
१सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
३शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
६पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
७स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
८‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
९पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
आफ्नो उम्मेदवारीलाई पुष्टि गर्दै गोदार लेख्छन् ‘हामी कहाँ छौं, पुग्नुपर्ने कहाँ हो र जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्ने कसरी ?’ भन्ने सवाल र उपाय हामी सबैको सर्वाधिक चासोको विषय हो र हुनुपर्छ ।
पोखरा, २९ असार । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को उपाध्यक्षमा करिअर कोच राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
इक्यानलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउन, राजनीतिकरणको अन्त्य गराउन, सङ्घले हिड्नुपर्ने बाटो र गन्तव्य पहिल्याउन गोदारले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएका छन् । समाज सप्तरङ्गी भए पनि व्यवसायिक संघसंस्थामा राजनीतिक रङ अपरिहार्य हुँदैन भन्ने मान्यतालाई आत्मसात गरेका गोदारले इक्यानको प्रतिष्ठा र गौरव उच्च बनाउन नेतृत्वसँग हातेमालो गरेर अगाडि बढ्ने वाचासमेत गरेका छन् ।
पोखरा र काठमाडौँमा दुई दशकभन्दा बढी शैक्षिक परामर्शदाता र करिअर कोचका रूपमा क्रियाशील राजन गोदार अलाइट ग्रुप अफ कन्सल्ट्यान्टका सञ्चालक हुन् । इक्यानको पदाधिकारीमा रहने चाहना नहुँदानहुँदै पनि बहुसङ्ख्यक इक्यानियन साथीहरूको सुझाव र जोडबलमा उम्मेदवारी दर्ता गराएको जनाएका छन् । गोदार विगतदेखिका नेतृत्वले इक्यानलाई सही मार्गदर्शन गर्न असफल भएका कारण योजनासहितका प्रतिज्ञापत्र लिएर चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारका रूपमा उत्रिएका हुन् ।
सङ्घलाई सुशासनयुक्त, पारदर्शी, जवाफदेही र गतिशील बनाएर गन्तव्य पहिचान गर्न नेतृत्व उदार हुनुपर्छ । आवद्ध सदस्यहरूको समान सहभागिता, क्रियाशीलता र सिर्जनशीलतासँगै समान अवसरका लागि आवाज उठाउन ढिला भएकाले पेचिलो मुद्धासहित इक्यानको चुनावी मैदानमा होमिएको गोदारले सार्वजनिक गरेका छन् । आफू उपाध्यक्ष चुनिएमा स्मार्ट कार्यसम्पादनसँगै प्रविधिलाई उपयोग गर्दै थप व्यवसायिक बनाउन पहल र प्रयास गर्ने जिकिर गरेका छन् । मुलुकभरि रहेका शैक्षिक परामर्श व्यवसायीहरूलाई गोलबन्द गरी छाता सङ्गठनका रूपमा साझा चौतारी र अपनत्वको भावना महसुस गराउन मत मागेका छन् ।
राजन गोदारले आफ्नो प्रतिज्ञापत्रमा लेखेका छन्, ‘इक्यानको कार्यसमितिमा म नहुँदैमा आकाश खस्दैन, सत्य यो पनि हो अब्बल, असल र इमान्दार साथीहरू कार्यसमितिमा चुनिनुपर्छ । सम्पूर्ण सदस्यहरूको चौतर्फी हितकालागि समर्पित कार्यसमिति बनाउन सक्नु ठूलै चुनौती भए पनि उत्तरदायित्व पनि हाम्रै हो ।’
गोदारले मत दिने मात्रै होइन, लिने कामका लागि उम्मेदवारी दर्ता गरेको खुलस्त गरेका छन् । १ सय ५० भन्दाबढी इक्यानियन साथीहरूसँग सर्भेगरी सुझाव मागेर उपाध्यक्षमा उम्मेदवारी किटान गरेको जनाएका छन् ।
गोदार आफ्नो उम्मेदवारीलाई पुष्टि गर्दै लेख्छन् ‘हामी कहाँ छौं, पुग्नुपर्ने कहाँ हो र जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्ने कसरी ?’ भन्ने सवाल र उपाय हामी सबैको सर्वाधिक चासोको विषय हो र हुनुपर्छ । उपाध्यक्षको भूमिकामा मेरो उम्मेदवारी विशेष गरेर यसै सवालमा केन्द्रित छ । यस सवालको जवाफमा आफ्नो सम्पूर्ण ज्ञान, विवेक, अनुभव लगाएर ठोस पहलकदमी लिने प्रतिज्ञा गर्दछु ।
इक्यान नितान्त व्यावसायिक सङ्गठन हुँदाहुँदै पनि राजनीतिक दलीय शक्तिकेन्द्रहरुबाट शासित छ । स्वशासित बन्नुपर्छ भनेर नयाँ नेतृत्वलाई अनेक दलीय शक्तिकेन्द्रहरुबाट प्रभावित हुन जोगाउने रक्षक पनि चाहिएकै छ । त्यो सचेत मार्गदर्शक, रक्षक भूमिका निभाउन जुनसुकै हद पार गर्ने प्रतिज्ञा गर्दछु । र साझा अवसरको सिर्जना, समस्या र चुनौतीको समाधान, प्रतिष्ठा र पहिचानका लागि कहिल्यै सम्झौता गर्ने छैन ।
इक्यान र इक्यानियनको कामलाई राज्य स्वयम्ले चिनोस् जानोस् र बुझोस् । राज्यले अनेक अनुमति र नियमका नाममा चौतर्फी नदौडाओस् । भिसा निवेदन दिन पाइयोस् भिसाको भिख माग्न नपरोस् । गोदार आह्वान गर्छन् ‘आउनुस् एउटा साझा प्रतिज्ञा गरौं, त्यो दिन ल्याइछोड्ने प्रतिज्ञा गरौं, जुन दिन हामी सबै इक्यानियनले गर्वका साथ भन्न सकौं– ‘म इक्यानियन’, ‘म एजुकेसन कन्सल्ट्यान्ट ।’
यही असार ३० गते शनिवार हुने इक्यानको अधिवेशनमा ३ उपाध्यक्ष पदका लागि गोदारसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । शेषराज भट्टराई र विष्णुहरि पाण्डे नेतृत्वको प्यानलबाट अरू ६ जना उम्मेदवार पनि चुनावी मैदानमा होमिएका छन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई