
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ, २६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने भएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई कसैको जिम्मा लगाएर हिरासतमुक्त गर्नुपर्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट काठमाडौं प्रहरीमा पुगेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार, ‘त्यसअनुसार प्रक्रिया अघि बढाइसकेका छौं ।’
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकको परिवारले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै महत्वपूर्ण आदेश जारी गरेको थियो । अदालतले उनीहरूलाई हिरासतमा राख्नुलाई कानुनविपरीत भन्न नमिल्ने ठहर गरे पनि, काठमाडौं जिल्ला अदालतबाट थपिएको पाँच दिनको म्याद सकिएपछि हिरासतमुक्त गर्न निर्देशन दिएको थियो ।
अदालतले आदेशमा उल्लेख गरेको छ कि, म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नुपर्ने छ । यदि सो हुन सकेन भने तेस्रो पटकको म्याद सकिएपछि मुलुकी फौजदारी संहिता, २०७४ को दफा १५ बमोजिम प्रक्रिया पूरा गरी उनीहरूलाई हिरासतमुक्त गर्दै थप अनुसन्धान अघि बढाउन सकिने छ । अदालतले ओली र लेखकको बयानलगायत अनुसन्धानका अन्य कार्यहरू मिसिलबाट सम्पन्न भइसकेको देखिएको पनि उल्लेख गरेको छ ।
यसैगरी, छानबिन समितिले कारबाही सिफारिस गरेकामध्ये तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत उपस्थित हुने गरी हाजिर जमानतमा छाडिएको सन्दर्भलाई उद्धृत गर्दै अदालतले समानताको सिद्धान्त लागू गर्नुपर्नेमा जोड दिएको थियो । पूर्वप्रधानमन्त्री ओली जटिल बिरामी भएकाले पनि अनुसन्धान प्रक्रिया छिटो टुंग्याउनुपर्ने देखिएको अदालतको ठहर छ ।
प्रहरीले गत १४ चैतमा ओली र लेखकलाई पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही सिलसिलामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
आयोगले गत वर्ष भदौ २३ मा भएको गोली प्रहारबाट केही व्यक्तिको मृत्यु भए पनि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायत पदाधिकारीले गोली रोक्न कुनै पहल नगरी लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण व्यवहार गरेको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । आयोगको सिफारिसअनुसार उनीहरूमाथि मुलुकी फौजदारी संहिताको दफा १८१ (लापरबाहीपूर्ण काम गरी ज्यान मार्ने) र दफा १८२ (हेलचेक्र्याइँपूर्ण काम गरी ज्यान मार्ने) बमोजिम कारबाही हुन सक्ने उल्लेख छ ।
गृहमन्त्री सुधन गुरुङले पक्राउ प्रक्रिया अघि बढाउन नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालसँग छलफल गरेका थिए । भोलिपल्ट बिहानै जरुरी पक्राउ पुर्जी जारी गरी उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । अदालतको पछिल्लो आदेशपछि अब ओली र लेखकलाई हाजिर जमानत (उपस्थित हुने गरी जिम्मा लगाएर) छाड्ने प्रक्रिया अघि बढेको छ । अनुसन्धान भने जारी रहने भएको छ । यो घटनाले नेपालको राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा