
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
६चुनावी मैदानमा विप्लव
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ, १७ जेठ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी (माओवादी)का सिपी गजुरेल र पूर्वगभर्नर डा दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्ने अन्यमा धादिङ सलाङ गाउँपालिका–४ घर भई काठमाडौँ बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँके कोहलपुर महानगरपालिका–१ का २८ वर्षीय सतिश राजावादी, रामेछाप सुनपाती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाई, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड–४ का २८ वर्षीय सुजन राजावादी, सोही ठाउँका २० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन् ।
उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिकरुपमा नाराबाजी गरेका थिए ।
पूर्वप्रधानमन्त्री खनालविरुद्ध उक्त समूहले आक्रोशित हुँदै नारावाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण