News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित

Signature: S1X+DJ4+05sQzvautKx5V0B030d5Bx7PsuSXp3bwVZy0rfKB+lVGYxa1IRT70WtJIrS3vq5HWMmBb44mFJ/6C4ynBcHb3ynTzGSD/15AxyDW5VsWSBRRwkn6v3ZnuThhWqvnxynW8lz7y9WU9FrUYRrymayPk+ViWAvFIAf3LupKZ/HSS1D7tigdHJ5C3b00VRVyMBP0cHMBJwlh4IfOFGJs2ykWBwzZc44yiT31iFU75TjiaGySzj5xvCqN1ZfyAEVb0Fdhh0CVQsuGtGtArBvPg1IprO/CFvjStpOCgDv18Ns1WQLUrrGOm2P1sDRLseZAzxypWSmmHA65Zo8L0DWJxi2XTqxUEX2MtrMbC102pXPUlhDj4VK3RcdHWAsNTMbkB7RKY3WriAdsd6KaKTn/qUfeKQdT059NPmBcbAHbKWp6ZRp857JJYV3srPOo+Dgs+1v4psF8w6GAaw4lkl9k5KWYfRkAxsrGq8F6hbz6ISTo32LA0mgwKvuBty7V3ikD3q7hUfDSuqeIYVt9i8zABOf2a8EsAOluqQYdIQB+SCKVv+Lzvh41z7pOyYvoGdQhz3AMN54Ax9QymBQia8Ty5LNKwlO9e56/zqCETK9h9g+yTtPbcsY0GtiAXgi1C5vFI7ZoLARmLz8eeLtQGN28flMDbpQdnhru8luE37r5901bG1tjr9lHV6rE4FjCxWRvTuHIlJEJ8OB0rEL31Wdh6o68JHLogGdLQH7eT1fSOGnVHExUB3N00R+gaZpqeNKdtc9HzgH7N0Lr2S3Sq/esNnDCSZa7UnuK7fQOkry0skcmcsaYdUo5O1A2oYGWiOsT7UBW7jyjazOvmTu6cmsgPUSlbD+N4XoLfezz7IylNaP1sxCeFhLqtpKDZc+OIAYtqIxvGE5gOmDM43rh5NIaoYrqwj050eE9Lqd1yWSMWbsLCDam6PVJ4zngY3rmMZCNpRRN4w1Sy2q26CsD11ovKT7A+v13uzLecf5IJu4=

काठमाडौं, १२ कार्तिक । प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको म्यासेज तथा न्यायाधीश हरि फुयाल र विचौंलिया इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि बिहीबार न्यायिक वृत्त तरंगित बनेको छ।

इनम सापकोटाको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उनले ह्वाट्सएपमार्फत गरेका कुराकानी सार्वजनिक भएका हुन्। गम्भीर विवरण सार्वजनिक भए पनि न्यायपालिकाले यसबारे कुनै संस्थागत प्रतिक्रिया जनाएन।

बिहीबार बिहान सर्वोच्च अदालतको बैठक कक्षमा गोलाप्रथाबाट इजलास गठन गर्ने र मुद्दा छान्ने नियमित प्रक्रिया चल्यो। सामान्य दिनमा न्यायाधीशहरूबीच समसामयिक विषयमा संक्षिप्त छलफल हुने गर्छ। तर बिहीबार भने दुई घटनाका बारेमा न्यायाधीशहरूले मुख खोलेनन्।

गोला तान्ने बेलामा पनि प्रधानन्यायाधीश र अन्य न्यायाधीशले यसबारे कुनै प्रतिक्रिया जनाएनन्। एक उच्चपदस्थ कर्मचारीका अनुसार, अरू सामान्य दिन सरह नै गोला तानेर इजलास छनोटपछि न्यायाधीशहरू आ-आफ्नो चेम्बरमा गएर इजलासमा बसे। न्यायाधीश हरि फुयाल भने गोला तान्न बैठक कक्षमा गएनन्।

सम्बन्धित न्यायाधीश अनुपस्थित भएमा अरूले उनको गोला तानिदिने चलन छ। बिहीबार बालकृष्ण ढकालसँग संयुक्त इजलासमा बसेका फुयालले दिउँसो खाजा समय अघिसम्म मुद्दा हेरेपछि पत्रकारहरूसँग भेटघाट गरे। उनले इनम सापकोटासँग सम्पर्क गर्नुको कारण, त्यसक्रममा भएको कुराकानी र आफूले मुद्दामा गरेको आदेशबारे पत्रकारहरूसँग कुरा गरे।

उनले इनमलाई भेट्नुमा आफ्नो कुनै बदनियत नभएको र विचाराधीन मुद्दामा समेत भेटको प्रभाव नपरेको जिकिर गरे।स्रोतका अनुसार दिउँसो खाजा समयमा समेत न्यायाधीशहरूबीच सामूहिक छलफल हुन सकेन। अपरान्ह प्रधानन्यायाधीश डा. शर्माले आफ्नै हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै इनमसँग आफ्नो सम्पर्क नभएको र कुनै भेटघाट पनि नभएको दाबी गरे।

सचिवालयको साटो आफैंले हस्ताक्षर गरेर विज्ञप्ति निकालेका थिए। त्यसको केही बेरमै न्यायाधीश श्रीकान्त पौडेलले पनि आफूले मुद्दाको आदेश गर्दा बहसपैरवी र विषयवस्तु मात्र हेरेको, कुनै व्यक्तिसँग भेटघाट नगरेको भन्दै विज्ञप्ति जारी गरे।प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरेका थिए।

त्यसपछि न्यायाधीशहरूलाई शुक्रबार बिहान फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक बैठक) बस्ने सूचना जारी भयो। एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ उल्लेख छ। शुक्रबार प्रधानन्यायाधीश डा. शर्मासहित अन्य न्यायाधीशहरू बैठक गर्नेछन्।

सर्वोच्चका बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल वैदेशिक भ्रमणका क्रममा बिदामा छिन्। बरिष्ठतम न्यायाधीशको अनुपस्थितिमै फूलकोर्ट बैठक हुन लागेको हो।नेपाल बार एसोसिएसनले बिहीबार विज्ञप्तिमार्फत घटनाको छानबिन हुनुपर्ने, न्यायिक नेतृत्व र अन्य न्यायाधीशहरूको भूमिकाबारे अध्ययन गरी गल्ती भेटिए कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ।

न्यायाधीशहरूबीच सामूहिक छलफल नभएपछि केही न्यायाधीशले आपसमा छलफल गरेका थिए। बिहीबार साँझ न्यायाधीश हरि फुयालले विज्ञप्ति जारी गर्दै आफूबाट न्यायिक निष्ठामा आँच आउने काम नगरेको दाबी गरेका छन्। उनले न्यायपालिकाको प्रतिष्ठामा आघात पु¥याउने कुनै काम नगरेको भन्दै अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

एक न्यायाधीशका अनुसार यति संवेदनशील समाचार सार्वजनिक हुँदासमेत सर्वोच्च अदालतको संयन्त्र तुलनात्मक रूपमा मौन बस्यो। छलफलमा न्यायिक नेतृत्वको अग्रसरता देखिएन। शुक्रबारको बैठकमा यसबारे छलफल होला भन्ने अपेक्षा गरिएको छ।