
१गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
२कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
३उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
४अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
५५३ मृतकका परिवारलाई ८ करोड राहत
६मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
७प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
८निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
९चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
१०निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
११‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
११विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१२पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
गुम्बा उद्घाटन, रिम्पोछेको शताब्दीऔं जन्मोत्सव मनाउन र बोन सम्मेलनमा सहभागी हुन ३७ देशका ४ सय विदेशीको जमघट भएको थियो ।
काठमाडौं, २८ माघ । ‘युङ्डुङ् बोन्’ धर्मको अभ्यास गरिरहेका ३७ देशका धर्मगुरु तथा प्रतिनिधिहरूको सहभागितामा काठमाडौं स्थित ट्रितेन नोबुर्चे गुम्बामा छैटौं अन्तर्राष्ट्रिय बोन सम्मेलन सम्पन्न भएको छ । चार सय जना विदेशी र हजारौं नेपालीको सहभागितामा सम्पन्न सम्मेलनमा विभिन्न विद्ध्वानहरूले बोन धर्म संस्कृतिका विषयमा केन्द्रीत भएर सम्बोधन गरेका थिए ।
नव निर्मित गुम्बा उद्घाटन, धर्म गुरू योङ्जिन लोपोन तेन्जिङ नाम्दाक रिम्पोछेको शताब्दीऔं जन्मोत्सव मनाउन र बोन सम्मेलनमा सहभागी हुन गुम्बामा जमघट भएको हो ।
‘पूजनीय रिम्पोछेज्यूको जन्मोत्सव मनाउन र नयाँ गुम्बा उद्घाटनमा हजारौंको सहभागिता भएको छ’, गेसे छोगलेक भन्छन्, ‘माघ १९ गतेदेखि सुरु भएको कार्यक्रम फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।’
माघ १९ देखि २२ गतेसम्म नयाँ गुम्बाको अभिषेक र योङ्जिन रिम्पोछेको दीर्घायू पूजा गरियो। माघ २३ गते नयाँ गुम्बाको उद्घाटन गरियो । माघ २४ गते धुमधामसँग रिम्पोछेका शताब्दीऔं जन्मोत्सव मनाइयो । उक्त अबसरमा रिम्पोछेको दीर्घायू प्रार्थना र मण्डला अर्पण गरिएको थियो ।
शुक्रबार र शनिबार छैटौं अन्तर्राष्ट्रिय बोन सम्मेलन गरियो। आइतबारदेखि गेसे उपाधी वितरण कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ। बोन धर्म संस्कृतिका विषयमा डाक्टर अफ फिलोसपी पढ्नेलाई गेसे भनिन्छ ।
बिहिबार रिम्पोछेको जन्मोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । विभिन्र जातजातिको परम्परागत भेषभुषामा नाचगान गरियो । साथै चर्चित कलाकारहरू मेलिना राई, सोनाम तप्देन लगायतका कलाकारको प्रस्तुतिमा सबैजना रमाएका थिए। कार्यक्रमको उद्घोषण पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गरेकि थिइन् ।
स्मरणीय छ, शताब्दीऔं जन्मोत्सव मनाइरहेका योङजिन रिम्पोछेले सन् १९८६ सालमा काठमाडौंको तीनघरेमा ‘ट्रितेन नोर्बुचे गुम्बा’ स्थापना गरेका हुन्। यसलाई बोन धर्माबलम्बीको नेपालकै ठुलो गुम्बाको रुपमा स्थापित गराउने श्रेय पनि उनैलाई जान्छ। यहाँ बोन धर्म संस्कृतिको संरक्षण र साधना गरिन्छ। साथै गेसे (डाक्टर अफ फिलोसपी)सम्मको पढाई हुन्छ ।
बोन धर्मका संस्थापक तोन्पा सेन्राव मिवोले मानव कल्याण र सुख शान्तिका लागि देखाएको बाटो अनुसरण गरेर रिम्पोचेले विश्वलाई उज्यालो मार्गमा हिँडाएका छन् । उनले बोन धर्मका विषयमा दुई दर्जन भन्दा बढी पुस्तक लेखेका छन् ।
‘बोन धर्म संस्कृतिको संरक्षणमा पूजनीय रिम्पोछेज्यूको अतुलनीय योगदान छ’, गेसे छोगलेक भन्छन्, ‘उहाँ हाम्रा लागि बुद्ध नै हुनुहुन्छ ।’
‘बोन’ हजारौँ वर्ष पुरानो धर्म हो। संसारका सबै प्राणीलाई सबै खाले दुःखबाट रक्षा गर्ने धर्मलाई ‘युङ्ढुङ् बोन धर्म ’ भनिन्छ। यसको अभ्यासबाट सुख प्राप्त हुन्छ । बोन धर्मका प्रवर्तक तोन्पा शेराव मिवो हुन्। उनले १८ हजार ४० वर्ष अघि यो धर्म सुरु गरेका थिए ।
समय क्रममा पृथ्वीमा एक हजार आठ जना बुद्धको जन्म हुन्छ भन्ने बोन ग्रन्थहरूमा उल्लेख छ। तोन्पा सेन्राव आठौँ बुद्ध हुन्। उनी स्याङ्स्युङ् राज्यको होल्मो लुङरिङ भन्ने ठाउँमा पिता ग्याल्बोन थोकार र माता योछि ग्याल्सेमाका पुत्रका रूपमा जन्मेका थिए ।
जनहितका लागि उनले प्रतिपादना गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ। उनका दिव्योपदेश सङ्ग्रह गरिएका १४० ओटा पुस्तक छन्, जसलाई काङ्ग्युर भनिन्छ। यसबाहेक धर्म गुरुबाट करिब तीनसय शास्त्र रचिएका छन् । तिनलाई कातेन भनिन्छ ।
नेपालको डोल्पा, मुस्ताङ्, हुम्ला, जुम्ला, बाग्लुङ, मुगु, कास्की, चितवन, काठमाडौँलगायत विभिन्न ठाउँमा बोन धर्मावलम्बीको बसोबास छ । हिमाली जिल्ला डोल्पामा मात्र तीन दर्जन भन्दा बढी बोन गुम्बा छन् । त्यसैले डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिन्छ । विश्वका ५० भन्दा बढी देशमा बोन धर्म तथा संस्कृतिको अभ्यास गरिन्छ ।


१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी