
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, ८ असार । पोखराको शैक्षिक, साहित्यिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका शिक्षाविद् डा. टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ।
फूलबारीस्थित आफ्नै निवासमा मध्यान्ह १२:५५ बजे उनले अन्तिम सास लिए। संस्कृत साहित्यमा भारतको सम्पूर्णानन्द विश्वविद्यालय, बनारसबाट प्रथम श्रेणीमा आचार्य र विद्यावारिधि (पिएचडी) गरेका बास्तोला जीवनभर ज्ञानको ज्योति फैलाउँदैं जनसेवामा समर्पित रहे।
शिक्षण जीवनको थालनी वाराही माविबाट गरेका उनले सेवानिवृत्तिपछि पनि अध्यापन, परामर्श र संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आए। उनी शिवशक्ति मावि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्व अध्यक्ष थिए। त्यसबाहेक, लेखनाथ साहित्य प्रतिष्ठानका सल्लाहकार तथा लेखनाथ जन्मघर जीर्णोद्वार समितिका संयोजकको रूपमा समेत योगदान दिएका थिए।
शिक्षाको क्षेत्रमा सशक्त योगदान दिएका डा। बास्तोलाले शिवशक्ति माविमा ‘प्रतिभा सम्मान कोष’ स्थापना गरेका थिए। उनी महेन्द्र विद्याभूषणबाट विभूषित थिए र धेरैजसो शैक्षिक तथा साहित्यिक संस्थाबाट सम्मानित भएका थिए । वाराही मावि, शिवशक्ति क्याम्पस, शिक्षा महाविद्यालय, नवनीत साहित्य सागर, विन्दुवासिनी संस्कृत विद्यापीठ लगायत विभिन्न संघसंस्थाहरुले उनलाई सम्मान गरेका थिए ।
धार्मिक कार्यमा समेत सधैं सक्रिय रहने बास्तोला विभिन्न अनुष्ठान र सामाजिक अभियानमा पनि संलग्न थिए।
उनका धर्मपत्नी मुगादेवी, छोरा रमेश, छोरीहरू प्रभा पौडेल र कमला पराजुली, पाँच नातिनातिना, एक दाजु, तीन भाइ र एक बहिनी छन्।
शवयात्रा सोमबार बिहान १० बजे पोखरा–११ स्थित निवासबाट सुरु भई सेतीगण्डकी, कालीखोला र भलाम खोलाको दोभान रिठ्ठाघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर