
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै चारजनामाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले १५ दिन म्याद थप गरेको छ । न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी, लीला पछाई र नेचर हब्र्स इन्टरनेसनल र गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक रामबहादुर खनाललाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अदालतले पक्राउ परेका केही प्रतिवादीको हकमा बयान बाँकी रहेको, बयान गरेका प्रतिवादीको हकमा थप प्रमाण खुलेको, तथ्यमा पूरक बयान गर्न बाँकी रहेको, हस्ताक्षर परीक्षण गर्न पठाइएकोमा प्रतिवेदन प्राप्त हुन बाँकी रहेको, प्रतिवादीहरूको कारोबार रहेको घरजग्गा खरिदबिक्रीको लिखतसम्बन्धी कागज प्रमाण प्राप्त भइनसकेको, कल डिटेल तथा मोबाइल परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको प्रयोजन खुलाउँदै थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
थुनछेक बहसका क्रममा लामिछानेले न्यायाधीश बेल्बासेसँग आफूलाई हिरासतबाहिर रहेर अनुसन्धान गरियोस् भन्दै म्याद नथप्न आग्रह गरेका थिए । उनले आफू कतै जनाने र नभाग्ने भन्दै कानुनी प्रक्रियालाई सघाउन सधैँ तयार रहेको बताएका थिए ।
लामिछानेको आग्रहपछि न्यायाधीश बेल्बासेले भने म्याद थप हुने बताए । ‘तपाईंविरुद्ध अन्य जिल्लामा समेत पक्राउ पुर्जी जारी भएकाले कास्कीबाट छुटे पनि अन्य जिल्लाले पक्राउ गरेर लैजाने भएकाले हाल हिरासतमा बस्न तपाईंका लागि उपयुक्त हुनेछ । यहीँबाट लैजाने–ल्याउने गर्नाले तपाईंलाई सहज हुनेछ,’ उनले भने, ‘अनुसन्धानका लागि ल्याउँदै र लगिँदै गर्दा दोषी भएँ भन्ने ठान्नुहुन्न । दोषी हो वा होइन त्यो अनुसन्धानपछि मात्र थाहा हुनेछ ।’
गत २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित रास्वपा पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछानेविरुद्ध म्याद थपिँदै गएको छ । उनलाई ४ कात्तिकमा पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन, तेस्रोपटक तिहार बिदासमेत जोडेर २० कात्तिकमा १० दिन, चौथोपटक २५ कात्तिकमा १३ दिन र आइतबार पाँचौँपटक १५ दिन म्याद थप गरिएको हो । पोखरा ल्याएसँगै उनको हिरासत बसाइ लम्बिँदै गएको छ ।
६ असोजमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका जोशीलाई यसअघि पहिलोपटक पाँच, दोस्रोपटक सात, तेस्रोपटक २०, चौथोपटक सात, पाँचौँपटक १०, छैटौँपटक १३ र आइतबार १५ दिन म्याद थप गरिएको हो । प्रहरीले पछाईलाई १५ असोजमा पक्राउ गरेको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी