
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
काठमाडौँ, २१ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र ऐनबमोजिम नीति, नियम, निर्देशिका र आचारसंहिता हुनुपर्नेमा जोड दिनुभएको छ । हाम्रा अधिकांश ऐनमा एउटा कुरा उल्लेख हुन्छ भने नियममा अर्कै कुरा हुन्छ, त्यसैगरी नीति एउटा बनाइन्छ भने व्यवहार, निर्देशिका र आचासंहितामा अर्कोकुरा उल्लेख भएकाले अब तिनमा तालमेल गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यदी ऐन सही छैन भने त्यसलाई संशोधन गरी ऐनबमोजिम नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।
विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित ‘विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल’ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएकी शर्माले विज्ञापन नीति निर्माण गर्नुभन्दा पनि कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा प्रष्ट दृष्टिकोण र योजना हुनुपर्ने बताउनुभयो । “विज्ञापन नीतिको मस्यौदामा धेरै विषयवस्तु समेटिएको छ तर यसलाई कार्यान्वयनमा कसरी लैजान्छौँ, यसको कार्यान्वयनका लागि मेकानिजम कसरी बनाउँछौँ र कसरी व्यवस्थित ढङ्गबाट अगाडि बढाउँछौँ भन्ने विषय नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ”, उहाँको भनाइ थियो ।
कतिपय गलत विज्ञापनका कारण मान्छेको ज्यान जानेसम्मको अवस्था आउनु गलत भएको बताउँदै मन्त्री शर्माले त्यसको व्यवस्थापनका निम्ति पनि प्रष्ट नीति आवश्यक रहेकामा जोड दिनुभयो । मानव स्वास्थ्यको हिसाबले के कुराको विज्ञापन गर्न मिल्छ के कुराको विज्ञापन गर्न मिल्दैन भन्ने विषयमा पनि अति बढी कडाइ हुनुपर्ने उहाँले बताउनुभयो।
नेपालको संविधान, ऐन/कानुन, नीति, नियम र आचारसंहिता प्रतिकूल हुने गरी विज्ञापन गर्न नपाइनेमा जोड दिँदै मन्त्री शर्माले पछिल्लो समयमा विकास भएको डिजिटल मिडिया वा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्नुपर्ने र विज्ञापन निर्माणका क्रममा मानव स्वास्थ्यलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरोकारवाला सबै पक्षको सल्लाह सुझावलाई समावेश गरेर विज्ञापन नीतिलाई अझै परिमार्जन र परिष्कृत बनाइने बताउनुभयो । विज्ञापनको बजार विस्तारलाई पनि विज्ञापन नीतिमा समावेश गरिने उहाँको भनाइ थियो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले मिडिया खोल्न पाउने लोकतान्त्रिक अधिकारलाई बहसको विषय बनाउन नहुने तर विज्ञापनको प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “कतै राम्रो मिडियाले विज्ञापन पाएको छैन, कतै सामान्यले पाइरहेको छ, त्यसैले समानुपातिक विज्ञापन वितरण हुनुपर्छ ।” नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हिमराज ढकालले विज्ञापन नीति बनाउनेभन्दा त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख गर्र्नुुभयो ।
नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोम धितालले नेपालको सानो बजारमा धेरै मिडिया आवश्यक नभएकाले तिनलाई एक आपसमा गाभ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रलाई पारदर्शी, व्यावसायिक, मर्यादित, उत्तरदायी र उपभोक्ता लक्षित बनाउने उद्देश्यले विज्ञापन नीति ल्याउने तयारी गरिएको प्रस्ट पार्नुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने