
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, २२ चैत । सम्पत्ति शुद्धीकरणको गम्भीर आरोपमा शंकर ग्रुपका प्रमुख सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । सञ्चालक सुलभविरुद्ध ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो ।
शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष समेत रहेका उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार बिहान नियन्त्रणमा लिएको हो । उनको पक्राउसँगै नेपालको नौ दशक पुरानो व्यावसायिक घराना शंकर ग्रुप अहिले ठूलो संकटमा परेको छ ।
विवादित र कुख्यात विचौंलिया दीपक भट्टसँगको साँठगाँठले गर्दा यतिबेला शंकर ग्रुपको छविमाथि प्रश्न चिन्ह उठ्नुका साथैं यिनीहरुको भित्री कर्तुत सबै सार्वजनिक हुँदैं गईरहेको छ । शुक्रबार राति नै शंकर ग्रुपका अध्यक्ष एवं सुलभका बाबु शंकरलाल अग्रवाललाई विभागले काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसअघि भट्टको इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्टलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्सालबाट नियन्त्रणमा लिएको थियो । तीनै जना अब सम्पत्ति शुद्धीकरणको सिलसिलामा अनुसन्धानको दायरामा छन् ।
अनुसन्धानको मूल जड भने ४५ करोड रुपैयाँको शंकास्पद कारोबार हो । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले सन् २०२१ जुनमा जगदम्बा स्टिल्स प्रालिबाट दीपक भट्टको सिद्धार्थ बैंक खातामा ४५ करोड ट्रान्सफर भएको देखाएको थियो । उक्त रकम भट्टको ओभरड्राफ्ट खाताबाट हिमालयन रिइन्स्योरेन्समा लगानी भएको थियो ।
तर जगदम्बा स्टिल्सको २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा यो कारोबारको कुनै उल्लेख छैन । राष्ट्र बैंकले यो लेनदेनलाई ‘शंकास्पद’ ठहर गर्दै साढे दुई वर्षअघि नै सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाएको थियो । विभागले पुस २०७९ मा भट्टसँग प्रारम्भिक बयान लिए पनि गत वैशाखमा मुद्दा नचलाई फाइल फिर्ता गरेको थियो । अहिले रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि पुरानो फाइल ब्युँताएर अनुसन्धान तीव्र पारिएको छ ।
शंकर ग्रुपको इतिहास भने ९१ वर्ष लामो छ । सन् १९३५ मा रावतलाल अग्रवालले काठमाडौंको न्युरोडमा विदेशी कपडा आयात गरेर व्यापार सुरु गरेको यो समूहलाई शंकरलाल अग्रवालले व्यावसायिक साम्राज्यमा बदलिदिए । सन् १९७९ मा जगदम्बा समूह स्थापना गरेपछि दुई छोरा सुलभ र साहिल अग्रवाल व्यवसायमा जोडिए ।
जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ र जगदम्बा ग्रुपका अध्यक्ष साहिल रहेको यो समूहले अहिले जगदम्बा स्टिल्स, जगदम्बा मोटर्स, सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, युनियन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, मोदीखोला र बलेफी हाइड्रोपावरलगायत ४० भन्दा बढी उद्योग सञ्चालन गरिरहेको छ । वार्षिक कारोबार सवा खर्बभन्दा माथि छ, १५ हजारभन्दा बढी रोजगारी दिइरहेको छ र बैंकिङ क्षेत्रमा करिब दुई खर्बको ऋण जोखिममा छ । जगदम्बा समूहले मात्र ३० अर्बभन्दा बढी ऋण लिएको छ ।
यो समूहलाई संकटमा पु¥याउने मुख्य कारण दीपक भट्टसँगको ‘अनौपचारिक साझेदारी’ हो । स्रोतका अनुसार भट्टले राजनीतिक पहुँच र सेटिङ मिलाउने, शंकर ग्रुपले पैसा हाल्ने काम चलेको थियो । यो सम्बन्धको सुरुवात २०७६ चैतमा भएको थियो । कोरोना महामारीको लकडाउनमा सुलभ अग्रवाल थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका थिए ।
पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजारमा बेच्न खोजेको र कूटनीतिक नीलो प्लेटको गाडी दुरुपयोग गरेको आरोप थियो । भट्टले राजनीतिक पहुँच प्रयोग गरेर सुलभलाई छुटाएपछि दुवैबीचको ‘दोस्ती’ गहिरियो । त्यसपछि बिमा क्षेत्रमा वर्चस्व कायम गर्न, पुनर्बिमा कम्पनीको लाइसेन्स हात पार्न र बजेटमा नीतिगत लाभ लिन भट्टले सहयोग गरेको आरोप छ ।
७८/७९ को पूरक बजेटमा जगदम्बा स्टिल्सलाई मात्र स्पन्ज आइरन कर छुट दिइएको, २०७९/८० को बजेट घोषणाको अघिल्लो रात सिंहदरबारमा बिचौलिया घुसाएर कर दर हेरफेर गरिएको घटनामा पनि भट्ट र शंकर ग्रुप जोडिएको थियो । हिमालयन रिइन्स्योरेन्समा भएको लगानीको स्रोत र अन्तिम लाभग्राहीबारे प्रश्न उठेपछि राष्ट्र बैंकले अनुसन्धान अघि बढाएको हो ।
अहिले अनुसन्धानले तीव्रता पाउँदा शंकर ग्रुपका दर्जनौं उद्योग, हजारौं रोजगारी र ठूलो ऋण जोखिममा परेका छन् । गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा पक्राउ सूची सार्वजनिक गरे पनि विभाग, सीआईबी र प्रहरीले अझै आधिकारिक पुष्टि गरेका छैनन् । सुलभ भारतबाट पक्राउ भएर नेपाल ल्याइँदै गरेको सूचना भने बाहिरिएको छ ।
शंकर ग्रुप जस्तो प्रतिष्ठित र पुरानो घराना विवादास्पद व्यक्तिसँगको साझेदारीमा फसेर यति ठूलो संकटमा पर्नु नेपालको व्यावसायिक इतिहासमा दुर्लभ घटना हो । अनुसन्धानले अब शंकर ग्रुपको अन्य कारोबारसम्म फैलिन्छ कि भन्ने प्रश्न उठेको छ । यदि प्रमाणित भयो भने यो केवल व्यक्तिगत पक्राउ नभई ठूलो आर्थिक अपराध र राजनीतिक–व्यावसायिक सेटिङको खुलासा हुनेछ । शंकर ग्रुपको भविष्य, रोजगारी र बैंकिङ क्षेत्रको स्थिरता अहिले अनुसन्धानको नतिजामा निर्भर छ ।