
१मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
२प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
३लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
४बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
५चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
६रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
७पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
८नवनिर्वाचित सांसदहरूले लिए शपथ
९कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१०सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
११रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
१२सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
गुम्बा उद्घाटन, रिम्पोछेको शताब्दीऔं जन्मोत्सव मनाउन र बोन सम्मेलनमा सहभागी हुन ३७ देशका ४ सय विदेशीको जमघट भएको थियो ।
काठमाडौं, २८ माघ । ‘युङ्डुङ् बोन्’ धर्मको अभ्यास गरिरहेका ३७ देशका धर्मगुरु तथा प्रतिनिधिहरूको सहभागितामा काठमाडौं स्थित ट्रितेन नोबुर्चे गुम्बामा छैटौं अन्तर्राष्ट्रिय बोन सम्मेलन सम्पन्न भएको छ । चार सय जना विदेशी र हजारौं नेपालीको सहभागितामा सम्पन्न सम्मेलनमा विभिन्न विद्ध्वानहरूले बोन धर्म संस्कृतिका विषयमा केन्द्रीत भएर सम्बोधन गरेका थिए ।
नव निर्मित गुम्बा उद्घाटन, धर्म गुरू योङ्जिन लोपोन तेन्जिङ नाम्दाक रिम्पोछेको शताब्दीऔं जन्मोत्सव मनाउन र बोन सम्मेलनमा सहभागी हुन गुम्बामा जमघट भएको हो ।
‘पूजनीय रिम्पोछेज्यूको जन्मोत्सव मनाउन र नयाँ गुम्बा उद्घाटनमा हजारौंको सहभागिता भएको छ’, गेसे छोगलेक भन्छन्, ‘माघ १९ गतेदेखि सुरु भएको कार्यक्रम फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।’
माघ १९ देखि २२ गतेसम्म नयाँ गुम्बाको अभिषेक र योङ्जिन रिम्पोछेको दीर्घायू पूजा गरियो। माघ २३ गते नयाँ गुम्बाको उद्घाटन गरियो । माघ २४ गते धुमधामसँग रिम्पोछेका शताब्दीऔं जन्मोत्सव मनाइयो । उक्त अबसरमा रिम्पोछेको दीर्घायू प्रार्थना र मण्डला अर्पण गरिएको थियो ।
शुक्रबार र शनिबार छैटौं अन्तर्राष्ट्रिय बोन सम्मेलन गरियो। आइतबारदेखि गेसे उपाधी वितरण कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ। बोन धर्म संस्कृतिका विषयमा डाक्टर अफ फिलोसपी पढ्नेलाई गेसे भनिन्छ ।
बिहिबार रिम्पोछेको जन्मोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । विभिन्र जातजातिको परम्परागत भेषभुषामा नाचगान गरियो । साथै चर्चित कलाकारहरू मेलिना राई, सोनाम तप्देन लगायतका कलाकारको प्रस्तुतिमा सबैजना रमाएका थिए। कार्यक्रमको उद्घोषण पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गरेकि थिइन् ।
स्मरणीय छ, शताब्दीऔं जन्मोत्सव मनाइरहेका योङजिन रिम्पोछेले सन् १९८६ सालमा काठमाडौंको तीनघरेमा ‘ट्रितेन नोर्बुचे गुम्बा’ स्थापना गरेका हुन्। यसलाई बोन धर्माबलम्बीको नेपालकै ठुलो गुम्बाको रुपमा स्थापित गराउने श्रेय पनि उनैलाई जान्छ। यहाँ बोन धर्म संस्कृतिको संरक्षण र साधना गरिन्छ। साथै गेसे (डाक्टर अफ फिलोसपी)सम्मको पढाई हुन्छ ।
बोन धर्मका संस्थापक तोन्पा सेन्राव मिवोले मानव कल्याण र सुख शान्तिका लागि देखाएको बाटो अनुसरण गरेर रिम्पोचेले विश्वलाई उज्यालो मार्गमा हिँडाएका छन् । उनले बोन धर्मका विषयमा दुई दर्जन भन्दा बढी पुस्तक लेखेका छन् ।
‘बोन धर्म संस्कृतिको संरक्षणमा पूजनीय रिम्पोछेज्यूको अतुलनीय योगदान छ’, गेसे छोगलेक भन्छन्, ‘उहाँ हाम्रा लागि बुद्ध नै हुनुहुन्छ ।’
‘बोन’ हजारौँ वर्ष पुरानो धर्म हो। संसारका सबै प्राणीलाई सबै खाले दुःखबाट रक्षा गर्ने धर्मलाई ‘युङ्ढुङ् बोन धर्म ’ भनिन्छ। यसको अभ्यासबाट सुख प्राप्त हुन्छ । बोन धर्मका प्रवर्तक तोन्पा शेराव मिवो हुन्। उनले १८ हजार ४० वर्ष अघि यो धर्म सुरु गरेका थिए ।
समय क्रममा पृथ्वीमा एक हजार आठ जना बुद्धको जन्म हुन्छ भन्ने बोन ग्रन्थहरूमा उल्लेख छ। तोन्पा सेन्राव आठौँ बुद्ध हुन्। उनी स्याङ्स्युङ् राज्यको होल्मो लुङरिङ भन्ने ठाउँमा पिता ग्याल्बोन थोकार र माता योछि ग्याल्सेमाका पुत्रका रूपमा जन्मेका थिए ।
जनहितका लागि उनले प्रतिपादना गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ। उनका दिव्योपदेश सङ्ग्रह गरिएका १४० ओटा पुस्तक छन्, जसलाई काङ्ग्युर भनिन्छ। यसबाहेक धर्म गुरुबाट करिब तीनसय शास्त्र रचिएका छन् । तिनलाई कातेन भनिन्छ ।
नेपालको डोल्पा, मुस्ताङ्, हुम्ला, जुम्ला, बाग्लुङ, मुगु, कास्की, चितवन, काठमाडौँलगायत विभिन्न ठाउँमा बोन धर्मावलम्बीको बसोबास छ । हिमाली जिल्ला डोल्पामा मात्र तीन दर्जन भन्दा बढी बोन गुम्बा छन् । त्यसैले डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिन्छ । विश्वका ५० भन्दा बढी देशमा बोन धर्म तथा संस्कृतिको अभ्यास गरिन्छ ।


१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने