
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले पाँच शैयाको कोरोना अस्थायी अस्पताल निर्माण गरेको छ । पैयुँ गाउँपालिकाको केन्द्र हुवासमा कोभिड अस्थायी अस्पताल निर्माण गरिएको हो ।गाउँपालिकाले आफ्ना गाउँपालिकाका कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल निर्माण गरिएको जनाएको छ । अस्पतालमा आवश्यक दुई जना नर्स भर्ना गरिसकिएको र कात्तिक २४ गते चिकित्सकको अन्तर्वार्ता गरेर चिकित्सकसमेतको भर्ना गर्ने तयारी रहेको पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँले दुई नर्स र एक चिकित्सक अस्थायी कोरोना अस्पतालमा करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताउनुभयो । हुवास स्वास्थ्यचौकी नजिकै रहेको सामुदायिक भवनमा अस्थायी कोरोना अस्पताल बनाइएको हो । यस्तै हुवासस्थित ज्येष्ठ नागरिक भवनमा १० जना व्यक्ति अट्ने क्वारेन्टिनसमेत बनाइएको पौडेलले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमितलाई यसअघि कुश्माको आइसोलेसनमा पठाउनुपर्ने अवस्था थियो । गाउँमै आइसोलेसन र क्वारेन्टिन बनेपछि गाउँपालिकावासीलाई सहज भएको पैयुँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो । तिवारीले गाउँमा कोरोना सङ्क्रमण बढ्न नदिन सचेतना र सजगताका विभिन्न अभियान सञ्चालन गरिएको पनि बताउनुभएको छ । कोरोनासँग डराएर नभई सजग भई लडेर जित्ने प्रयत्नमा लागेको तिवारीले जानकारी दिनुभयो ।
तिवारीले कोरोना सङ्क्रमणका बाबजुद विकास निर्माणका कामहरु पनि धमाधम शुरु गरिएको बताउनुभयो । नेपाल सरकारले हरेक स्थानीय तहमा कोरोना अस्पताल बनाउन बजेटसमेत दिएको छ । पर्वतका अन्य स्थानीय तहले पनि अस्पताल निर्माणको प्रक्रिया शुरु गरिसकेका छन् । जिल्लाको सदरमुकामपछि पहिलोपटक पैँयु अस्पताल बनाएर सञ्चालनमा ल्याएको हो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव