
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
पोखरा, ८ असार । पोखराको शैक्षिक, साहित्यिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका शिक्षाविद् डा. टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ।
फूलबारीस्थित आफ्नै निवासमा मध्यान्ह १२:५५ बजे उनले अन्तिम सास लिए। संस्कृत साहित्यमा भारतको सम्पूर्णानन्द विश्वविद्यालय, बनारसबाट प्रथम श्रेणीमा आचार्य र विद्यावारिधि (पिएचडी) गरेका बास्तोला जीवनभर ज्ञानको ज्योति फैलाउँदैं जनसेवामा समर्पित रहे।
शिक्षण जीवनको थालनी वाराही माविबाट गरेका उनले सेवानिवृत्तिपछि पनि अध्यापन, परामर्श र संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आए। उनी शिवशक्ति मावि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्व अध्यक्ष थिए। त्यसबाहेक, लेखनाथ साहित्य प्रतिष्ठानका सल्लाहकार तथा लेखनाथ जन्मघर जीर्णोद्वार समितिका संयोजकको रूपमा समेत योगदान दिएका थिए।
शिक्षाको क्षेत्रमा सशक्त योगदान दिएका डा। बास्तोलाले शिवशक्ति माविमा ‘प्रतिभा सम्मान कोष’ स्थापना गरेका थिए। उनी महेन्द्र विद्याभूषणबाट विभूषित थिए र धेरैजसो शैक्षिक तथा साहित्यिक संस्थाबाट सम्मानित भएका थिए । वाराही मावि, शिवशक्ति क्याम्पस, शिक्षा महाविद्यालय, नवनीत साहित्य सागर, विन्दुवासिनी संस्कृत विद्यापीठ लगायत विभिन्न संघसंस्थाहरुले उनलाई सम्मान गरेका थिए ।
धार्मिक कार्यमा समेत सधैं सक्रिय रहने बास्तोला विभिन्न अनुष्ठान र सामाजिक अभियानमा पनि संलग्न थिए।
उनका धर्मपत्नी मुगादेवी, छोरा रमेश, छोरीहरू प्रभा पौडेल र कमला पराजुली, पाँच नातिनातिना, एक दाजु, तीन भाइ र एक बहिनी छन्।
शवयात्रा सोमबार बिहान १० बजे पोखरा–११ स्थित निवासबाट सुरु भई सेतीगण्डकी, कालीखोला र भलाम खोलाको दोभान रिठ्ठाघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई