• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार सुदुर पश्चिम

    कालीकोटका शैक्षिक अभियानकर्मी विष्टको निधन

    मान्म । कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडौंमा उपचारका क्रममा आज बिहान निधन भएको छोरा रोहनले जानकारी दिनुभयो ।

    नरहरिनाथ गाउँपालिका-८ लालु स्थायी घर हुनुभएका विष्टले लामो समय जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गर्नुभएको थियो । उहाँ कालीकोटमा शिक्षाको ज्योति फैलाउने अग्रणी व्यक्तित्व हुनुभएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । उहाँ नेपाल सरकारबाट समेत सम्मानित हुनुहुन्थ्यो ।