
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पोखरा, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै चारजनामाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले १५ दिन म्याद थप गरेको छ । न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी, लीला पछाई र नेचर हब्र्स इन्टरनेसनल र गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक रामबहादुर खनाललाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अदालतले पक्राउ परेका केही प्रतिवादीको हकमा बयान बाँकी रहेको, बयान गरेका प्रतिवादीको हकमा थप प्रमाण खुलेको, तथ्यमा पूरक बयान गर्न बाँकी रहेको, हस्ताक्षर परीक्षण गर्न पठाइएकोमा प्रतिवेदन प्राप्त हुन बाँकी रहेको, प्रतिवादीहरूको कारोबार रहेको घरजग्गा खरिदबिक्रीको लिखतसम्बन्धी कागज प्रमाण प्राप्त भइनसकेको, कल डिटेल तथा मोबाइल परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको प्रयोजन खुलाउँदै थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
थुनछेक बहसका क्रममा लामिछानेले न्यायाधीश बेल्बासेसँग आफूलाई हिरासतबाहिर रहेर अनुसन्धान गरियोस् भन्दै म्याद नथप्न आग्रह गरेका थिए । उनले आफू कतै जनाने र नभाग्ने भन्दै कानुनी प्रक्रियालाई सघाउन सधैँ तयार रहेको बताएका थिए ।
लामिछानेको आग्रहपछि न्यायाधीश बेल्बासेले भने म्याद थप हुने बताए । ‘तपाईंविरुद्ध अन्य जिल्लामा समेत पक्राउ पुर्जी जारी भएकाले कास्कीबाट छुटे पनि अन्य जिल्लाले पक्राउ गरेर लैजाने भएकाले हाल हिरासतमा बस्न तपाईंका लागि उपयुक्त हुनेछ । यहीँबाट लैजाने–ल्याउने गर्नाले तपाईंलाई सहज हुनेछ,’ उनले भने, ‘अनुसन्धानका लागि ल्याउँदै र लगिँदै गर्दा दोषी भएँ भन्ने ठान्नुहुन्न । दोषी हो वा होइन त्यो अनुसन्धानपछि मात्र थाहा हुनेछ ।’
गत २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित रास्वपा पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछानेविरुद्ध म्याद थपिँदै गएको छ । उनलाई ४ कात्तिकमा पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन, तेस्रोपटक तिहार बिदासमेत जोडेर २० कात्तिकमा १० दिन, चौथोपटक २५ कात्तिकमा १३ दिन र आइतबार पाँचौँपटक १५ दिन म्याद थप गरिएको हो । पोखरा ल्याएसँगै उनको हिरासत बसाइ लम्बिँदै गएको छ ।
६ असोजमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका जोशीलाई यसअघि पहिलोपटक पाँच, दोस्रोपटक सात, तेस्रोपटक २०, चौथोपटक सात, पाँचौँपटक १०, छैटौँपटक १३ र आइतबार १५ दिन म्याद थप गरिएको हो । प्रहरीले पछाईलाई १५ असोजमा पक्राउ गरेको थियो ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन