
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दलबीच संविधान संशोधनलगायत विषयमा भएका सहमति कार्यान्वन गरिनुपर्ने बतानुभएको छ ।
लेखक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तकको आज आइतबार लोकार्पण गर्दै उहाँले सहमति कार्यान्वयन गर्दै कमजोर रहेको देशको आर्थिक अवस्था सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेता कोइरालाले भन्नुभयो, “सहमतिमा संविधान सशोधनसँगै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्ने घोषणा गरिएकामा नौ महिनासम्म आइपुग्दा त्यसको औचित्य पुष्टि गर्न सकिएको छैन । त्यसका लागि नेता र नेतृत्वमा इच्छाशक्ति हुनुपर्छ, अनि मात्र जनताको सेवामार्फत देश बनाउन सकिन्छ ।”
नेपाललाई विकास र समृद्धिमा लैजान हरित ऊर्जा, कृषि र प्रविधिको विकास तथा विस्तारसँगै भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन तथा दण्डहीनता अन्त्य गरिनुपर्ने भन्दै उहाँले कानुन कार्यान्वयन संयन्त्रमा हाम्रा नभई राम्रा व्यक्ति छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्काे एक प्रसङ्गमा नेता कोइरालाले नेपालगञ्जमा जननेता बिपी कोइरालाको शालिकमा हिजो कालोमोसो दलिएको घटनाले कांग्रेसीजनको मनमा केही असर परे पनि प्रजातन्त्रमा विश्वास गर्ने कोही पनि विचलित भने नहुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कालोमोसो दल्दैमा बिपी कालो हुने होइनन्, उहाँलाई नेपाली कांग्रेसले मात्र नभई सबै नेपालीले राजनेता मानेका छन् । त्यो घटनाले पक्कै पनि हामीहरूको मनमा केही असर गर्छ, त्यो स्वभाविक हो तर त्यस्ता घटनाबाट प्रजातन्त्रमा विश्वास गर्ने कोही विचलित हुनहुन्न ।”
पुस्तकका श्रष्टा डा कर्माचार्यले राजनीति ठूलो दर्शन भए पनि नेपालमा हाल भइरहेका अभ्यास, राज्यबाट नागरिकका लागि प्रवाह भइरहेका स्वास्थ्यलगायत अत्यावश्यक सेवासुविधा र तिनको प्रप्तिमा रहेको झण्झटिला प्रक्रियाले आफूलाई पुस्तक लेख्न खुराक प्रदान गरेको बताउनुभयो । “नेपालको राजनीति मात्र होइन, सामाजिक र स्वास्थ्य सेवामा समेत सुधारको खाँचो छ । राजनीति आफैँमा समाजसेवाको दर्शन हो तर अभ्यासमा त्यस्तो देखिँदैन । पुस्तक अध्ययनपछि भने खुसी समाज, समृद्ध परिवार, असल नागरिक र शान्त नेपाल निर्माणको यात्रामा सबै नागरिक जुट्न प्रेरणा प्राप्त हुनेछ”, उहाँले भन्नुभयो ।
पुस्तकको समीक्षा गर्दै समालोचक प्रमोद प्रधानले कात्रोमा खल्ती हुन्न भन्ने पुर्खाको बुझाइ रहेकामा पुस्तकको शीर्षक र समेटिएका विषयवस्तुले समसामयिक राजनीति, आर्थिक चलखेल, समाजमा विद्यमान विकृति र विसङ्गतिको पर्दाफास गरेको धारणा राख्नुभयो ।
त्यसअवसरमा साहित्यकारद्वय विमल भौकाजी र भागीरथी श्रेष्ठले चिकित्सा क्षेत्रमा रहेर पनि समाज सेवा र लेखन विधाका माध्यमबाट डा कर्माचार्यले समाज रूपान्तरणमा खेल्नुभएको भूमिका अरुका लागि प्रेरणादायी बन्न सक्ने धारणा राख्नुुभयो ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले मुलुकमा दुई दशकयताको राजनीतिक अभ्यास, विकास, इतिहास, युवा र रोजगारी, शिक्षा, स्वास्थ्य सेवालगायत समसामयिक विषयमा केन्द्रित रही लेख, निबन्ध र विचार तथा ‘कात्रोमा खल्ती’ नामक आख्यान कृतिमा समेटिएको बताउनुभयो ।
सहभागी अन्य वक्ताहरूले पुस्तकले नेपालको वर्तमान राजनीति र समाजको चित्रण गर्नाका साथै राजनीतिज्ञले कसरी काम गर्छन्, समाजमा सुशासनको अवस्था कस्तो छ, सरकारी निकाय, सङ्घसंस्था, अस्पताल र समाज कसरी चलेका छन् भनेर छर्लङ्ग देखाएको बताउनुभयो । कात्रोमा खल्ती नभए पनि अहिलेको परिवेशमा समाजका सबै ठाउँमा खल्ती छ भन्ने देखिरहेको उहाँहरूको भनाइ थियो ।
लेखकले पुस्तकमा नेपाली समाजको हालको परिस्थितिलाई चिर्दै देशलाई समृद्ध, सुखी र शान्त बनाउन चाल्नुपर्ने कदम र गर्नुपर्ने मेहनतको पक्षमा समेत सुझाव प्रस्तुत गर्नुभएको छ ।
प्रेरणाको स्रोत बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलाई मान्नु हुने लेखक कर्माचार्यले रामेछापमा मात्र नभई मुलुकभर नै गरिबको डाक्टरको परिचय बनाउनुभएको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण