
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, १४ फागुन । पोखरा महानगरपालिकाको वडा नंं २६ को सिलिङ्गेमा १५ औं सिलिङ्गे महाशिवरात्री मेला बुधबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
महाशिवरात्री मेलाको उद्घाटन गर्दै पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले सिलिङ्गे स्थित जटाशंकर धार्मिक क्षेत्रको विकासका लागि बृहत गुरुयोजना तयार गरेर अगाडी बढेको बताउनु भयो ।
वडाध्यक्ष थापाले गुरुयोजना अनुसारका कामहरुलाई आंशिक रुपमा पुरा गरिदै लगिएको उल्लेख गर्दै यस बर्ष एक करोडको लागतमा शिवलिङ्ग निर्माण प्रक्रिया अगाडी बढाईएको बताउनु भयो ।
यस बर्ष ५० लाख रुपैया विनियोजन भएको बताउँदै वडा अध्यक्षले थापाले नपुग रकमका लागि दाता खोज्ने कार्य भैरहेको उल्लेख गर्नु भयो । लेखनाथ र पोखराका क्षेत्रबाट देखिनेगरी विशाल शिवलिङ्गको निर्माण गरी धार्मिक पर्यटनसँग जोडिने अध्यक्ष थापाले बताउनु भयो ।
कार्यक्रममा हाइड्रो व्यवसायी पुष्पज्योति ढुंगानाले सिलिङ्गको विकासका लागि बनेको गुरुयोजनाका काममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । व्यवसायी ढुंगानाले शिवलिङ्ग निर्माण कार्यमा आफु सम्वद्ध कम्पनीका तर्फबाट सहयोग जुटाउने समेत बताउनु भयो ।
महाशिवरात्रीको अवसर पारेर जटाशंकर मन्दिर परिसरमा निर्माण भएको महादेवको मूर्तिको समेत अनावरण गरिएको छ ।
मन्दिर परिसरको फाउण्टेन पार्कमा राखिएको महादेव मूर्तिको पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापा र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति जर्नेल मधुकर सिंह कार्कीले संयुक्त रुपमा अनावरण गर्नु भएको हो ।
महादेवको मूर्ति पोखरा महानगरपालिका वडा नं. २६ का वडासदस्य तिर्थबहादुर राजभाटका परिवारले आफ्ना स्वर्गिय पिता चुडामणि राजभाटको स्मृतिमा निर्माण गर्नु भएको थियो ।
जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा भगवती हाइड्रो पावरका संचालक इन्जिनियर बसन्त मोहन भट्टराई, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, स्थानीय समाजसेवी चन्द्रबहादुर रानाभाट, हरिप्रसाद अधिकारी र विकास रानाभाट लगायतले जटाशंकर मन्दिर निर्माण र व्यवस्थापनका बिषयमा बोलेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम