बढ्छौं। यसपटक पनि हाम्रा विद्यार्थी र शिक्षक-अभिभावकको मेहनतले उत्कृष्ट नतिजा निकाल्न सकेका छौं।’
विद्यालयले एसईई मात्र होइन, प्लस टु तह र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पनि सशक्त सहभागिता जनाउँदै आएको छ।