
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौँ, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ। शुक्रबार साँझ राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डले सार्वजनिक गरेको विवरणअनुसार, यो वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको छ।
बोर्डका अनुसार नियमिततर्फ परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ जना विद्यार्थीमध्ये ६१.८१ प्रतिशत अर्थात् २ लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन्। अघिल्लो वर्ष (२०८०) मा मात्र ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका थिए। यसपटक १३.९५ प्रतिशतको सुधार देखिएको हो।
यसबाहेक, १ लाख ६७ हजार ५९७ विद्यार्थी फेल भएका छन् भने १२६ जनाको परीक्षा विभिन्न कारणले रद्द गरिएको छ।
उच्च जीपीए ल्याउनेको संख्या
बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, ४८ हजार १ सय ७७ जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन्।
त्यसपछि ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ८१ हजार ३८५ जना रहेको छ।
त्यस्तै ८९ हजार १२४ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका छन्।
२.४१ देखि २.८० जीपीए ल्याउने ४८ हजार ४७९,
२.०१ देखि २.४० जीपीए ल्याउने ४,१२६
र १.६० देखि २.०० बीच जीपीए ल्याउने विद्यार्थीको संख्या ८ जना रहेको छ।
प्रदेशगत नतिजा
यस वर्ष पनि बागमती प्रदेशका विद्यार्थी उत्तीर्णतामा अग्रपंक्तिमा देखिएका छन्। बागमतीबाट १ लाख १९ हजार ५१७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। त्यसपछि लुम्बिनी प्रदेशबाट ९७ हजार ६८७, सुदूरपश्चिमबाट ५९ हजार ८०४, मधेसबाट ५९ हजार ७४९, गण्डकीबाट ४७ हजार ८४९, कोशीबाट ४७ हजार ८३५ र कर्णाली प्रदेशबाट ४६ हजार ४५५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
नतिजा हेर्ने तरिका
विद्यार्थीले आफ्नो नतिजा https://neb.gov.np, see.ntc.net.np लगायतका वेबसाइटमार्फत हेर्न सक्नेछन्। यस्तै, १६०० मा फोन गरी वा ३५००१ मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई