
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
सुन्दरकुमार थकाली, मुस्ताङ, २१ फागुनः हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।
लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले चिन्तित रहेका कृषकहरु केही दिनअघिको वर्षा र हिमपातले खुसी भएका छन् । जलवायु परिवर्तनको परिरहेका जिल्लाका कृषक दुई दिनअघि परेको आंशिक वर्षासँगै हिउँ परेकाले स्याउलगायत यहाँको रैथाने बाली उवा, फापर, जौ र आलु बालीमा प्रसस्त चिस्यान पुगेकाले यहाँ कृषक हर्षित भएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार मुस्ताङको स्याउलगायतका रैथाने अन्नबालीको बगैँचा व्यवस्थापन, रोगकीरा नियन्त्रण र अनुकूल समयमा वर्षासँगै हिमपात भएकाले गत वर्षजस्तै यस वर्ष पनि स्याउ तथा अन्य रैथाने बालीको गुणस्तर र उत्पादन राम्रो हुने अनुमान गरिएको छ । जिल्लामा दुइ दिनअघि परेको वर्षासँगैको हिउँले कृषकको खेतीयोग्य जमिनलाई चाहिने चिस्यान पूर्ती भएकाले यस वर्ष स्याउलगायतका अन्नबालीको उत्पादन वृद्धि हुने केन्द्र प्रमुख गुरुङले दाबी गर्नुभयो ।
कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाको विभिन्न स्थानमा पुगेर गरेको स्याउलगायतका रैथाने बालीहरुको स्थलगत सर्वेक्षणमा कृषकहरुले स्याउलगायतका अन्नबालीको बगैँचा व्यवस्थापन राम्रो गरेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फार्म, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, शीतोष्ण बागवानी विकास केन्द्र, कृषि ज्ञान केन्द्र एक्याप एवं सबै सरोकारवाला संस्थाको संयुक्त समन्वय र सहकार्यमा मुस्ताङका कृषकको बगैँचा व्यवस्थापन तथा रोगकीरा नियन्त्रण कार्यमा सबै बालीको अनुगमन गर्दा राम्रो पाइएकाले गुणस्तर र उत्पादनदर यस वर्ष साविकभन्दा वृद्धि हुने अनुमान गरिएको छ ।
जिल्लामा गत वर्ष स्याउको उत्पादन राम्रो भएको भए पनि जलवायु परिवर्तनका कारण स्याउको परागसेचन हुने बेलामा हुस्सु र वर्षाले गर्दा स्याउको फूल फुल्ने समयमा प्रतिकूल असर पुगेको थियो । यसका कारण त्यस वर्ष जिल्लामा स्याउको उत्पादन तथा गुणस्तरमा ह्रास आएको थियो । जिल्लाको आर्थिक समृद्धिको मेरुदण्ड स्याउखेती भएकाले यहाँका किसानले स्याउखेतीलाई मुख्य प्राथमिकतामा राखेका छन् । यसका साथै, रैथाने बाली उवा, फापर, जौ र लोकल आलु जिल्लाका कृषि उत्पादनमा पहिचान बनेको छ ।
जिल्लामा पुस र माघ, महिनामा स्याउको बगैँचा व्यवस्थापन गरिन्छ । स्याउखेतीका लागि अनाधिकृत हाँगाबिँगाको काँटछाँट, गोडमेल, मलजल, औैषधिको प्रयोग र खेतीयोग्य जमिनका सिँचाइको व्यवस्था गर्ने गरिन्छ । स्याउका अलावा असोज र कात्तिक महिनामा उवा, फापर, जौ र आलुलगायतका बाली लगाएर त्यसको सम्पूर्ण खेती बगैँचाको व्यवस्थापन गर्ने गर्दछन् । उपल्लो मुस्ताङमा भने कृषकले फागुनदेखि उवा, जौ, गहुँ र फापरलगायतका अन्नबाली लगाउने गर्दछन् ।
पछिल्लो समय जिल्लाका कृषकलाई स्थानीय जातका स्याउखेतीसँगै नयाँ बगैँचामा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेती गर्दैआइरहेका छन् । दोस्रो वर्षमै थोरै क्षेत्रफलमा धेरै उत्पादन दिन सक्ने भएकाले मुस्ताङका कृषक हाइब्रिड स्याउखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
मुस्ताङको पाँचवटै स्थानीय तहमा स्याउखेती गरिएको छ । राष्ट्रिय गौरवको सडक सञ्जालले यातायात सहज हुन थालेपछि जिल्लाका कृषकले उत्पादन गरेको स्याउलगायतका अन्नबालीको बजारीकरणमा निकै सहज भएको छ । जिल्लामा गग वर्ष सात हजार तीन सय ३० मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ८३ करोडको स्याउ जिल्ला बाहिर निकासी भएको थियो ।
जिल्लाका पाँच स्थानीय तहमा गरी १४ सय हेक्टरमा स्याउखेती गरिएकोमा पाँच सय ८५ हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको स्याउखेतीले कृषकहरुमा लाभान्वित भएका छैनन्, यहाँका पर्यटन व्यवसायमा समेत टेवा पुगेको छ । भदौदेखि असोज महिनामा यहाँका स्याउ बगैँचामा लटरम्म स्याउ फल्ने भएकाले मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक समेत स्याउ बगँैचा चाहार्ने, फोटो खिच्ने र बगैँचामै यहाँको स्याउ चाख्ने गर्छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ