
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
पोखरा, २४ असोज । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा बडा दशैंका दिन पोखराका विभिन्न ७ रुटमा निशुल्क बस सेवा सञ्चालन हुने भएका छन् । पोखराका यातायात व्यवसायी र प्रशासनसँग भएको सहमति अनुसार यात्रुको बढी चाप हुने ७ वटा रुटमा ३२ सिटमाथिका १८ वटा बसले निशुल्क सेवा प्रदान गर्नेछ ।
दशैंका दिन आवश्यकताभन्दा बढी यात्रु बोक्ने, गाडी नै नचल्ने, आवश्यकताभन्दा बढी भाडा लिने गुनासो आइरहने भएकाले नागरिकको चाप हुने पोखराका विभिन्न ठाउँमा दशैंका दिन विहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निशुल्क बस चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले बताए ।
‘दशैंमा गाडी नपाउने, धेरै चाप हुने गुनासो आइरहन्थ्यो । यसपटक यातायात व्यवसायीकै समन्वयमा बस निशुल्क गराउने कामको थालनी गरेका हौं,’ सिडिओ पाण्डेले आयोजित पत्रकार सम्मेलनमा भने, ‘आगामी वर्ष अन्य निकायसँग पनि समन्वय गरी थप यातायात सुविधालाई ग्रामिण क्षेत्रमा पनि पु¥याउने जमर्को गर्ने छौं।’
जिल्ला प्रशासनकै समन्वयमा १८ वटा गाडी निशुल्क चलाएर अन्य गाडीले बढी भाडा असुल्ने, बढी यात्रु राख्ने गरे कारबाही कसरी हुन्छ त ? सिडिओ पाण्डेले प्रस्ट पारे, ‘कुनै सर्तमा निशुल्क बस चलाउन लागिएको होइन, बढी यात्रु बोक्ने, बढी भाडा असुल्ने गरे नियमानुसार कारबाही हुन्छ ।’
राष्ट्रिय यातायात व्यवसायी महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले यातायात व्यवसायी अहिले झनै समस्यामा रहे पनि सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क बस सेवा दिन लागिएको बताए । ‘अहिले सडकको अवस्था दयनीय छ, यात्रुसमेत पाउने सक्ने अवस्था छैन,’ पौडेलले भने, ‘राज्यले सडक व्यवस्थित गर्दै, व्यावसायिक वातावरण बनाउने काम गरोस्, हामी सामाजिक उत्तरदायित्वबाट भाग्दैनौं ।’
पोखरामा पटक पटक मिटरमा चलाउने प्रयास भएर पनि असफल भएको ट्याक्सी व्यवसाय हो । अहिले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइड पु¥याएकै २ हजार रुपैयाँसम्म लिने गरेको गुनासो छ । विमानस्थलमा चर्को पार्किङ शुल्क तिर्नुपर्दा भाडा बढी लिने गरेको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।
‘विमानस्थलमा ट्याक्सीकै पार्किङ शुल्क ३ सय ५० रुपैयाँ छ । त्यहाँबाट लेकसाइड आएको ८ सय ५० सम्म लिने गरिएको छ तर हामीले ८ सय रुपैयाँभन्दा बढी नलिनु भनेका छौं । त्योभन्दा बढी लिएको जानकारी आए कारबाही गर्न सक्छौं,’ पौडेलले भने, ‘अन्य ठाउँमा भने मिटरमा चल्न सक्ने अवस्था छ । विमानस्थलदेखि लेकसाइडसम्मको रुटमै बढी गुनासो आएको हो ।’
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ