
१कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
२स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
३१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
४प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
५गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
६जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
७गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
८केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
९सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
१०तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
११ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
१२एमालेका महेश बस्नेतको लज्जास्पद हार
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
स्याङ्जा, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्याङ्जाको आँधीखोला गाउँपालिकाको पाँचौ अधिवेशनले सूर्यबहादुर ढकालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
आँधीखोला गाउँपालिका वडा नं. ५ जुग्लेमा सम्पन्न पाँचौ अधिवेशनले उपाध्यक्ष र सचिव पछि टुङ्गयाउने गरी कोषाध्यक्षमा हिरा अधिकारी निर्वाचित भएका छन् । यसअघि पालिकाको ६ वटै वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ । वडा नम्बर–१ मा भुवानीप्रसाद लामिछाने, वडा नं. २ मा निर्मला विक, वडा नं. ३ मा ओमप्रकाश शर्मा, वडा नं. ४ मा दुर्गाप्रसाद उपाध्यय, वडा नं. ५ मा कृष्णबहादुर क्षेत्री र वडा नं. ६ ओमबहादुर गुरूङ रहेका छन् ।
बिहीबार सम्पन्न भएको अधिवेशनमा राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरूङले देशमा यस्तै खालका धेरै उथलपुथल र जनसागरबाट नै व्यवस्था परिवर्तन भएको स्मरण गराए । देशमा संघीयता आएपछि जनताको दैनिकी परिवर्तन हुन्छ भन्ने आशा पूरा हुन नसकेको, वेथिति र भ्रष्टाचार झनैं मौलाउँदैं जानाले जनतालाई दलहरुप्रति वितृष्णा बढेको बताए ।
‘च्याउ उम्रे झैं देशमा उम्रिएका पार्टी र तिनीहरुले चुनावको बेलामा बाँड्ने झुटो आश्वासनबाट जनता आजित भईसकेका छन्,’ नेता गुरुङले भने–‘जनतासँग चुनावको समयमा मात्र देश परिवर्तनको सपना बाँड्ने र सत्तामा पुगेपछि आफ्ना भ्रष्ट नेता, कार्यकर्ता र दलालहरुलाई बचाउने काममा सिङ्गो राज्य संयन्त्र नै परिचालन गर्ने प्रवृत्तिले नयाँ परिवर्तनको खाँचो देखिएको छ ।’
गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य गुरूङले अहिलेका नेता देश र जनता भन्दा पनि आफ्नो जीवनशैली परिवर्तन गर्नतिर उन्मूख हुँदा देश झनैं संकटमा फस्दैं गएको बताए ।
‘राजा फाले विकास हुन्छ, जनताको अवस्था फेरिन्छ भनेर जुन झुठो आश्वासन दलहरुले दिए, हामीहरुले ठिक छ हेरौं न त भनेर हामी मौन बस्यौ’,उनले भने,–‘समर्थन पनि गर्यौं । तर, खोई यत्तिका वर्ष बितिसक्दा पनि जनताको अवस्था फेरिएको ?’
धर्मको नाममा विदेशी डलर कुम्ल्याएर धर्म निरपेक्षता गरिएको बताउँदै नेता गुरुङले उक्त रकमबाट नेपाली नेता धनाढ्य र देशको धर्मसंस्कृति ध्वस्त भएको आरोप पनि लगाए । ‘हामीले राजतन्त्र होईन राजसंस्था ल्याउने हो,’ उनले दोहोर्याए, ‘राजाको बेला तानाशाही थियो भनेर भ्रम फैलाइएको छ । २०४७ साल अघि राजाले पनि संविधान अनुसार नै काम गरेको छ । अहिलेका नेता राजा भन्दा माथी भए । यिनीहरूलाई जनताले परीक्षा गरिसके ।’
उनले नेताले पटकपटक गरेका गल्तीलाई माफ दिन नसकिने बताउदै राप्रपा आफ्नो मूल्य र मान्यतालाई आत्मसाथ राख्दै अघि बढेको तर्क राखे ।
१० वर्षे द्वन्द्वले केही नयाँ अवसर ल्याएको भए पनि १० वर्ष पछाडि पनि धकेलेको उनको भनाई थियो । ‘अब जनता एक ठाउँमा उभिएर देशलाई नविन समझदारीबाट निकास दिने गरी उभिन आवश्यक छ’, उनले भने ।
केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतले नेपाली नागरिकलाई उत्साहित बनाएको बताए। ‘राजाको भ्रमणले जनता राजा र राजतन्त्रको पक्षमा रहेको देखाउँछ’ उनले भने, ‘स्याङ्जामा लागेको भीड, पोखराका नागरिकको उपस्थिति र राजाको काठमाडौंको भव्य स्वागतले यो प्रमाणित गर्दछ।’
उनले गणतन्त्रले मुलुकको न्याय नगरेको बताउँदै सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्नसमेत नसकेको बताए। गणतन्त्रले गाउँमा विकास नल्याएको उनको दाबी छ। ‘अहिले सरकार कहाँबाट कसरी लुट्न सकिन्छ भन्नेतिर केन्द्रीत छ। ठूला दुई दलले सरकार चलाएका छन्। बाहिर देखाउँदा एकथरी, भित्र अर्कै छन्,’ उनले भने, ‘प्रतिपक्षमा बस्दा अवसर नपाउने र माओवादीले एकलौटी नेतृत्व गर्दा एक्लै खायो भनी काँग्रेस र एमालेले रातारात सरकार बनाए।’ उनले हिन्दु राष्ट्रसहित राजसंस्था आएपछि जनताको समस्या र गुनासा सम्बोधन हुने विचार पनि व्यक्त गरे।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद