
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दलबीच संविधान संशोधनलगायत विषयमा भएका सहमति कार्यान्वन गरिनुपर्ने बतानुभएको छ ।
लेखक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तकको आज आइतबार लोकार्पण गर्दै उहाँले सहमति कार्यान्वयन गर्दै कमजोर रहेको देशको आर्थिक अवस्था सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेता कोइरालाले भन्नुभयो, “सहमतिमा संविधान सशोधनसँगै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्ने घोषणा गरिएकामा नौ महिनासम्म आइपुग्दा त्यसको औचित्य पुष्टि गर्न सकिएको छैन । त्यसका लागि नेता र नेतृत्वमा इच्छाशक्ति हुनुपर्छ, अनि मात्र जनताको सेवामार्फत देश बनाउन सकिन्छ ।”
नेपाललाई विकास र समृद्धिमा लैजान हरित ऊर्जा, कृषि र प्रविधिको विकास तथा विस्तारसँगै भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन तथा दण्डहीनता अन्त्य गरिनुपर्ने भन्दै उहाँले कानुन कार्यान्वयन संयन्त्रमा हाम्रा नभई राम्रा व्यक्ति छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्काे एक प्रसङ्गमा नेता कोइरालाले नेपालगञ्जमा जननेता बिपी कोइरालाको शालिकमा हिजो कालोमोसो दलिएको घटनाले कांग्रेसीजनको मनमा केही असर परे पनि प्रजातन्त्रमा विश्वास गर्ने कोही पनि विचलित भने नहुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कालोमोसो दल्दैमा बिपी कालो हुने होइनन्, उहाँलाई नेपाली कांग्रेसले मात्र नभई सबै नेपालीले राजनेता मानेका छन् । त्यो घटनाले पक्कै पनि हामीहरूको मनमा केही असर गर्छ, त्यो स्वभाविक हो तर त्यस्ता घटनाबाट प्रजातन्त्रमा विश्वास गर्ने कोही विचलित हुनहुन्न ।”
पुस्तकका श्रष्टा डा कर्माचार्यले राजनीति ठूलो दर्शन भए पनि नेपालमा हाल भइरहेका अभ्यास, राज्यबाट नागरिकका लागि प्रवाह भइरहेका स्वास्थ्यलगायत अत्यावश्यक सेवासुविधा र तिनको प्रप्तिमा रहेको झण्झटिला प्रक्रियाले आफूलाई पुस्तक लेख्न खुराक प्रदान गरेको बताउनुभयो । “नेपालको राजनीति मात्र होइन, सामाजिक र स्वास्थ्य सेवामा समेत सुधारको खाँचो छ । राजनीति आफैँमा समाजसेवाको दर्शन हो तर अभ्यासमा त्यस्तो देखिँदैन । पुस्तक अध्ययनपछि भने खुसी समाज, समृद्ध परिवार, असल नागरिक र शान्त नेपाल निर्माणको यात्रामा सबै नागरिक जुट्न प्रेरणा प्राप्त हुनेछ”, उहाँले भन्नुभयो ।
पुस्तकको समीक्षा गर्दै समालोचक प्रमोद प्रधानले कात्रोमा खल्ती हुन्न भन्ने पुर्खाको बुझाइ रहेकामा पुस्तकको शीर्षक र समेटिएका विषयवस्तुले समसामयिक राजनीति, आर्थिक चलखेल, समाजमा विद्यमान विकृति र विसङ्गतिको पर्दाफास गरेको धारणा राख्नुभयो ।
त्यसअवसरमा साहित्यकारद्वय विमल भौकाजी र भागीरथी श्रेष्ठले चिकित्सा क्षेत्रमा रहेर पनि समाज सेवा र लेखन विधाका माध्यमबाट डा कर्माचार्यले समाज रूपान्तरणमा खेल्नुभएको भूमिका अरुका लागि प्रेरणादायी बन्न सक्ने धारणा राख्नुुभयो ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले मुलुकमा दुई दशकयताको राजनीतिक अभ्यास, विकास, इतिहास, युवा र रोजगारी, शिक्षा, स्वास्थ्य सेवालगायत समसामयिक विषयमा केन्द्रित रही लेख, निबन्ध र विचार तथा ‘कात्रोमा खल्ती’ नामक आख्यान कृतिमा समेटिएको बताउनुभयो ।
सहभागी अन्य वक्ताहरूले पुस्तकले नेपालको वर्तमान राजनीति र समाजको चित्रण गर्नाका साथै राजनीतिज्ञले कसरी काम गर्छन्, समाजमा सुशासनको अवस्था कस्तो छ, सरकारी निकाय, सङ्घसंस्था, अस्पताल र समाज कसरी चलेका छन् भनेर छर्लङ्ग देखाएको बताउनुभयो । कात्रोमा खल्ती नभए पनि अहिलेको परिवेशमा समाजका सबै ठाउँमा खल्ती छ भन्ने देखिरहेको उहाँहरूको भनाइ थियो ।
लेखकले पुस्तकमा नेपाली समाजको हालको परिस्थितिलाई चिर्दै देशलाई समृद्ध, सुखी र शान्त बनाउन चाल्नुपर्ने कदम र गर्नुपर्ने मेहनतको पक्षमा समेत सुझाव प्रस्तुत गर्नुभएको छ ।
प्रेरणाको स्रोत बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलाई मान्नु हुने लेखक कर्माचार्यले रामेछापमा मात्र नभई मुलुकभर नै गरिबको डाक्टरको परिचय बनाउनुभएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ