
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
म्याग्दी, ३० असोज । दश दिनअघि धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीको शव सङ्कलन गरेर इटली आधार शिविर झारिएको छ ।
सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रसियाका पाँच जना पर्वतारोहीको शव सङ्कलन गरेर आज चार हजार मिटर उचाइको इटली आधार शिविर झारिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले एक वटा शव हेलिकप्टरले सिधै काठमाडौँ लगेको र चार वटा शव इटली आधार शिविरमा झारिएको जानकारी दिनुभयो ।
एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाहरुको टोलीले शव उठाएका थिए । उद्धारमा समन्वय गर्नुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले मौसम अनुकूल भएमा बाँकी चार वटा शव पनि इटली आधार शिविरबाट आजै काठमाडाँै लैजाने तयारी भएको जानकारी दिनुभयो ।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।
हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरु हेलिकप्टरबाट डोरीमा झुण्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।
आइएम टे«किङ एण्ड एक्सपीडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतरोहीले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।
यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । रासस