
१सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
२अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
३सहकारी क्षेत्रमा आमूल परिवर्तन
४रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
७नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
८स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
९जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
१०हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
११८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
१२पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
कलिवस्तु, २४ वैशाख । जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन् । शिवराज नगरपालिका–११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ परेका हुन् ।
अध्यक्ष कुर्मी र उनका सहयोगी यादवले साबिक वीरपुर गाविस–९ स्थित मुकेश यादवका नाममा रहेको जग्गा जग्गाधनी यादवलाई जानकारी नगराई नक्कली राजीनामा बनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका–११ बस्ने रेखा लोहारलाई जग्गाधनी मुकेश यादवको जग्गाबारे जानकारी नगराई राजनीमा तयार गरेर रकम असुल गरेका थिए । आरोपी कुर्मी चौधरीले पीडित लोहारलाई मालपोत कार्यालय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए ।
कुर्मी चौधरीले पीडित लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलब्ध गराउने बताएका थिए । कार्यालय समय सकिएकाले दुई दिनमा आफैँ पुर्जा लिएर आउने बताएका चौधरीले चार दिन बित्दासमेत पुर्जा नआएपछि आफू ठगिएको अनुभव भएको पीडित लोहारले बताइन् ।
पीडित लोहारले आफू ठगिएको पता लागेपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिइन् । उजुरीपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले चौधरी र यादवलाई पक्राउ गरेको हो । प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारी हस्ताक्षरको वास्तविकता, जग्गाको स्रेस्ताको विवरण झिकाएको थियो ।
जवाफमा मालपोत कार्यालय चन्द्रौटाले मालपोतका अधिकारीको हस्ताक्षर नभएको, उक्त जग्गाको कीर्ते तथा जालसाझी गरी राजीनामा तयार गरिएकाले कानुनी कारबाहीका लागि पत्राचार गरिएको मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्षमण चालिसेले बताउनुभयो । बिहीबार पक्राउ परेका चौधरी र यादवलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुमा म्याद थपका लागि लगिएको छ ।रासस
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म