
१नेपाली काँग्रेसको सभापतिमा गगन थापा
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
५सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७चुनावी मैदानमा विप्लव
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
पोखरा, १६ फागुन । पर्यटन राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको नेपाल, भारत, चीन प्रदर्शनी, २०२५ नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने नयाँ अवसर भएको सरोकारवालाले बताएका छन् ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अगुवाइ ‘नाइस फर माइस एण्ड मोर’ भन्ने नारासहित पर्यटकीय सहर पोखरामा सम्पन्न तीनदिने प्रदर्शनीले तीन देशको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण अवसर उपलब्ध गराएको पाटाका सदस्य तथा कार्यक्रम संयोजक सुनीलबहादुर भट्टराइले बताउनुभयो ।
“तीन देशका व्यवसायी र उद्योगलाई एकै स्थानमा ल्याएर व्यापारिक सम्बन्ध विस्तार गर्ने एउटा राम्रो अवसर मिल्यो र कार्यक्रम उद्देश्यअनुसार नै सफल भयो”, उहाँले प्रदर्शनीभर व्यापार सम्झौता र नयाँ साझेदारीको नवीनतम सोच र प्रदर्शन भएको बताउनुभयो । प्रदर्शनीबाट महत्वपूर्ण सञ्जाल विस्तार र साझेदारीको अवसर प्राप्त गरेको उहाँको भनाइ थियो ।
तीन देशका उद्योगलाई आर्थिक सञ्जालको सुदृढीकरण गर्दै, व्यापार र लगानीको नयाँ अवसर सिर्जनाका लागि थप सहजता प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो । पाटाका सदस्य दिनेश महर्जनले प्रदर्शनीमा ८५ भन्दाबढी अन्तर्राष्ट्रिय खरिदकर्ता, एक सय ५० बिक्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी रहेको बताउनुभयो । साथै त्यसअवसरमा छ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी थिए ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा अब अन्तर्राष्ट्रिय व्यापारिक तथा पर्यटन प्रदर्शनीको केन्द्र बन्दै गएको बताउनुभयो । “यस प्रदर्शनीले नेपालमा पर्यटक सङ्ख्यामा वृद्धिसँगै व्यापारिक अवसरहरू सिर्जना गरेको छ”, उहाँले भन्नुभयो, “हामीले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेका छाँै, अहिले विभिन्न कार्यक्रमले पोखराको पर्यटकीय गतिविधि चलायमान भएको छ ।” उहाँले छिमेकी मुलक भारत र चीनका पर्यटकलाई नेपाल भित्र्याउन सके नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सकिने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “पोखरा भ्रमण वर्ष सफल पार्न माइस पर्यटनमा महानगरले जोड दिएको छ । यो प्रदर्शनीले यसलाई थप मजबुत बनाएको छ ।” उहाँले पोखरा प्राकृतिक सुन्दरतासँगै अन्तर्राष्ट्रिय कार्यक्रमहरु आयोजना गर्ने सम्भावनालाई थप्दै लगेको र यसले नयाँ लगानी भित्र्याउने, पर्यटन पूर्वाधारको विकास गर्ने र रोजगारी सिर्जना गर्ने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारनाथ पहारीले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले पोखराको पर्यटन अर्थतन्त्रलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा टेवा पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराको विशेषतालाई उजागार गरेर पर्यटन प्रवद्र्धन गर्ने हामी लागेका छौँ, यस प्रदर्शनीले पोखरालाई विश्वव्यापी पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।”
उहाँले यस कार्यक्रमले आउने दिनमा अन्तर्राष्ट्रिय उडान विस्तार, पूर्वाधार सुधार र पर्यटनसम्बन्धी विभिन्न क्षेत्रमा दीर्घकालीन फाइदा पुग्ने बताउनुभयो । स्थानीय व्यवसाय, होटल–रेस्टुरेन्ट, ट्राभल एजेन्सी, साना तथा ठूला उद्यममा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ ।
कार्यक्रममा ‘भिसा सहजीकरण, दिगो पर्यटन र आतिथ्य सेवा’ जस्ता विषयमा विज्ञहरूसँग अन्तरक्रिया गरिएको थियो । साथै बी२बी बैठक, प्रदर्शनी र व्यवसाय सञ्जाल विस्तारका कार्यक्रमहरूले अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन प्रवद्र्धनलाई विषयलाइ प्राथमिकता दिइएको थियो ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण