
१मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
३तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
७फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
८रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
११पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
रामनाथ घिमिरे, बेलायत, ७ कात्तिक । विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित हुनुभएको छ ।
सोमबार साँझ बेलायतको राजधानी लण्डनस्थित ग्रोसभेनर हाउसमा आयोजित एक भव्य समारोहमा पूर्वगोर्खा सैनिक बुढामगर अवार्ड थाप्नुभएको हो ।
डेलि मिररले प्रदान गर्दै आएको यो अवार्डको २५औँ संस्करण ‘प्राइड अफ ब्रिटेन अवार्डस् २०२४’ मा हरिले ‘विशेष मान्यता अवार्ड’ प्राप्त गर्नुभएको हो । अवार्ड हस्तान्तरण कार्यक्रममा अफगानिस्तान युद्धमासँगै लडेका सहकर्मीसँगै पुग्नुभएका थापामगर भाव विह्वल हुनुभएको थियो ।
अफगानिस्तानमा खुट्टा गुुमाउनेगरी भएको विष्फोटका क्रममा आफू पछाडि रहेका सहकर्मीसहित अवार्ड समारोहमा सहभागी हुँदा त्यो घटना सम्झिएर भक्कानिएको राससलाई बताउनुभयो ।
“बेलायतलाई १५ वर्ष सैन्य सेवा दिए, अनि मेरा दुई खुट्टा पनि गयो”, उहाँले भन्नुभयो, “आज बेलायतले यो प्राइड अफ ब्रिटेन अवार्ड दिएको छ, धेरै खुसी छु ।” उहाँले आफ्नो सम्मान विश्वका सम्पूर्ण अपाङ्गता भएकाहरुको सम्मान भएको बताउनुभयो ।
सन् १९९९ देखि आयोजना गर्न थालिएको यो अवार्ड समारोहमा आफ्नो असाधारण क्षमताबाट अरूको जीवनमा वास्तविक भिन्नता ल्याउने पात्रहरूलाई सम्मान गर्ने गरिन्छ ।
मगरले बेलायती सेनामा कार्यरत रहेका बेला सन् २०१० मा अफगानिस्तामा विद्युतीय धरापमा दुुवै खुुट्टा गुमाउनुभएको हो । उहाँले गत वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै, दुवै घुँडामाथि खुट्टा नभएको पहिलो आरोहीको विश्व रेकर्ड राख्नुभएको छ ।
प्राइड अफ ब्रिटेन अवार्डस् २०२४ कार्यक्रममा बेलायती प्रधानमन्त्री किर स्टर्मर पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु, ख्यातिप्राप्त कलाकार सहभागी थिए । सेनाका बहालवाला र पूर्वअधिकृतको उपस्थिति थियो ।
अवार्ड थाप्ने क्रममा के कुराले बढी भावुक बनायो ?
अवार्ड समारोहमा, मेरो सहकर्मीहरू सहभागी हुनुहुन्थ्यो । मैले अफगानिस्तानमा दुई वटा खुट्टा गुमाउँदा मै पछाडि रहेका साथी पनि सँगै हुनुहुन्थ्यो । मैले त्यो घटना सम्झिएँ । त्यो सङ्कट र यो खुसीमा साथीहरुसागै भएकामा मन थाम्न सकिन् ।
अवार्ड थापिसकेपछि चाहिँ के कुरा मनमा आइरह्यो ?
हेर्नुस् मैले यो हप्ता मात्रै योसहित दुई वटा अवार्ड थापे । कतिपय अवार्ड त थाप्न बोलाउँदा मात्रै थाहा हुुन्छ । यस्ता अवार्डले मलाई झनै राम्रो काम कसरी गर्ने भन्ने प्रेरणा दिन्छ । अनि मेरो मनमा बाँकी काम कसरी राम्रोसँग गर्ने भन्ने मात्रै आइरन्छ । अब म सेभेन समिटको तयारी गर्दैछु । त्यही कुरा मनमा आइरहेको छ ।
यस्तो खुसीको बेलामा पनि भोलिको चिन्ता किन ?
हेर्नुस् बमले मेरो दुई वटा खुट्टा गुुम्दा मेरो मनमा, मैले अघिल्लो जुनीमा कुुन ठुलो पाप गरेछु । अब म धर्तीको बोझ भएर बाँच्नुपर्ने भयो भन्ने कुरा मनमा आउथ्यो । अझै पनि विश्वका धेरै अपाङ भएकाहरुको मनमा सायद यही कुरा आउँछ होला ।
नेपालमा त उनीहरुलाई मात्रै हैन उनीहरुको परिवारले पनि यस्तो भनेको मैले सुनेको छु । त्यसकारण अहिले मैले अपाङ्गता हुनु धर्तीको बोझ हैन । कुनै पाप हैन भन्ने बुझेको छु । म त्यो कुरा विश्वलाई बुझाउन चाहान्छु । म मेरो कारणले दुुनियाँ बदल्न त नसकौला तर एक दुईजनाको जीवनमा मात्रै सकरात्मक परिर्वतन ल्याउन सकेभने पनि आनन्द लाग्छ म त्यसकै लागि काम गरिरहेको छु । र म मेरो प्राण रहुन्जेल अपाङ्गता सचेतनाका लागि लागिरहन्छु । मेरा हरेक काम त्यसमै केन्द्रित छन् ।
त्यसो भए अवार्ड पाउँदा त्यति खुसी लागेको छैन ?
अत्यन्तै खुसी लागेको छ । खुसी नलाग्ने कुरै हुँदैन । तर खुसीसँगै थप कामको जिम्मेवारी बढेको महसुस हुन्छ ।
सबैभन्दा धेरै खुसी के गर्दा लाग्छ होला त ?
नेपाली हुनुको नाताले प्राइड अफ नेपाल अवार्ड पाउँदा लाग्छ होला । त्योभन्दा पनि आनन्द चाहिँ नेपालमा गएर आफ्नै माटोमा हाँसीहाँसी मर्दा लाग्छ होला ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला