
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, २४ असोज । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा बडा दशैंका दिन पोखराका विभिन्न ७ रुटमा निशुल्क बस सेवा सञ्चालन हुने भएका छन् । पोखराका यातायात व्यवसायी र प्रशासनसँग भएको सहमति अनुसार यात्रुको बढी चाप हुने ७ वटा रुटमा ३२ सिटमाथिका १८ वटा बसले निशुल्क सेवा प्रदान गर्नेछ ।
दशैंका दिन आवश्यकताभन्दा बढी यात्रु बोक्ने, गाडी नै नचल्ने, आवश्यकताभन्दा बढी भाडा लिने गुनासो आइरहने भएकाले नागरिकको चाप हुने पोखराका विभिन्न ठाउँमा दशैंका दिन विहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निशुल्क बस चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले बताए ।
‘दशैंमा गाडी नपाउने, धेरै चाप हुने गुनासो आइरहन्थ्यो । यसपटक यातायात व्यवसायीकै समन्वयमा बस निशुल्क गराउने कामको थालनी गरेका हौं,’ सिडिओ पाण्डेले आयोजित पत्रकार सम्मेलनमा भने, ‘आगामी वर्ष अन्य निकायसँग पनि समन्वय गरी थप यातायात सुविधालाई ग्रामिण क्षेत्रमा पनि पु¥याउने जमर्को गर्ने छौं।’
जिल्ला प्रशासनकै समन्वयमा १८ वटा गाडी निशुल्क चलाएर अन्य गाडीले बढी भाडा असुल्ने, बढी यात्रु राख्ने गरे कारबाही कसरी हुन्छ त ? सिडिओ पाण्डेले प्रस्ट पारे, ‘कुनै सर्तमा निशुल्क बस चलाउन लागिएको होइन, बढी यात्रु बोक्ने, बढी भाडा असुल्ने गरे नियमानुसार कारबाही हुन्छ ।’
राष्ट्रिय यातायात व्यवसायी महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले यातायात व्यवसायी अहिले झनै समस्यामा रहे पनि सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क बस सेवा दिन लागिएको बताए । ‘अहिले सडकको अवस्था दयनीय छ, यात्रुसमेत पाउने सक्ने अवस्था छैन,’ पौडेलले भने, ‘राज्यले सडक व्यवस्थित गर्दै, व्यावसायिक वातावरण बनाउने काम गरोस्, हामी सामाजिक उत्तरदायित्वबाट भाग्दैनौं ।’
पोखरामा पटक पटक मिटरमा चलाउने प्रयास भएर पनि असफल भएको ट्याक्सी व्यवसाय हो । अहिले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइड पु¥याएकै २ हजार रुपैयाँसम्म लिने गरेको गुनासो छ । विमानस्थलमा चर्को पार्किङ शुल्क तिर्नुपर्दा भाडा बढी लिने गरेको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।
‘विमानस्थलमा ट्याक्सीकै पार्किङ शुल्क ३ सय ५० रुपैयाँ छ । त्यहाँबाट लेकसाइड आएको ८ सय ५० सम्म लिने गरिएको छ तर हामीले ८ सय रुपैयाँभन्दा बढी नलिनु भनेका छौं । त्योभन्दा बढी लिएको जानकारी आए कारबाही गर्न सक्छौं,’ पौडेलले भने, ‘अन्य ठाउँमा भने मिटरमा चल्न सक्ने अवस्था छ । विमानस्थलदेखि लेकसाइडसम्मको रुटमै बढी गुनासो आएको हो ।’
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल