
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
सिमकोट । प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमनका लागि उहाँ यहाँ आइपुग्नु भएको हो ।
जिल्लाको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझ्न आफू हुम्ला आएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो । प्रदेशबाट आएका कार्यक्रमको प्रगति भए नभएको अवस्थाबारे बुझ्न र दुर्गम जिल्लामा दिउँदको समयमा सरकारी कार्यालय कार्यालय सहयोगीको भरमा जिम्मा लगाउने रोग पुरानै भएकाले यसको अन्त्य गरीने मुख्यमन्त्री शाहीले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीयतह तीनवटै सरकारको आवश्यक समन्वय र सहकार्य नहुँदा विकासका लागि विनियोजन गरिएको बजेटले केही काम नगर्ने मुख्यमन्त्री शाहीले बताउनुभयो । विकासका लागि कार्यक्रम टुक्राटुक्रा नगरी एकीकृत बनाएर गर्नुपर्ने आजको आवश्यकता रहेको मुख्यमन्त्री शाहीको भनाइ छ । उहाँले ग्रामीणबस्तीमा पूर्वाधार निर्माण गरी तिनलाई बजारसँग जोड्न सकेमा कर्णाली प्रदेश सरकारले राखेको नारा ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
हुम्लाका नेकपाका पार्टी कार्यकर्तासँग अन्तरक्रिया, स्थानीय तहका जनप्रतिनिधिसंँग तथा प्रदेश सरकार मातहतका जिल्ला कार्यालय प्रमुखसँगको भेटघाट कार्यक्रम रहेको मुख्यमन्त्रीका सचिवालयका सदस्य लोकेन्द्र शाहीले जानकारी दिनुभयो । हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ मा पर्ने लिमी लाप्चा क्षेत्रको स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको छ ।