
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
पोखरा, २४ फागुन । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा ‘वैकल्पिक अर्थतन्त्र’ माथि बहस चलाएको छ ।
प्रसिद्ध अर्थ–राजनीतिक विश्लेषक हरि रोकाको पहिलो कृति ‘वैकल्पिक अर्थतन्त्र’ मा केन्द्रित रहेर सञ्चालन गरिएको बहसमा अर्थशास्त्री प्रा. डा. लेखनाथ भट्टराईले अवधारणापत्र प्रस्तुत गरेका थिए ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा डा. भट्टराईले वैकल्पिक आर्थिक विकास र व्यवस्थाबारेका अर्थराजनीतिक आयामहरूमाथिको सैद्धान्तिक–वैचारिक तथा व्यावहारिक पक्षहरूको विश्लेषण गरिएको बताए । ‘बजार अर्थतन्त्र, राज्यको भूमिका र योजना प्रणाली सम्बन्धमा शास्त्रीय, नवशस्त्रीय माक्र्सवादी किन्सियन विचारधारात्मक पक्ष–विपक्षका तर्कहरूको विहङ्गम समालोचनात्मक परिचर्चा पुस्तकमा समेटिएको छ ।’ उनले भने, ‘आधारभूत तथा समसामयिक अर्थ साहित्यहरूको गहन अध्ययन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिघटना र तथ्याङ्कको गम्भीर विश्लेषण गरिएको छ ।’
पुस्तकले नवउदारवादी दृष्टिकोणमा पूर्ण खुला बजार अर्थतन्त्र र समाजवादी दृष्टिकोणका आधारमा पूर्ण राजकीय स्वामित्व र नियन्त्रणको अर्थतन्त्र नेपाल जस्ता मुलुकको विकासको मोडल हुन नसक्ने विचार प्रस्तुत गरेको उनको विश्लेषण थियो । व्यापक बहस र विमर्शका आधारमा देशभित्र बहुपक्षीय सहमति जुटाएर वैकल्पिक अर्थतन्त्रको खाका निर्माण गर्नु जरुरी भएको भन्दै भट्टराईले अन्य देशको विकास मोडल र रणनीतिहरू जस्ताको तस्तै नक्कल गरेर नेपालमा कृषिको रूपान्तरण, औद्यौगिकीकरण, वित्तीय विकास, संरचनागत परिवर्तन र दिगो विकास सम्भव नभएकोतर्फ कृतिले ध्यानाकर्षण गराएको बताए ।
लेखक हरि रोकाले लेखकले प्रश्न मात्रै उठाउने होइन, समाधान पनि दिन सक्नुपर्ने विचारले किताब लेखेको बताए । पैसाले मनिसलाई नोकर होइन, मानिसले पैसालाई नोकर बनाउनुपर्नेमा जोड दिँदै रोकाले बजारलाई नियमन गर्न सकिएन भने आर्थिक सङ्कट आउने बताए ।
अर्थतन्त्रसम्बन्धी सैद्धान्तिक, त्यससम्बन्धी आफ्नो अनुभव र आगामी दिनमा के गर्न सकिन्छ भन्ने तीन कुरा कृतिमा समेटिएको उनले जानकारी दिए । हामीले कृषिलाई संस्कारकै रूपमा अघि बढाउने हो भने आर्थिक उन्नतिमा धेरै समय नलाग्ने बताउँदै उनले औद्योगिकीकरणको परिभाषा र व्यवहार नै परिर्तन गर्नुपर्नेमो उनको जोड थियो । इतिहासमा भएको जस्तो सामन्ती अन्यायबिना नै गाउँ खाली हुनु दुःखद भएको उनले बताए । कृति बेला पब्लिकेसनले बजारमा ल्याएको हो ।
कार्यक्रममा अर्जुन पोखरेल, डा. लक्ष्मीशरण अधिकारी, भरतमणि भट्टराई, डा. श्रीकान्त खतिवडा, दीपेन्द्र बस्ताकोटी, डा. कपिल अधिकारी, लीलाराज लोहनी, गेहेन्द्रेश्वर कोइराला, गोविन्द केसी, दुर्गाबहादुर शाह ‘बाबा’, ध्रुव केसी, विमला तिमिल्सिनालगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी