
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
भीष्मराज ओझा, काठमाडौँ, २३ असार । पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन् ।
खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ ।
हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा एक सय ९७ मानिसको मृत्यु भएको तथ्याङ्क छ । यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिका लागि सरकारले रु ६० करोड १२ लाख ७४ हजार पाँच सय १४ रकम क्षतिपूर्ति व्यहोरेको छ ।
साथै वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् । मुलुकभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपासमा हात्ती, बाघ, भालु, गैँडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जङ्गली बँदेल, अर्ना, मगर गोही, गौरी गाईलगायत वन्यजन्तुसँग मानव द्वन्द्व बढेको देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० जेठसम्म वन्यजन्तुबाट ३६ जनाको मृत्यु भएको छ भने वन्यजन्तुबाट भएको क्षतिका लागि रु १० करोड ८७ लाख १८ हजार चार सय २९ रकम राहत वितरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी हात्तीबाट १४, बाघबाट १२, गैँडाबाट चार, चितुवाबाट तीन, जङ्गली बँदेलबाट दुई र भालुबाट एक ३६ जनाको मृत्यु भएको छ । वन्यजन्तुबाट सामान्य घाइते ४६ जना, सख्त घाइते ९७ जना, पशुधनको क्षति तीन हजार ९१२, भण्डारण गरेको अन्नको क्षति दुई सय ५६, घरगोठको क्षति तीन सय ८५ र अन्नबालीको क्षति तीन हजार ७४ घटना भएको विभागको तथ्याङ्क छ ।
यसैगरी आव २०७८/०७९ मा मुलुकभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ५८, सामान्य घाइते सङ्ख्या ७२ र सख्त घाइते हुनेको सङ्ख्या ११६ रहेको छ भने वन्यजन्तुबाट भएको क्षतिको कूल १२ हजार ६७२ वटा घट्ना दर्ता भएका छन् । यस अवधिमा सबैभन्दा बढी हात्तीबाट २३ जनाको मृत्यु भएको छ । त्यसपछि बाघबाट २१, गैँडाबाट पाँच, चितुवा र जङ्गली बँदेलबाट तीन/तीन र गौरी गाईबाट एक जनाको मृत्यु भएको थियो । साथै वन्यजन्तुबाट भएको क्षतिबापत कूल रु १५ करोड ५८ लाख दुई हजार चार सय ६८ बराबरको राहत रकम वितरण गरिएको छ । मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) बमोजिम राहत उपलब्ध गराउने व्यवस्था छ ।
विभागका निमित्त महानिर्देशक अजय कार्कीले मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या तथा राहत क्षतिपूर्ति पनि बढ्को बताउनुभयो । वन तथा वातावरण मन्त्रालयले पछिल्लो समय क्षतिपूर्ति दिनुपर्ने वन्यजन्तुको सूचीमा नीलगाई र बाँदर पनि थप गरेको बताउँदै उहाँले यसले क्षतिपूर्ति रकममा ठूलो मात्रामा वृद्धि हुने उल्लेख गर्नुभयो । मन्त्रालयको उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुने अन्तिम चरणमा छ ।
यसका साथै मन्त्रालयले वन्यजन्तुको आक्रमणबाट अपाङ्ग भएका व्यक्तिलाई, अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र मृत्यु व्यक्तिलाई दिनुपर्ने क्षतिपूर्ति थप गरेकाले र गाई भैँसीको मृत्युमा दिने रकम दोब्बर गरेका कारण पनि राहत रकम बढने देखिन्छ ।
विभागले उपलब्ध स्रोत साधन र बजेटमा आधारित भएर रोकथाका काम गरिरहेको निमित्त महानिर्देशक कार्कीले बताउनुभयो । वन्यजन्तुलाई आफ्नो वासस्थानमा नै बस्न सक्ने गरी र जङ्गलमा आश्रित मानव समुदायलाई जीवनयापनको विकल्प दिने गरी विभिन्न कार्यक्रम गरिरहेको उहाँ बताउनुभयो । मुख्यरुपमा मानवले नै आनिबानी परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।
आव २०७७/०७८ मा नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ४०, सामान्य घाइते सङ्ख्या ९८ र सख्त घाइते हुनेको सङ्ख्या ६७ छ भने वन्यजन्तुबाट भएको क्षतिका कूल आठ हजार चार सय ५५ वटा घटना दर्ता भएको छ । यस अवधिमा सबैभन्दा बढी हात्ती र बाघबाट १३/१३ जना, त्यसपछि गैँडाबाट छ जना, भालु र चितुवाबाट तीन/तीन, जङ्गली बँदेल र गौरी गाईबाट एक/एक जनाको मृत्यु भएको तथ्याङ्क छ । यस अवधिमा राहतबापत रु १४ करोड नौ लाख ९३ हजार पाँच सय ५६ रकम वितरण गरिएको छ ।
त्यस्तै मुलुकभर आव २०७६/०७७ मा वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ३३, सामान्य घाइते सङ्ख्या ६७ र सख्त घाइते हुनेको सङ्ख्या एक सय १० जना रहेको छ । यस अवधिमा सबैभन्दा बढी १३ जना हात्तीबाट, त्यसपछि बाघ र चितुवाबाट आठ/आठ र गैँडाबाट चार जनाको मृत्यु भएको थियो । वन्यजन्तुबाट भएको क्षतिका लागि राहतबापत रु १० करोड ६६ लाख ७५ हजार नौ सय ७१ रकम वितरण गरिएको छ ।
आव २०७५/७६ मा वन्यजन्तुबाट ३० जनाको मृत्यु भएको र १३७ जना घाइते भएको तथ्याङ्क छ । यस अवधिमा सबैभन्दा बढी हात्तीबाट १५ जना, चितुवाबाट छ जना, बाघबाट चार जना, गैँडाबाट दुई जना तथा जङ्गली कुुकुर, जङ्गली बँदेल र मगर गोहीबाट एक/एक जनाको मृत्यु भएको थियो । साथै वन्यजन्तुबाट भएको क्षतिका लागि रु आठ करोड ९० लाख ८४ हजार ९० राहत वितरण गरिएको थियो ।
विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्न सके वन्यजन्तु बाहिर ननिस्कने बताउँदै स्थानीयवासीको भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र अठेरोमा परेका वन्यजन्तुको उद्धार गर्नुपर्नेलगायत सुझाव दिनुभयो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !